Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

घानामा पहिलो पटक देखियो घातक मार्बर्ग भाइरस

खबरडबली संवाददाता

काठमाडौं । अफ्रिकी मुलुक घानामा पहिलो पटक मार्बर्ग भाइरस देखापरेको पुष्टि भएको छ।

त्यहाँ दुई जनामा उक्त भाइरस देखापरेको अधिकारीहरूले बताएका छन्।

मार्बर्ग इबोला परिवार समूहको उच्च सङ्क्रामक भाइरस हो।

दुवै सङ्क्रमितको हालै दक्षिणी अशान्ट क्षेत्रस्थित एउटा अस्पतालमा मृत्यु भएको बताइएको छ।

यसै महिनाको सुरुमा दुवै जनाबाट सङ्कलित नमुनामा सङ्क्रमण देखिएको थियो।

अहिले सेनेगलस्थित प्रयोगशालाले पनि त्यसलाई पुष्टि गरेको हो।

उक्त पश्चिम अफ्रिकी देशका स्वास्थ्य अधिकारीहरूले ती दुई जनासँग सम्पर्कमा रहेको ठानिएका ९८ जना अहिले क्वारन्टीनमा रहेको बताएका छन्।

मार्बर्ग भाइरसका लागि हालसम्म कुनै पनि उपचार उपलब्ध छैन।

तर चिकित्सकहरू प्रशस्त पानी पिउने र उक्त सङ्क्रमणबाट देखिएका लक्षणहरूको उपचार गर्दा बिरामीहरू बाँच्ने सम्भावना बढ्ने बताउँछन्।

उक्त भाइरस एक खाले चमेरोबाट मानिसमा र मानिसहरूबीच शरीरबाट उत्पन्न हुने विभिन्नखाले तरल पदार्थको माध्यमबाट सर्ने गर्छ।

यो गम्भीर र घातक खालको रोग हो। यस्तो सङ्क्रमण भएपछि बिरामीमा टाउको दुख्ने, ज्वरो आउने, मांशपेसी दुख्ने, रगत मिसिएको बान्ता हुने र रक्तश्राव हुनेजस्ता लक्षण देखिन्छन्।

अधिकारीहरूले गुफाहरूबाट टाढा बस्न र मासुजन्य खानेकुराहरू उपभोग गर्नुअघि राम्ररी पकाएर मात्र खान भनेका छन्।

अफ्रिकामा यसअघि उक्त भाइरसको सङ्क्रमण अङ्गोला, डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो, केन्या, दक्षिण अफ्रिका र युगान्डामा कतै प्रकोपका रूपमा र कतै छिटपुट रूपमा देखापरेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ।

मार्बर्ग भाइरसको प्रकोप सन् १९६७ मा पहिलो पटक देखापरेको थियो। त्यसबेला त्यहाँ सात जनाको मृत्यु भएको थियो।

सन् २००५ मा अङ्गोलामा उक्त भाइरस सङ्क्रमणका कारण २०० भन्दा बढीको ज्यान गएको थियो।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार त्यो हालसम्मकै सबैभन्दा धेरै जनाको ज्यान गएको घटना थियो।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस-एमाले गठबन्धन ब्यूँताउने गृहकार्य, राष्ट्रियसभा चुनावमा मिलेर जाने तयारी

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि कमजोर बनेको नेपाली कांग्रेससँगको सम्बन्ध पुनः जोगाउने प्रयास थालेका छन्। आन्दोलनपछि...

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल बजार  सञ्चालनमा ल्याएको छ । वीरगञ्जमा थोकबजारको अभावलाई यसले परिपूर...

मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन अध्ययन सुरुआत गरिएको छ । बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, ...

निर्वाचनमा होमियो प्रलोपा, तीन समिति गठन

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले निर्वाचन परिचालन समिति गठन गरेको छ ।  तीनकुनेस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको अध्यक्ष...

नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौँ । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ ।  भौतिक पूर्...

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि रिलायन्सको साधारण शेयर

काठमाडौँ। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक लाख १५ हज...

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौँ । सार्वजनिक संस्थानमा गरिएको करिब रु ४७ अर्ब सरकारी लगानीको हिसाब नमिलेको देखिएको छ । अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनु...

एमालेले महाधिवेशन प्रतिनिधिलाई नेता कार्यकर्ताको घर र कोठामा राख्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूका लागि बसोबासको व्यवस्थापन मिलाएको छ। यसपट...

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending