Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

श्रीलंका संकट : प्रदर्शनकारीहरूले निवास कब्जा गरिरहँदा नेताहरू कहाँ छन् ?

नेताहरूको विलासिता र जनताले महिनौँदेखि भोगिरहेको कठिनाइबीच विरोधाभास

खबरडबली संवाददाता

काठमाडौं । श्रीलङ्कामा प्रदर्शनकारीहरूले राष्ट्रपति र प्रधानमन्त्री दुवैले औपचारिक रूपमा राजीनामा नगरेसम्म उनीहरूका निवास नछाड्ने बताएका छन्।

राष्ट्रपति गोटाबय राजपक्षले १३ जुलाईमा पद छाड्ने जनाएको सभामुखले शनिवार घोषणा गरेका थिए। राष्ट्रपति भने सार्वजनिक रूपमा देखिएका वा आफ्नो धारणा व्यक्त गरेका छैनन्।

उनी हाल श्रीलङ्काको जलक्षेत्रमा नौसेनाको जहाजमा रहेको सैनिक स्रोतले बीबीसीलाई बताएको छ ।

स्रोतले उनका भाइ तथा पूर्व प्रधानमन्त्री महिन्दा राजपक्ष देशका नौसैनिक आधार शिविरमा भएको बताएको छ।

महिनौँदेखि जारी विरोध प्रदर्शनपछि राष्ट्रपतिको राजीनामा माग गर्दै, शनिवार राजधानी कोलम्बोमा दशौँ हजार मानिसको घुइँचो लागेको थियो।

उनलाई देशको कमजोर आर्थिक व्यवस्थापनको लागि दोषी ठहराइएको छ जसका कारण त्यहाँ महिनौँदेखि खाद्यान्न, इन्धन र औषधिको अभाव भएको छ।

वर्तमान प्रधानमन्त्री रनिल विक्रमासिङ्गले पनि शनिवारको विरोध प्रदर्शनसँगै निजी निवासमा आगो लगाइएपछि राजीनामा दिने बताएका छन्।

तर प्रदर्शनकारीहरूले यी नेताहरूको नियतप्रति शङ्का गरिरहेका छन्।

"हाम्रो सङ्घर्ष सकिएको छैन," विद्यार्थी आन्दोलनका नेता लाहिरु वीरासेकराले एएफपीलाई भने।

"राष्ट्रपति राजपक्षले वास्तवमै पद नछोडेसम्म हाम्रो सङ्घर्ष जारी रहने छ," उनले भने।

"आगामी दुई दिन अत्यन्तै अनिश्चित समय हुनेछ। राजनीतिक रूपमा के हुन्छ थाहा छैन," राजनीतिक विश्लेषक र मानवअधिकार सम्बन्धी अधिवक्ता भवानी फोन्सेकले रोएटर्सलाई बताइन्।

" दुई नेताहरूले "वास्तवमै राजीनामा" दिन्छन् कि दिँदैनन् हेर्न चाखलाग्दो हुनेछ।"

सत्ताको सहज हस्तान्तरणबारे छलफल गर्न राजनीतिक नेतृत्व लिएकाहरू आइतवार थप बैठक बस्दैछन्।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले श्रीलङ्काको कुनै पनि नयाँ सरकारले तत्काल दीर्घकालीन आर्थिक स्थायित्वमा ध्यान केन्द्रित गर्नुपर्ने बताए।

श्रीलङ्काको संसद्का सभामुखले बीबीसी वर्ल्ड सर्भिसको न्यूज आवर कार्यक्रमलाई बताए अनुसार राष्ट्रपतिले आधिकारिक रूपमा राजीनामा गरेको एक साताभित्र गठबन्धनको नयाँ सरकार गठन गर्नु पर्छ।

राष्ट्रपतिको दलका सदस्य महिन्दा यापा अबेवर्देनाले देशमा आर्थिक सङ्कटको निम्तनुको दोष कोभिड-१९ लाई दिए।

"कोभिड महामारीले देशलाई आर्थिक रूपमा तहसनहस बनाएको छ त्यसैले हामीले सबै पैसा खोपमा खर्च गर्नुपर्‍यो," उनले भने।

शनिवार भएको प्रदर्शनमा दर्जनौँ मानिस घाइते भए। कोलम्बोस्थित प्रमुख अस्पतालका प्रवक्ताले गोली लागेर घाइते भएका तीन जनाको उपचार गरिएको शनिवार एएफपी समाचार संस्थालाई बताएका थिए।

महिनौँदेखि भइरहेका शान्तिपूर्ण विरोध प्रदर्शनहरूपछि शनिवार भएको प्रदर्शनले असाधारण रूप लियो।

राष्ट्रपति राजपक्षको सरकारी निवासमा ठूलो भीड जम्मा भयो, त्यहाँ उपस्थितहरूले नारा लगाए र राष्ट्रिय झन्डा फहराउँदै अवरोधहरू हटाएर भवनमा प्रवेश गरेका थिए।

सार्वजनिक भएका भिडिओहरूमा मानिसहरू भवनभित्र यताउता घुमिरहेको र राष्ट्रपतिको पौडी पोखरीमा प्रदर्शनकारीहरू पौडी खेलिरहेको देखिन्छ। केहीले दराजसमेत फुटाएर राष्ट्रपतिका सामानहरू लिएको देखिन्थ्यो भने राष्ट्रपतिले प्रयोग गर्ने विलासी स्नान गृह लगायतका सुविधाहरूको मजा समेत लिएका थिए।

नेताहरूको निवासमा देखिएको विलासिता र देशका २.२ करोड जनताले महिनौँदेखि भोगिरहेको कठिनाइ बीचको विरोधाभासबारे प्रदर्शनकारीहरू जानकार देखिन्छन्।

"पूरा देश तनावमा परेको समयमा मानिसहरू त्यो तनावबाट मुक्त हुन यहाँ आएका हुन्। जब तपाईँ यस निवासको विलासिता देख्नुहुन्छ तब के स्पष्ट हुन्छ भने उनीहरूसँग देशको लागि काम गर्ने समय छैन," चानुका जयसूर्याले रोएटर्स सँग भनिन्।

रक्षा मन्त्रालयका दुई स्रोतलाई उद्धृत गर्दै रोएटर्सले लेखे अनुसार राजपक्षले नियोजित विरोध प्रदर्शन सुरु हुनुअघि सुरक्षा सावधानी अपनाउँदै शुक्रवार भवन खाली गरेका हुन्।

यद्यपि यो उनको सरकारी निवास हो। उनी प्राय: नजिकैको छुट्टै घरमा सुत्छन्।

प्रदर्शनकारीहरूले कोलम्बोका प्रधानमन्त्री रनिल विक्रमासिङ्गको निजी घरमा पनि आगजनी गरेका थिए।

उनले शनिवार आफू नागरिकको सुरक्षा सुनिश्चित गर्न र सर्वदलीय सरकारको लागि बाटो बनाउन राजीनामा दिन इच्छुक रहेको बताएका थिए। तर उनको घोषणा लगत्तै उनको घरमा आगो लगाइएको भिडिओहरू प्रसारित हुन थाले।

प्रधानमन्त्री आफ्नो परिवारसँग निजी घरमा बस्छन् र आफ्नो सरकारी निवास सरकारी कामकाजको लागि मात्र प्रयोग गर्छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रुपन्देहीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

सिद्धार्थनगर । रुपन्दहीको देवदहमा गए राति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय देव...

निर्वाचन अवधिभर नेपाल–भारत आवतजावतमा रोक

पाँचथर । जिल्ला प्रशासन कार्यालयले भारतसँग सीमा जोडिएका स्थानमा निर्वाचन अवधिभर सीमाबाट आवतजावतमा रोक लगाएको छ । प्रशासनले फागुन १८ गते मध्यराति फागुन...

लेबननमा इजरायलको आक्रमण- अहिलेसम्म कम्तीमा ५२ जनाको मृत्यु, हजारौँ विस्थापित

काठमाडौं । लेबननको बेरुतमा इजरायलले आक्रमण तीव्र पारेको छ। इजरायली सेनाले हेजबुल्लाहसँग सम्बद्ध स्थानीय च्यानल अल-मनार टीभी स्टेसन रहेको भवनमा हमला गर...

पर्सामा मध्यरातदेखि भारतीय सीमानाका बन्द

वीरगन्ज । जिल्ला प्रशासन कार्यालयले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सोमबार मध्यरातदेखि  लागू हुनेगरी भारतसँग सीमा जोडिएको अन्तरराष्ट...

मध्यपूर्वमा लडाइँ चर्किने डर, नेपाली कामदार कति सुरक्षित ?

काठमाडौं । यूएईको आबुधाबीमा कार्यरत बुटवलका आकाश खनालले सोमवार मध्याह्न बीबीसीसँग कुराकानी गर्दा आफूले दुई मिनेटअघि विस्फोटनको ठूलो आवाज सुनेको बताए। ...

पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बाग...

इजरायल–इरान युद्ध : दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी

गोरखा । घरको आर्थिक अवस्था सुधार्न चार वर्षअघि संयुक्त अरब इमिरेट्सको दुबई पुगेका थिए दिवस श्रेष्ठ । भीमसेन थापा गाउँपालिका–७ बोर्लाङ ठाँटीका २९ वर्षी...

आयल निगमले भन्यो- चुनावमा पनि इन्धन नियमित हुन्छ, अनावश्यक भण्डारण नगर्नू

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आमसर्वसाधरणमा आग्रह गरेको छ । निगमका कार्यकारी निर्देशक ...

प्रतिनिधिसभा निर्वाचन: तनहुँ, बागलुङ र म्याग्दीमा मतगणनास्थल तयार

तनहुँ ।  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँका दुवै निर्वाचन क्षेत्रमा मतगणनास्थल तयार गरिएको छ । मतदान सम्पन्न भएपछि मतगणन...

प्रतिनिधिसभा निर्वाचन: विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

जुम्ला । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लाको निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला निर्वाचन कार्यालयबाट निर्वाचनमा आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE