Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

युरोपमा गर्मीको कहर : कयौँ क्षेत्रमा आगलागी नियन्त्रणबाहिर, सयौँको मृत्यु

विज्ञहरूको चेतावनी : जलवायु परिवर्तनले संकटलाई थप बढाउन सक्छ

खबरडबली संवाददाता

काठमाडौं । पश्चिमी युरोपले पछिल्ला दिनहरूमा अत्यधिक गर्मीको सामना गर्नु परिरहेको छ । तातो हावा उत्तरतर्फ बढ्दै गर्दा मंगलबार तापक्रमले उच्च विन्दू छोएको हो ।

फ्रान्स र बेलायतमा सोमबार उच्च तापक्रमको चेतावनी नै जारी गरिएको थियो भने स्पेनमा सोमबार तापक्रम ४३ डिग्रीसम्म पुगेको थियो । 

फ्रान्स, पोर्चुगल, स्पेन र ग्रीसको जङ्गलमा आगलागीका कारण हजारौँ मानिसहरू आफ्नो घर छाडेर सुरक्षित स्थानतर्फ जान बाध्य बनेका छन् । विज्ञहरूले बेलायतले चाँडै नै आफ्नो सबैभन्दा गर्मी दिन सामना गर्नुपर्ने बताएका छन् भने फ्रान्सका केही क्षेत्रमा पनि तापक्रम उच्च पुग्ने चेतावनी दिएका छन् । 

फ्रान्सको मौसम विभागका अधिकारीहरूको अनुसार देशको कयौँ सहरमा अहिलेसम्मकै गर्मी दिन महसुस भइसकेको छ । पश्चिमी सहर नटमा तापक्रम ४२ डिग्रीसम्म रेकर्ड गरिएको थियो ।

युरोपका कयौँ देशमा जङ्गलमा भइरहेको आगलागीका कारण ३० हजारभन्दा बढी मानिसहरूले आफ्नो घर छाड्न बाध्य भएका छन् । एउटा चिडियाखानामा पनि आगलागीको जोखिम बढेपछि त्यहाँ रहेका एक हजारभन्दा बढी जनावरलाई सुरक्षित स्थानमा छाडिएको छ ।

फ्रान्सको दक्षिण–पश्चिममा रहेको एक लोकप्रिय पर्यटकीय क्षेत्र जेरोंदमा यसको सबैभन्दा धेरै असर पुगेको छ । त्यहाँ आगलागीका कारण १७ हजार हेक्टर जमिन बरबाद भइसकेको छ । अझै पनि आगलागीलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

स्पेनको उत्तर पश्चिमी जमोरा क्षेत्रमा आगलागीका कारण दुई जनाले ज्यान गुमाएका छन् भने रेलको लिक नजिकै आगलागी भएका कारण त्यहाँ आवतजावतमा प्रतिबन्ध लगाइएको छ । उता पोर्चुगलमा पनि आगलागीबाट भाग्न खोजिरहेका एक वृद्ध दम्पतीको पनि मृत्यु भएको छ ।

नियन्त्रणबाहिर आगलागी

जेरोंद प्रान्तका अध्यक्ष खुआन–लुक ग्लेयेजले आगलागीलाई ‘राक्षस’ को संज्ञा दिएका छन् । उनले भने, ‘यो अक्टोपसजस्तै देखिने राक्षस हरेक तर्फबाट अघि बढिरहेको छ । तापक्रम, हावा र हावामा पानीको कमीको कारण यो अघि नै बढिरहेको छ । यो आगलागीसँग लड्न निकै कठिन भइरहेको छ ।’

बीबीसी संवाददाता लुसी विलियमसनले सोमबार त्यहाँ तापक्रम ४० डिग्री रहेको थियो । उनले अब तापक्रम केही कम हुने अपेक्षा गरिएकी बताइन् । तर, मौसममा सुख्खापन र हावाले आफ्नो दिशा बदलिरहेका कारण यसबाट तुरुन्त राहत मिल्ने सम्भावना कम देखिएको उनको भनाई छ ।

बेलायतले पनि सोमबार अहिलेसम्मकै गर्मी दिनमध्ये एक थियो । त्यहाँ अहिले तापक्रम ४० डिग्री पुगिसकेको छ । मौसम विभागले त्यहाँ तापक्रम अझै बढ्न सक्ने र मध्य, उत्तरी र दक्षिण–पूर्वी बेलयातमा लू चल्न सक्ने चेतावनी नै दिएको छ ।

गर्मीबाट राहत लिनका लागि नदी र तालको सहारा लिन पुगेका कम्तीमा ४ जनाको डुबेर मृत्यु भएको छ । गर्मीका कारण रेल सेवा रद्द भएका छन् भने लन्डनको लटन विमानस्थलमा उडान निलम्बन गरिएको छ ।

सोमबार नेदरल्याण्डमा यस वर्षको सबैभन्दा गर्मी दिन महसुस भएको छ । दक्षिण पश्चिमी सहर वेस्टडोर्पमा तापक्रम ३३.६ डिग्री मापन गरिएको थियो । दक्षिणी र मध्य क्षेत्रमा यो तापक्रम ३९ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।

मौसम विभागले तातो हावा उत्तरतर्फ बढिरहेको कारण बेल्जियम र जर्मनीमा पनि आगामी दिनमा तापक्रम ४० डिग्रीसम्म पुग्ने बताएको छ ।

स्पेन र पोर्चुगलमा मृत्यु

स्पेन र पोर्चुगलमा गर्मीका कारण कम्तीमा १ हजार जनाले ज्यान गुमाइसकेका छन् । पोर्चुगलमा आइतबार तापक्रम ४७ डिग्रीसम्म पुगेको थियो । यो जुलाई महिनाका लागि नयाँ रेकर्ड हो । मौसम विभागले देशका विभिन्न भागमा आगलागीको खतरा बढेको बताएको छ । 

स्थानीय मिडियाका अनुसार उत्तरी मुहसा नगर निगममा ३ सयजनालाई आगलागीको खतराको कारण घरबाट सुरक्षित स्थानमा सारिएको छ । सन् २०१७ मा त्यहाँ आगलागी हुँदा ६६ जनाको मृत्यु भएको थियो ।

स्पेनमा कम्तीमा २० स्थानमा आगलागी नियन्त्रणबाहिर रहेको छ । पोर्चुगलको उत्तरी सीमामा लागेको आगो कारण राखिएको थियो । रेलमा रहेका एक युवकले रेकर्ड गरेको भिडियोमा आगलागीको भयावहता स्पष्ट देख्न सकिन्छ । जहाँ रेलको दुवैतर्फ आगलागी भइरहेको देख्न सकिन्छ ।

जानकारहरूका अनुसार जलवायु परिवर्तनका कारण तातो हावा पहिलेभन्दा धेरै चलिरहेको छ । यो पहिलेभन्दा लामोसम्म रहने हुँदा गर्मी पनि बढिरहेको छ । औद्योगीकरणको सुरुवात यता विश्वको औसत तापक्रम १.१ डिग्रीले बढेको छ । विश्वभरका सरकारले हरित गृह ग्यासको उत्सर्जन बन्द नगरे तापक्रम अझै बढ्न सक्ने उनीहरूको चेतावनी रहेको छ । 

विश्व मौसम संगठनले बढ्दो तापक्रम बिरामी र बृद्धबृद्धाका लागि जोखिमपूर्ण भएको बताएको छ । संगठनले जलवायु परिवर्तनका कारण भविष्यमा अधिक गर्मीको मामिला अझै बढ्नेछ । यस्तो मौसमले युरोपमा हुने खेतीपातीमा असर पुग्ने उनीहरूको चेतावनी छ । 

रुस–युक्रेन सङ्कटले वैश्विक खाद्य आपूर्ति प्रभावित भएको छ भने अफ्रिकाका केही हिस्सामा खडेरीका कारण खाद्य सङ्कट पैदा भएको छ । जलवायु परिवर्तनले यो सङ्कटलाई थप बढाउन सक्ने विज्ञहरूको भनाई छ ।

बीबीसी हिन्दी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मुख्यमन्त्री लामासँग वार्ता- प्रदेश सरकार खर्चिलो भयो भने कुरामा म सहमत छैन

हेटौँडा । विभिन्न आन्दोलन तथा सङ्घर्षबाट मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा आएको छ । जनताबाट निर्वाचित प्रतिनिधिले ...

सहुलियत मूल्य पसल : हुम्लामा खाद्यान्नमा प्रतिकेजी रु पाँच छुट

सिमकोट । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले असोज ६ गतेदेखि प्रतिकेजी रु पाँच छुटमा खाद्यान्न बिक्री गर्ने भएको छ । हि...

प्यालेस्टिनी भूभागबाट इजरायल हट्नुपर्ने प्रस्ताव राष्ट्रसंघीय महासभाबाट पारित, नेपाल तटस्थ

काठमाडौं । एक वर्षभित्र पूर्वी जेरुसलेमसहित अधीनस्थ प्यालेस्टिनी भूभागमा इजरेलको "अवैधानिक उपस्थिति" अन्त्य गर्नुपर्ने माग गरिएको प्रस्ताव संयुक्त राष...

‘मलाई पुर्न खनेको खाल्डोमा कांग्रेस खस्यो, एमाले फस्यो’

अस्तिसम्म हामीसँग प्रमाण छ भन्नेहरू अहिले पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नुपरेको छ । सहकारीको पैसा लियो र खायो भन्नेहरूले सहकारीको पैसा लिएको चैँ ...

सरकारलाई रविन्द मिश्रको प्रस्ताव- दरबार मार्गको नाम प्रचण्ड मार्ग राखौं

अरूले जति फुर्ति लगाए पनि यो संविधानको केन्द्रमा प्रचण्ड छन्

सहकारी ठगीमा रवि लामिछानेको संलग्नता नदेखिएको प्रतिवेदन आएको छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगीमा नदेखिएको दाबी गरेका छन् । प्राइम टिभीमा दिएको अ...

‘ओलीलाई संविधान कार्यान्वयन गर्न मन नभएर संशोधन भन्दैछन्’ (अन्तर्वार्ता)

‘म अहिले देशभरि घुमें, जनतामा माओवादीप्रति सहानुभूतिको लहर छ’

देशभर मनसुनी वायुको प्रभाव कायम, मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्व...

उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो

करोडौँ लगानीमा खुलेका होटल सुनसान

१० दिनका लागि प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओली संयुक्तराज्य अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy