Khabar Dabali ३ बैशाख २०८३ बिहीबार | 16th April, 2026 Thu

सुशासन व्यवहारमा कार्यान्वयन गर्न सरकार अग्रसर छ : मन्त्री कार्की

खबरडबली संवाददाता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुशासनलाई व्यवहारमा लागू गराउन सरकार अग्रसर रहेको बताएका छन् । ट्रान्सपरेन्सी इन्टरनेशनल ९टिआई० नेपालले आज यहाँ आयोजना गरेको ‘सरकारप्रतिको जनविश्वास स् केही विवेचना’ विषयक कार्यक्रममा उहाँले नेपाललाई कम भ्रष्टाचार हुने देशका रुपमा स्थापित गराउन सरकार लागि परेको जानकारी गराए। 

“दण्ड र पुरस्कारलाई साथ साथ नलगे समाज अनुशासित हुँदैन, सरकारलाई पारदर्शी र जवाफदेही बनाउन सबैले आफ्ना स्थानबाट घच्घच्याउनुपर्छ, स्थानीय र प्रदेश सरकारलाई पनि जवाफदेही बनाउन लाग्ने दायित्व नागरिक समाजको हो”, उनले भने। स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गरेको सरकारले प्रदेश र केन्द्रीय निर्वाचन पनि संविधानले तोकेकै समयमा सम्पन्न गर्ने मन्त्री कार्कीको प्रतिबद्धता थियो । अर्थतन्त्रमा चुनौती आए पनि सङ्कट भने नरहेको सरकारका प्रवक्ता रहनुभएका उनले सुनाए। 

काठमाडौँ महानगरपालिकाका पूर्वउपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले छोराछोरी पढाउन र स्वास्थ्य सुविधामा भएको महँगीका कारण भ्रष्टाचार बढेकाले दुवैले सरकारले व्यवस्थित गर्नुपर्ने भनाइ राखे । त्यसको सुरुवात आफूले उपप्रमुख भएका बेला महानगरपालिकाबाट सुरु गरेको उहाँले जानकारी गराए। पूर्वमुख्यसचिव डा बिमल कोइरालाले संसारभर निर्वाचित सरकार अधिनायकवादतर्फ अग्रसर भएको उल्लेख गर्दै यसले सरकारप्रतिको विश्वसनियतामा कमी आएको बताएका थिए। विधिको असमान प्रयोगले जनतामा निराशा बढेको उनको विचार थियो ।

कार्यक्रममा पूर्वसचिव भरत थापा, पूर्वनायब महालेखापरीक्षक रामबाबु नेपाल, पूर्वकर्मचारी सेवा परिषद्का अध्यक्ष बालकृष्ण प्रसाईं, टिआई नेपालका अध्यक्ष पद्मिनी प्रधानाङ्ग, उपाध्यक्ष बुद्धिनारायण श्रेष्ठलगायतले सरकारप्रतिको विश्वसनीयता कम हुँदै गएकाले यसप्रति बेलैमा ध्यान जानुपर्नेमा जोड दिएका थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्वास्थ्य क्षेत्रका सुधारका कार्यक्रम कार्यान्वयनमा, विपन्नले पाउने नि:शुल्क उपचार सेवा सुरु भइसकेको दाबी

काठमाडौँ। नेपाल सरकार मन्त्रिपरिषद्ले मिति २०८२ चैत १३ गते गरेको शासकीय सुधारका १०० बुँदे निर्माणअन्तर्गत स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कार्यक्रमको क...

अनुमति बिना सञ्चालन हुन लागेको स्वास्थ्य शिविर रोक्न मेडिकल काउन्सिलको निर्देशन

काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले अनुमति बिना सञ्चालन हुन लागेको स्वास्थ्य शिविर तत्काल रोक्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। काउन्सिलका रजिष्...

रमजानको अवसरमा यूएईद्वारा १२८ नेपाली आममाफी

काठमाडौं । संयुक्त अरब इमिरेट्स (संयुक्त अरब इमिरेट्स) ले विभिन्न कारणले कैद सजाय भोगिरहेका १२८ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। रमजानको पवित्र...

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, के छन् एजेण्डा ?

काठमाडौं । आज साँझ बस्ने भनिएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले साँझका लागि बोलाएको बैठक अहिले सिंहदरबारमा स...

बलात्कार मुद्दामा १० वर्ष कैद सजाय तोकिएका नेपाली पक्राउ

काठमाडौं । बलात्कार कसुरमा १० वर्ष कैद र जरिवाना तोकिएका एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९नेपाल प्रहरी केन्द्रीय अ...

कार्की आयोगको प्रतिवेदन संसद् सचिवालयमा पुग्यो

काठमाडौं । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन संघीय संसद् सचिवालयमा पुगेको छ। संसद् सचिवालयका सहसचिव तथा प्रवक्ता ...

जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र नागरिक एपमा उपलब्ध हुने

काठमाडौँ। राष्ट्रिय पञ्जीकरणका सूचना नागरिक एपमा एकीकरण गर्ने प्रक्रिया अघि बढाईएको छ । जन्म दर्ता, विवाह दर्ता, सम्बन्धबिच्छेद दर्तालगायतका पञ्जीकरणक...

तत्कालीन सचिव अधिकारीसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव बैकुण्ठ अधिकारीसहित १६ जनाविरु...

कांग्रेसको अध्ययन समितिको ५२ पृष्ठको प्रतिवेदन बुझाइयो, कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न

काठमाडौं । नेपाली कांग्रेस ले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसम्बन्धी घटनाको अध्ययन गरी आफ्नो प्रतिवेदन पार्टीलाई बुझाएको छ। पार्टीले सरकारद्वारा ग...

बाढीको समस्या दीर्घकालिन रुपमा समाधान हुने आशा

बाँके। बाँकेको राप्ती नदी किनारका बस्तीका नागरिकहरुले नयाँ सरकारले बाढी तथा कटानको समस्या दीर्घकालिनरुपमा समाधान गर्नेमा आशावादी देखिएका छन् ।   रा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending