Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

चुनावपछिको कांग्रेसको मार्गचित्र: भावी प्रधानमन्त्री कांग्रेसकै, आलोपालो हुनसक्छ

'प्रधानमन्त्रीमा गगन थापाको कुरा आएको छ, आरजु चर्चा स्वाभाविक'

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको सोमवार सकिएको केन्द्रीय समिति बैठकले सङ्घीय र प्रदेश चुनावमा पनि वर्तमान गठबन्धनबीच नै चुनावी तालमेल गर्ने निर्णय गरेपछि त्यसपछिको मार्गचित्रबारे विभिन्न अडकलबाजी सुरु भएका छन्।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकले 'न्यूनतम साझा धारणा' निर्धारण र 'पाँच वर्षमा स्थिर सरकारमार्फत जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने स्पष्ट कार्यक्रमको खाका' तयार गर्ने निर्णय गरेको छ।

सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले पनि वर्तमान समीकरणलाई नै आगामी चुनावमा निरन्तरता दिने बताउँदै आएको छ।

तालमेलको खाका तयार गर्न कांग्रेसले 'गठबन्धनमा रहेका दलहरुसँग संवादमार्फत निष्कर्षमा पुग्ने' बताएको छ।

सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाका अनुसार गठबन्धनको संयन्त्रमा चुनावी खाकाबारे छलफल हुनेछ।

गठबन्धनको खाँचो कांग्रेस कि अरूलाई?

स्थानीय चुनावमा गरिएको तालमेलले दिएको 'सन्तुष्टि'बाट कांग्रेस पुन: तालमेलको निम्ति उत्प्रेरित बनेको बताइएको छ।

नेत्री उपाध्यायका अनुसार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले बैठकमा चुनावी गठबन्धन अहिलेको अवस्थामा जरुरी रहेको र त्यसको निम्ति दलहरूबीच समझदारी भइरहेको जानकारी दिएका थिए।

सत्ता गठबन्धन

तर माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका कतिपय नेताहरूले वामपन्थी गठबन्धनको पक्षमा पहल गरिरहेको बताइन्छ।

त्यसो भएमा पुन: उनीहरूको बहुमत आउने डर कांग्रेसलाई रहेको र त्यो रोक्न उसले चुनावी सत्ता गठबन्धनलाई अघि बढाउन चाहेको एकथरीको विश्लेषण छ।

तर अर्की कांग्रेस नेत्री डिला सङ्ग्रौला पन्तका भनाइमा सभापति देउवाले बैठकमा गठबन्धनका वामपन्थी दलले चुनावी तालमेललाई निरन्तरता दिनुपर्ने अपेक्षा राखेको जानकारी दिएका थिए र त्यसैअनुसार सम्मानजनक बाँडफाँट हुनेगरी निर्णय भएको हो।

उनी भन्छिन्, "अपेक्षा भएर त निर्णय आउने हो नि, बृहत् छलफल भएपछि कांग्रेस अघि बढेको हो। देख्नु भएन, कांग्रेसको निर्णयको सबैले स्वागत गरेका छन्।"

कांग्रेस नेताहरूकाअनुसार बैठकमा एक्लाएक्लै चुनाव लड्दा माओवादी केन्द्र र एकीकृत समाजवादीले निकै कम क्षेत्रमा मात्र जित्न सक्ने सरकारी सूचना प्रस्तुत गरेका थिए।

त्यसैले तालमेल उनीहरूको निम्ति मुख्य बाध्यता रहेको कांग्रेसको ठम्याइ पाइन्छ।

आलोपालोगर्न कांग्रेस तयार?

सत्ता गठबन्धन दलका प्रमुखहरूले चुनावपछि संयुक्त सरकार बनाउने लक्ष्य लिएको लुकाएका छैनन्।

तर भावी सरकारको नेतृत्वबारे प्रचण्डको पछिल्लो अभिव्यक्तिले चर्चा बढाइदिएको पाइन्छ।

उनले कान्तिपुर दैनिकसँगको अन्तर्वार्तामा आलोपालोबारे 'एउटा विन्दुमा पक्कै छलफल हुन्छ भन्ने विश्वास' व्यक्त गर्दै नेतृत्वमा साझेदारी खोज्ने सङ्केत दिएका छन्।

आलोपालोको सम्भावनाबारे जिज्ञासा राख्दा कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्यायले पार्टीमा छलफल नभएको बताउँदै भनिन्, "चुनावपछि पनि कांग्रेस पहिलो पार्टी रहँदा प्रधानमन्त्री कांग्रेसबाटै बन्ने हो। भोलिका दिनमा आलोपालो पनि हुनसक्छ।"

भावी सरकारको नेतृत्व पनि कांग्रेसले गर्नेमा पार्टी ढुक्क रहेको बताउने नेत्री डिला सङ्ग्रौलाले पनि तर आलोपालोबारे कुरा नभएको जानकारी दिइन्।

चर्चामा अचानक आरजु

प्रचण्डको भारत भ्रमणका क्रममा प्रधानमन्त्री पत्नी आरजु देउवा निकै चर्चामा आइन्।

दिल्लीमा प्रचण्डसँग भेटको अवसर जुरेको सन्दर्भलाई लिएर आरजु देउवालाई भावी प्रधानमन्त्री बनाउने तयारी भइरहेको खबरहरू बाहिर आए।

तर नेत्री सङ्ग्रौलाले आफूलाई जानकारी नभएको भन्दै त्यसबारे टिप्पणी नगर्ने बताइन्।

आरजु देउवाको नाम आउनु स्वाभाविक… : महालक्ष्मी उपाध्याय डिना, सह महामन्त्री

चुनावीपछि आलोपालो गर्दा आरजु देउवालाई प्रधानमन्त्री बनाउने चर्चाको वास्तविकता के हो?

खै! मलाई थाहा छैन, सुनेको छैन। प्रधानमन्त्री बन्न सबै सक्षम नै हो। सबै सक्षम छन्। अहिले गगन थापाको कुरा आएको छ। आरजु देउवाको पनि आउनु स्वाभाविकै हो, राम्रै कुरा हो। त्यस कारण अहिले नै यो भन्ने छैन। प्रक्रिया छ।

चुनाव जितेर आएपछि संसदीय दलको नेता भएपछि मात्रै प्रधानमन्त्रीको दाबेदार हुन पाइन्छ। त्यो प्रक्रियामा जो पनि हुनसक्छ। म यो वा त्यो व्यक्ति भन्दिन। नेपाली कांग्रेस प्रथम पार्टी भएपछि कांग्रेसबाटै प्रधानमन्त्री बन्नेछन् भन्ने मेरो विश्वास छ।

तपाईँहरूले महिला नेत्रीलाई कार्यकारी प्रमुख बनाउनु पर्छ भनेर केही तयारी गर्नु भएको छैन?

हामीले देश र पार्टीमा पनि कार्यकारी पदमा ल्याउन सधैँ लडिरहेकै छौँ। भोलिको परिस्थितिले त्यो पनि ल्याउन सक्छ। अहिलेको माहोल र राष्ट्रिय राजनीतिमा पनि त्यो आकर्षण बढ्दै छ।

भनेको आगामी चुनावपछि आरजु देउवा प्रधानमन्त्रीको बलियो दाबेदार बन्न सक्ने कुरा तपाईँ मान्नुहुन्छ?

उहाँ मात्र होइन, अरू पनि छन्। उहाँ पनि बलियो दाबेदार हुन सक्नुहुन्छ, नसक्ने कुरा होइन। तर मैले एउटा व्यक्तिबारे कुरा गर्दिन। पार्टीमा सबै सक्षम हुनहुन्छ, उहाँ पनि हुनुहुन्छ। त्यसैले लैङ्गिक दृष्टिले भन्ने हो भने प्रधानमन्त्री महिला भएको देख्न पाउँदा म खुसी हुन्छु। तर व्यक्तिको रूपमा कसैको कुरा गर्न चाहन्न।

कांग्रेस नेताहरूका अनुसार सभापति देउवाले त्यसबारे कुनै सङ्केत दिएका छैनन्।

बैठकमा देउवाले आफैँ प्रधानमन्त्री बन्ने अडान पनि नराखेको उल्लेख गर्दै सहमहामन्त्री उपाध्यायले भनिन्, "कांग्रेसलाई बलियो बनाऔँ, भोली प्रधानमन्त्री जो बने पनि बनौँला। तपाईहरू पनि बन्नुस् भन्नु भएको छ।"

तर वर्तमान गठबन्धनलाई तोडेर वामपन्थीहरूबीच तालमेल गर्ने प्रयास पनि चलिरहेकाले चुनावी सहकार्यमा यो समिकरण सिंगो रहिरहला भन्नेमा आशङ्का गर्नेहरू पनि छन्। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending