बागलुङ । दुई साताअघि सडक दुर्घटनामा परी ज्यान गुमाएका गलकोट नगरपालिका–७ मल्मका विनोद थापाको परिवारलाई जापान र लक्जम्बर्गमा रहेका प्रवासी नेपालीले राहत रकम पठाएका छन् ।
घुम्टे युवा परिवार जापान शाखाको पहलमा सङ्कलित रु १८ लाख ८५ हजार र लक्जम्बर्गमा रहेका आफन्तजनबाट प्राप्त रु दुई लाख थापाको तेह्राँै दिनको पुण्यतिथिमा परिवारजनलाई हस्तान्तरण गरिएको हो ।
सो राहत रकम वडाध्यक्ष राज थापा र घुयुप जापान शाखाका सचिव तुलवीर थापाले विनोदका बुबा द्रोणबहादुरलाई प्रदान गर्नुभएको थियो । छोराको वियोगसँगै परिवार आर्थिक समस्यामा जेलिएपछि राहत अभियान चलाइएको सचिव थापाले बताए। “एक सातामै स्वतःस्फूर्त रूपमा रकम सङ्कलन भयो, अभियानमा जापानमा रहनुभएका गलकोटे धेरै जोडिनुभएको छ”, उनले भने, “दिवङ्गत विनोद थापाका बैनीहरुको पढाइ र परिवारको जीविकाका लागि केही सहयोग पुगोस् भनेर राहत प्रदान गरेका हौँ ।”
राहत अभियानमा शाखाका उपाध्यक्ष दुर्गा थापा, युवा संयोजक प्रकाश केसी र सल्लाहकार कुलवीर थापा विशेषरूपमा खटेका थिए । वडाध्यक्ष थापाले गाउँछिमेकमा विपद् पर्दा प्रवासमा रहेका नेपालीहरुले गर्ने सहयोग अतुलनीय रहने बताए। उनले घुम्टे युवा परिवारका देशभित्र र बाहिर रहेका शाखाले सामाजिक तथा मानवीय सेवामा पु¥याएको योगदानको प्रशंसा गरे।
गलकोट, मल्ममा केन्द्रीय कार्यालय रहेको घुयुपका अध्यक्ष थम्मन थापाले जापान शाखामार्फत गलकोटमा ठूलो सहयोग भित्रिएको बताए । गाउँको गाह्रोसाह्रोमा आर्थिक सहयोगदेखि सामाजिक विकासका काममा घुयुपले हातेमालो गर्दै आएको उनको भनाइ छ । चितवनमा मोटरसाइकलमा सवार रहेका बेला विद्यालय बसको ठक्करबाट विनोदको निधन भएको थियो । भिसा लागेर जापान जाने तयारीमा रहनुभएका थापाले अल्पायुमै ज्यान गुमाउनुपरेको थियो । उनका बुबाआमा र तीन बैनीछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - १७:०४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...
पौष ६ गते, २०८२ - १६:५२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...
पौष ६ गते, २०८२ - १६:४१
जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...
पौष ६ गते, २०८२ - १६:३२
काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ । आयोजक ...
पौष ६ गते, २०८२ - १६:१६
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...
पौष ६ गते, २०८२ - १६:०९
काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...
पौष ६ गते, २०८२ - १५:५९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...
पौष ६ गते, २०८२ - १५:३९
जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...
पौष ६ गते, २०८२ - १५:२७
काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...
पौष ६ गते, २०८२ - १५:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...




प्रतिकृया लेख्नुहोस्: