Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

भूकम्प प्रभावित अफगानिस्तानका लागि एक करोड अमेरिकी डलर विनियोजन

खबरडबली संवाददाता

काबुल । संयुक्त राष्ट्रसंघले संयुक्त राष्ट्रसंघको केन्द्रीय आपतकालीन प्रतिक्रिया कोष (यूएनसीईआरएफ) बाट आइतबार एक करोड अमेरिकी डलर विनियोजन गरेको छ ।

मुलुकको पूर्वी भेगमा गएको भूकम्पबाट प्रभावित अफगानिस्तानी जनतालाई सहयोग गर्न संयुक्त राष्ट्रसंघले बजेट विनियोजन गरेको हो ।

मानवीय मामिला तथा आकस्मिक उद्धार संयोजक तथा उप–महासचिवले मार्टिन ग्रिफिथ्सले भूकम्पका कारण प्रभावित मुलुकमा आवश्यक सहयोगका लागि तत्काल उक्त सहयोग पठाउन लागिएको बताएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

“भग्नावशेषमा गाडिएका बालबालिकासहित सयौं मानिसहरूले ज्यान गुमाएका छन् । अन्य थुप्रै घाइते भएका छन् । घरहरू भत्किएका छन् । 

ग्रिफिथले एक ट्वीटमा लेखेका छन्, “भूकम्प अफगानिस्तानमाथि आइपरेको सबैभन्दा पछिल्लो दुःखद घटना हो मैले तत्काल मद्दत गर्न एक करोड अमेरिकी डलर विनियोजन गराएको छु ।” 

भूकम्पबाट नराम्ररी प्रभावित जनतालाई ठूलो रकम उपलब्ध गराएर विश्वभरका विभिन्न संस्थाले सहयोग गर्दै आएको समय राष्ट्रसंघको पनि सहयोग आएको हो ।  

बुधबार राजधानी शहर काबुललगायत अफगानिस्तानका केही भागहरूमा ५।९ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा परी पाक्तिका प्रान्तका बारमल र गियान जिल्लाहरू र खोस्ट प्रान्तको स्पेरा जिल्लामा एक हजारभन्दा बढी मानिसहरूको मृत्यु भएको अनुमान गरिएको छ । 

यसबाहेक, सबैभन्दा बढी प्रभावित जिल्लाहरू बर्माल, गियान र स्पेरामा करिब एक हजार ५०० गम्भीर रूपमा घाइते भएका छन् । भूकम्पमा परी १० हजार भन्दा बढी घरहरू भत्किएका छन् । 

भारतले पनि तालिवान अधिकारीहरूको उपस्थितिमा शुक्रबार अफगानिस्तानलाई दोस्रो चरणको मानवीय सहयोग हस्तान्तरण गरेको थियो । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending