ललितपुर । ललितपुर महानगरपालिकामा नगर प्रहरीले अब दुई पाङ्ग्रे विद्युतीय सवारीसाधनबाट २४ औँ घण्टा गस्ती गर्ने भएको छ । नगर प्रहरीले प्रदान गर्ने सेवा सुविधालाई छिट्टोछरितोका साथै चुस्त तथा दुरुस्त बनाउन उक्त काम अघि सारेको हो ।
उक्त कार्यक्रमको घण्टी बजाएर आज उद्घाटन गर्दै नगर प्रमुख चिरीबाबु महर्जनले सो साधनमार्र्फत नगरवासीको सहयोग गर्न तथा घटनास्थलमा तुरुन्तै पुग्नाका साथै महानगरको सुव्यवस्था कायम गर्न नगर प्रहरीको हितमा आफूहरुले पाँच विद्युतीय स्कुटर प्रयोगमा ल्याएको भनाइ राखे। उनले भने, “यस साधनले गाडी नजाने साँघुरो बाटोमा पनि तत्काल पुगी काम गर्न तथा पार्किङको रेखदेख र व्यवस्थापन गर्न एवं ट्राफिक जामका साथै सवारी दुर्घटना हुनसक्ने गरी अनाधिकृत रुपमा गरिएका पार्किङलाई कारबाही गर्नसमेत सहयोग पुग्नेछ ।”
दुईपाङ्ग्रे सवारी साधनले नगर सरसफाइ गर्नाका साथै अनाधिकृत रुपमा राखिएका विज्ञापन तथा होर्डिङ बोर्ड नियन्त्रणमा ध्यान दिने उनले बताए । नगर प्रहरी प्रमुख सीताराम हाछेंथुले सो साधनमा गस्ती गर्दा सार्वजनिक आवागमनमा बाधा पु¥याउने फुटपाथ पसल हटाउन तथा मापदण्डविपरीत अनाधिकृतरुपमा निर्माण गरिएका संरचना बनाउन नदिइने बताए।
‘राफ्ट बारिएर’ मोडलको एवं चार्ज गर्न दुईदेखि तीन घण्टा लाग्ने तथा त्यसको ब्याट्रीको पावर दुई किलोवाटको रहनाका साथै सो साधनको ड्राइभिङको दायरा ७० देखि १०० किलोमिटर रहने जानकारी गराइएको थियो । त्यसैगरी सो कार्यक्रममा उक्त दुई पाङ्ग्रे साधन नियमित गस्ती गर्न नगरवासीको सहयोगमा घटनास्थलमा पाँच मिनेटमा पुग्न सक्ने पनि सुनाइएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - १७:०५
काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...
पौष ११ गते, २०८२ - १६:५५
काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...
पौष ११ गते, २०८२ - १६:४०
बाँके। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रको प्रमुख अङ्गहरु कमजोर बनाउन विभिन्न तहबाट प्रयास गरिएको बताएको छन् । राष्ट्रिय बाणिज्य बै...
पौष ११ गते, २०८२ - १६:२८
सर्लाही। नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अवस्था तनावग्रस...
पौष ११ गते, २०८२ - १६:१८
काठमाडौं । ङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेले दुई विकेट लिएको छन् । सन्दीप आबद्ध टिम राजशाही वारियर्स...
पौष ११ गते, २०८२ - १६:०५
काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टी संरक्षक तथा ऊर्जा म...
पौष ११ गते, २०८२ - १५:३०
काठमाडौँ । जेनजी घटनाको छानबिन गर्न गठन गरिएको आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की र अन्य सदस्यलाई पदमुक्त गर्न माग गरिएको रिट सर्वोच्च अद...
पौष ११ गते, २०८२ - १५:१९
काठमाडौँ । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न क्षेत्रहरूबाट सिफारिस भएका छन्। तर उनी कुन...
पौष ११ गते, २०८२ - १५:०७
काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र कारागार व्यवस्थापन विभागका महानिर्देशकमा हेरफेर गरेको जानकारी दिएको छ।...
पौष ११ गते, २०८२ - १४:५२
काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ ...




प्रतिकृया लेख्नुहोस्: