Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

चुनावपछिको कांग्रेसको मार्गचित्र: भावी प्रधानमन्त्री कांग्रेसकै, आलोपालो हुनसक्छ

'प्रधानमन्त्रीमा गगन थापाको कुरा आएको छ, आरजु चर्चा स्वाभाविक'

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको सोमवार सकिएको केन्द्रीय समिति बैठकले सङ्घीय र प्रदेश चुनावमा पनि वर्तमान गठबन्धनबीच नै चुनावी तालमेल गर्ने निर्णय गरेपछि त्यसपछिको मार्गचित्रबारे विभिन्न अडकलबाजी सुरु भएका छन्।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकले 'न्यूनतम साझा धारणा' निर्धारण र 'पाँच वर्षमा स्थिर सरकारमार्फत जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने स्पष्ट कार्यक्रमको खाका' तयार गर्ने निर्णय गरेको छ।

सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले पनि वर्तमान समीकरणलाई नै आगामी चुनावमा निरन्तरता दिने बताउँदै आएको छ।

तालमेलको खाका तयार गर्न कांग्रेसले 'गठबन्धनमा रहेका दलहरुसँग संवादमार्फत निष्कर्षमा पुग्ने' बताएको छ।

सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाका अनुसार गठबन्धनको संयन्त्रमा चुनावी खाकाबारे छलफल हुनेछ।

गठबन्धनको खाँचो कांग्रेस कि अरूलाई?

स्थानीय चुनावमा गरिएको तालमेलले दिएको 'सन्तुष्टि'बाट कांग्रेस पुन: तालमेलको निम्ति उत्प्रेरित बनेको बताइएको छ।

नेत्री उपाध्यायका अनुसार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले बैठकमा चुनावी गठबन्धन अहिलेको अवस्थामा जरुरी रहेको र त्यसको निम्ति दलहरूबीच समझदारी भइरहेको जानकारी दिएका थिए।

सत्ता गठबन्धन

तर माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका कतिपय नेताहरूले वामपन्थी गठबन्धनको पक्षमा पहल गरिरहेको बताइन्छ।

त्यसो भएमा पुन: उनीहरूको बहुमत आउने डर कांग्रेसलाई रहेको र त्यो रोक्न उसले चुनावी सत्ता गठबन्धनलाई अघि बढाउन चाहेको एकथरीको विश्लेषण छ।

तर अर्की कांग्रेस नेत्री डिला सङ्ग्रौला पन्तका भनाइमा सभापति देउवाले बैठकमा गठबन्धनका वामपन्थी दलले चुनावी तालमेललाई निरन्तरता दिनुपर्ने अपेक्षा राखेको जानकारी दिएका थिए र त्यसैअनुसार सम्मानजनक बाँडफाँट हुनेगरी निर्णय भएको हो।

उनी भन्छिन्, "अपेक्षा भएर त निर्णय आउने हो नि, बृहत् छलफल भएपछि कांग्रेस अघि बढेको हो। देख्नु भएन, कांग्रेसको निर्णयको सबैले स्वागत गरेका छन्।"

कांग्रेस नेताहरूकाअनुसार बैठकमा एक्लाएक्लै चुनाव लड्दा माओवादी केन्द्र र एकीकृत समाजवादीले निकै कम क्षेत्रमा मात्र जित्न सक्ने सरकारी सूचना प्रस्तुत गरेका थिए।

त्यसैले तालमेल उनीहरूको निम्ति मुख्य बाध्यता रहेको कांग्रेसको ठम्याइ पाइन्छ।

आलोपालोगर्न कांग्रेस तयार?

सत्ता गठबन्धन दलका प्रमुखहरूले चुनावपछि संयुक्त सरकार बनाउने लक्ष्य लिएको लुकाएका छैनन्।

तर भावी सरकारको नेतृत्वबारे प्रचण्डको पछिल्लो अभिव्यक्तिले चर्चा बढाइदिएको पाइन्छ।

उनले कान्तिपुर दैनिकसँगको अन्तर्वार्तामा आलोपालोबारे 'एउटा विन्दुमा पक्कै छलफल हुन्छ भन्ने विश्वास' व्यक्त गर्दै नेतृत्वमा साझेदारी खोज्ने सङ्केत दिएका छन्।

आलोपालोको सम्भावनाबारे जिज्ञासा राख्दा कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्यायले पार्टीमा छलफल नभएको बताउँदै भनिन्, "चुनावपछि पनि कांग्रेस पहिलो पार्टी रहँदा प्रधानमन्त्री कांग्रेसबाटै बन्ने हो। भोलिका दिनमा आलोपालो पनि हुनसक्छ।"

भावी सरकारको नेतृत्व पनि कांग्रेसले गर्नेमा पार्टी ढुक्क रहेको बताउने नेत्री डिला सङ्ग्रौलाले पनि तर आलोपालोबारे कुरा नभएको जानकारी दिइन्।

चर्चामा अचानक आरजु

प्रचण्डको भारत भ्रमणका क्रममा प्रधानमन्त्री पत्नी आरजु देउवा निकै चर्चामा आइन्।

दिल्लीमा प्रचण्डसँग भेटको अवसर जुरेको सन्दर्भलाई लिएर आरजु देउवालाई भावी प्रधानमन्त्री बनाउने तयारी भइरहेको खबरहरू बाहिर आए।

तर नेत्री सङ्ग्रौलाले आफूलाई जानकारी नभएको भन्दै त्यसबारे टिप्पणी नगर्ने बताइन्।

आरजु देउवाको नाम आउनु स्वाभाविक… : महालक्ष्मी उपाध्याय डिना, सह महामन्त्री

चुनावीपछि आलोपालो गर्दा आरजु देउवालाई प्रधानमन्त्री बनाउने चर्चाको वास्तविकता के हो?

खै! मलाई थाहा छैन, सुनेको छैन। प्रधानमन्त्री बन्न सबै सक्षम नै हो। सबै सक्षम छन्। अहिले गगन थापाको कुरा आएको छ। आरजु देउवाको पनि आउनु स्वाभाविकै हो, राम्रै कुरा हो। त्यस कारण अहिले नै यो भन्ने छैन। प्रक्रिया छ।

चुनाव जितेर आएपछि संसदीय दलको नेता भएपछि मात्रै प्रधानमन्त्रीको दाबेदार हुन पाइन्छ। त्यो प्रक्रियामा जो पनि हुनसक्छ। म यो वा त्यो व्यक्ति भन्दिन। नेपाली कांग्रेस प्रथम पार्टी भएपछि कांग्रेसबाटै प्रधानमन्त्री बन्नेछन् भन्ने मेरो विश्वास छ।

तपाईँहरूले महिला नेत्रीलाई कार्यकारी प्रमुख बनाउनु पर्छ भनेर केही तयारी गर्नु भएको छैन?

हामीले देश र पार्टीमा पनि कार्यकारी पदमा ल्याउन सधैँ लडिरहेकै छौँ। भोलिको परिस्थितिले त्यो पनि ल्याउन सक्छ। अहिलेको माहोल र राष्ट्रिय राजनीतिमा पनि त्यो आकर्षण बढ्दै छ।

भनेको आगामी चुनावपछि आरजु देउवा प्रधानमन्त्रीको बलियो दाबेदार बन्न सक्ने कुरा तपाईँ मान्नुहुन्छ?

उहाँ मात्र होइन, अरू पनि छन्। उहाँ पनि बलियो दाबेदार हुन सक्नुहुन्छ, नसक्ने कुरा होइन। तर मैले एउटा व्यक्तिबारे कुरा गर्दिन। पार्टीमा सबै सक्षम हुनहुन्छ, उहाँ पनि हुनुहुन्छ। त्यसैले लैङ्गिक दृष्टिले भन्ने हो भने प्रधानमन्त्री महिला भएको देख्न पाउँदा म खुसी हुन्छु। तर व्यक्तिको रूपमा कसैको कुरा गर्न चाहन्न।

कांग्रेस नेताहरूका अनुसार सभापति देउवाले त्यसबारे कुनै सङ्केत दिएका छैनन्।

बैठकमा देउवाले आफैँ प्रधानमन्त्री बन्ने अडान पनि नराखेको उल्लेख गर्दै सहमहामन्त्री उपाध्यायले भनिन्, "कांग्रेसलाई बलियो बनाऔँ, भोली प्रधानमन्त्री जो बने पनि बनौँला। तपाईहरू पनि बन्नुस् भन्नु भएको छ।"

तर वर्तमान गठबन्धनलाई तोडेर वामपन्थीहरूबीच तालमेल गर्ने प्रयास पनि चलिरहेकाले चुनावी सहकार्यमा यो समिकरण सिंगो रहिरहला भन्नेमा आशङ्का गर्नेहरू पनि छन्। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचा...

म्याग्दीमा खानेपानी, सिँचाइ र नदी नियन्त्रणका ८२ योजना

म्याग्दी । म्याग्दीमा चालु आर्थिक वर्ष २०८२र८३ मा खानेपानी, सिँचाइ र नदी नियन्त्रणसम्बन्धी ८२ वटा योजना सञ्चालन भएका छन् । खानेपानी, जलस्रोत तथा सिँचा...

इरानमाथि अमेरिका र इजरायलको आक्रमण कति लम्बिन सक्छ ?

काठमाडौं । अमेरिका र इजरेलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई मारिएपछि मध्यपूर्वभरि नै द्वन्द्व फैलिएको छ। अमेरिकी राष्ट्रप...

पश्चिम एसियाको द्वन्द्वको जोखिम : रोजगारी र रेमिट्यान्समा गिरावटदेखि मूल्यवृद्धिसम्म

काठमाडौं ।  पश्चिम एसिया क्षेत्रमा जारी युद्धका कारण त्यहाँको समग्र सुरक्षा व्यवस्था खलबलिँदा नेपालको अर्थव्यवस्थासमेत प्रभावित हुने भएको छ । कतार, सा...

मौन अवधिमा हुन सक्ने चलखेल रोक्न सादा पोसाकमा प्रहरी परिचालन

काठमाडौं । मौन अवधिमा मतदातालाई प्रभावित पार्ने गतिविधिमा सुरक्षा निकायले निगरानी बढाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार हरेक निर्वाचन क्षेत्रमा...

निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित

काठमाडौँ । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ मा हुने निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित रहेको प्रतिवेदन सा...

आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आ...

काठमाडौंको चपलीमा शंकास्पद वस्तु भेटियो

काठमाडौं । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित चपलीमा शङ्कास्पद बस्तु भेटिएको छ ।  चपलीबाट माथिल्लो भंगाल जाने भित्री सडकमा कागजले पोको पारेर ...

इरान आक्रमणप्रति चीनको असहमति

बेइजिङ  । मध्यपूर्वमा चर्किएको युद्धबीच चीनले इरानमाथि गरिएको सैन्य आक्रमणप्रति आफ्नो स्पष्ट असहमति दोहोर्याएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले मङ्ग...

मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता

काठमाडौँ । इजरायल–अमेरिका र इरानबिचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता प्रकट गरिएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE