काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४६.०८ अङ्कले ओरालो लागेर दुई हजार ३०.५९ मा ओर्लेको छ ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.७१ अङ्कले ओरालो लागेर ३८७.२३ मा ओर्लेको छ । कूल २२९ कम्पनीको ८६ लाख १३ हजार ४८९ कित्ता शेयर रु दुई अर्ब ९६ करोड ८४ लाख ८५ हजार २२४ मूल्यमा खरिद बिक्री भए । मङ्गलबारको कारोबारपछि बजार पुँजीकरण रु २८ खर्ब ९६ अर्ब १४ करोड दुई लाख ८० हजार बराबर छ ।
नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । बैंकिङ १७.१७, व्यापार ८५.१८, होटल तथा पर्यटन ७८.७६, विकास बैंक १००.९४, जलविद्युत् ५२.२३, वित्त ५६.६१, निर्जीवन बीमा २३९.८७, उत्पादन १४५.३५, अन्य ६०.२७, लघुवित्त ११३.०३, जीवन बीमा २१५।९२, सामूहिक लगानी कोष ०.१८ र लगानी २.२८ अङ्कले ओरालो लागे ।
कारोबारका आधारमा सानिमा बैंकको संस्थापक शेयरको बिक्री शीर्ष स्थानमा छ । सो बैंकको रु ३० करोड २० लाख बराबरको कारोबार भयो । अरुण काबेली पावर रु ११ करोड ८२ लाख ६८ हजार ५९९, शिवम् सिमेन्ट रु १० करोड ६० लाख ७५ हजार ३०५, हिमालयन डिस्टिलरी रु १० करोड २१ लाख ६५ हजार ५६८ र माथिल्लो कर्णाली जलविद्युत् कम्पनी रु आठ करोड ५७ लाख १८ हजार १३० बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
नेप्सेका अनुसार सिवाइसीएल नेपाल लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । न्यादी गु्रप पावर ९।९७, आँधी खोला लघुवित्त ९.६१, स्वाभिमान लघुवित्त ८.१० र युनियन हाइड्रोपावरका लगानीकर्ताले ५.३७ प्रतिशतले कमाए ।
त्यस्तै, घलेम्दी हाइड्रोपावर ६.६०, दिव्यश्वरी हाइड्रोपावर ५।९२, अजोड इन्स्योरेन्स ५.८६, सिइडिबी हाइड्रोपावर ५.७५ र शिवम् श्री हाइड्रोपावरका लगानीकर्ताले ५.६० प्रतिशतले गुमाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३ गते, २०८३ - १३:३३
काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले संघ, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने काममा सरकार केन्द्र...
आषाढ़ ३ गते, २०८३ - १३:२०
काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निश्कल राई ले नेपालको चिया उद्योगले वार्षिक ठूलो परिमाणमा तयारी चिया निर्यात गरी अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान द...
आषाढ़ ३ गते, २०८३ - १३:०९
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका –३ स्थित लाछुगाउँनजिक कर्णाली राजमार्गको सडक खण्डमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जन...
आषाढ़ ३ गते, २०८३ - १२:५०
वासिङ्टन। अमेरिकी सैन्य अधिकारीले पूर्वी प्रशान्त महासागरमा मङ्गलबार एउटा डुङ्गामा आक्रमण गर्दा एक जनाको मृत्यु भएको बताको छ । आक्रमण गत सेप्टेम्बरमा ...
आषाढ़ ३ गते, २०८३ - १२:४८
वासिङ्टन। अमेरिकी सैन्य अधिकारीले पूर्वी प्रशान्त महासागरमा मङ्गलबार एउटा डुङ्गामा आक्रमण गर्दा एक जनाको मृत्यु भएको बताको छ । आक्रमण गत सेप्टेम्बरमा ...
आषाढ़ ३ गते, २०८३ - १२:२४
काठमाडौं । प्रतिनिधिसभामा आफ्नो भूमिकामाथि प्रश्न उठाइएपछि सभामुख डोलप्रसाद अर्यालले त्यसप्रति ध्यानाकर्षण भएको बताएका छन्। नेपाली कांग्रेसका सांसद...
आषाढ़ ३ गते, २०८३ - १२:०९
काठमाडौं। नेपाली कांग्रेसले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद चन्द्रमोह...
आषाढ़ ३ गते, २०८३ - ११:५८
फुङलिङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने ११ दम्पतीलाई नगदसहित सम्मान गरेको छ । सामाजिक सद्भाव, समानता र जातीय विभेद अन्त...
आषाढ़ ३ गते, २०८३ - ११:४५
खोटाङ। खोटेहाङ गाउँपालिकाले खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित फोक्सिङटारमा पक्कि पुल निर्माण गर्न जनस्तरबाट पहल सुरु गरेको छ । दुई वर्षअघिको बाढी...
आषाढ़ ३ गते, २०८३ - ११:३४
काठमाडौँ । काठमाडौँको कालीमाटी र बल्खु क्षेत्रमा यात्रुहरूलाई तानातान गर्ने तथा बढी भाडा असुल्न खोज्ने ३५ जनालाई प्रहरीले पक्राउ गरेको छ। उपत्यका ट...



प्रतिकृया लेख्नुहोस्: