Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

मर्यादित महिनावारीका लागि धामीझाँक्री सम्मेलन

खबरडबली संवाददाता

सुदूरपश्चिम । धनगढीमा आयोजित धामीझाँक्री सम्मेलनमा सहभागी डोटीको तेडी कुल देवताका धामी डबल बोगटी आफूहरुको गतिविधिले समाजमा कुनै महिलारपुरुषप्रति विभेद नभएको स्पष्टीकरण दिँदै गरेको भेटिनुभयो । 

सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट आएका धामीझाँक्रीहरुको धनगढीमा आज सुरु भएको सम्मेलनका क्रममा उहाँले धामीझाँक्रीप्रति समाजमा बेलाबखत लगाउने गरिएको गलत आरोपको खण्डन पनि गरे।

आफूहरु जबरजस्ती देवताका धामी नभएको जिकिर गर्दै उनले भने, “हामीलाई धामी भनिने गरिए पनि हामी देवताले रोजेका देवदूत हौँ, धामी होइनौँ, आ–आफ्नो संस्कार, धर्म, परम्पराभित्र रहेर सबै मानवले स्वस्थ र सम्मानका साथ बाँच्न पाउनुपर्छ भन्नेमा आफूहरु प्रतिबद्ध छौँ ।”

‘मर्यादित महिनावारीका लागि धामीझाँक्री सम्मेलन’ नामको उक्त सम्मेलनमा अछामलगायतका जिल्लामा महिनावारी भएका महिलाका लागि बस्न बनाइएको छाउगोठ विगतमा भत्काइएको घटना राम्रो नभएको बुझाइ धामीहरुको छ । उहाँहरुले भन्नुभयो, “भित्रै मनदेखि छाउगोठ भत्काएको भए देवीदेवताले पनि मान्थे होला, जबरजस्ती छाउगोठ भत्काइँदा गोठ भत्काउन सहभागी कतिपय व्यक्तिलाई देवीदेवता लागेको र सुख नभएको भन्ने सुनिएको छ ।” महिला र पुरुषमा चेतनाको अभाव हुँदा समाज पिछडिनुपरेको उहाँहरुको धारणा छ । 

मुगु जिल्लाको सोरु गाउँपालिका–२ को दुर्गा भवानीदेवीका धामी जगतबहादुर मल्लले कुनै पनि व्यक्ति स्व–इच्छाले देवताको धामी हुन नसक्ने र देवी प्रकट हुनसक्ने व्यक्ति मात्र धामी हुने भन्दै समाजलाई सही मार्गमा डो¥याउन आफूहरुको भूमिका रहेको बताउनुहुन्छ । 

“देवीदेवता लागेर बिरामी भएको व्यक्तिलाई डाक्टरले उपचार गर्न सक्दैनन्, डाक्टरले औषधि गर्नुपर्ने बिरामीलाई धामीझाँक्रीले उपचार गर्न सक्दैनन्”, उनले भने, ‘‘एक वर्षअघि भारत र नेपालका अस्पतालमा उपचारका लागि लाखौँ रकम खर्च गरेर पनि निको नभएका दाङका एक पुरुषलाई आफूमा प्रकट भएको देवीले निको पारेको घटना ताजै छ ।” उहाँले अहिलेको परिवर्तनशील युगमा देवीदेवताको कानून र देशको संविधान दुवैलाई मानेर धामीझाँक्रीले आफ्ना गतिविधि गर्न जरुरी भइसकेको बताए।

परम्परागत स्वास्थ्य सेवा प्रदायकका रूपमा धामीझाँक्रीहरुले समाजमा भूमिका निर्वाह गर्दै आएको परिप्रेक्ष्यमा उनीहरुको सहभागितामा धनगढीमा सम्मेलन गरिएको हो । सम्मेलनमा मर्यादित महिनावारीको विषयमा छलफल हुन लागेको छ । 

सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैका आउजीले सम्मेलनमा मर्यादित महिनावारीका साथै जनस्वास्थ्यका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले ने, “महिनावारी भएको महिलाले पाँच दिनसम्म शुद्ध, स्वस्थ र सुरक्षित रहेर बस्नुपर्छ भन्ने हो, आफू गलत काम र व्यवहार गर्ने मान्छेले दोष देवीदेवतालाई लगाउनु राम्रो होइन ।” 

महिनावारीका बेला अन्य प्रदेशको तुलनामा सुदूरपश्चिम प्रदेशका महिला तथा किशोरीहरु बढी जोखिमा रहने गरेको बताइन्छ । सूचना र प्रविधिको विकाससँगै रीतिरिवाज, परम्परा, संस्कारभित्रका अशोभनीय गतिविधि एवं व्यवहारमा सकारात्मक परिवर्तन भइरहेको देखिए पनि कतिपय समाजमा अन्धविश्वास र कुसंस्कार पूर्णरूपमा हट्न सकेको छैन । 

धामी झाँक्रीहरुले स्वास्थ्य उपचारका क्षेत्रमा नमूनाका रूपमा आफ्नो भूमिका निर्वाह गर्न गराउन टेवा पु¥याउन सकुन् भन्ने उद्देश्य सम्मेलनको आयोजना गरिएको भनाइ आयोजक संस्थाको छ ।  

निश्चित समय पुगेपछि महिला तथा किशोरीहरु महिनावारी हुने प्रक्रियालाई प्राकृतिक मानिन्छ । महिनावारी भएको बेला महिला तथा किशोरीलाई घरपरिवारले शौचालय प्रयोग गर्न नदिने, दूध तथा अन्य पोषिलो खाने कुरा खान नदिने, परिवारभित्र सुत्न नदिई सुत्नका लागि छुट्टै व्यवस्था गर्ने, विद्यालयमा व्यवस्थित शौचालयल र पानीको व्यवस्था नहुने, महिनावारी हुने किशोरी विद्यालय जान नहुने जस्ता व्यवहार एवं चुनौती विद्यमान छन् । जसका कारण महिनावारी भएका किशोरी तथा महिलाहरुले आफ्नो स्वास्थ्यमा हानी पुग्ने विभिन्न किसिमका अप्ठ्यारा एवं चुनौतीहरु सामना गर्नुपरेको बताइन्छ । महिनावारी भएको बेला कतिपय ठाउँमा खानपान, बस्ने ठाउँ, सरसफाइ स्वच्छतालगायतमा नचाहिँदो बन्देज लगाइने गरिएको पाइन्छ । 

कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग ९कोईका० र गुड नेवर्स इन्टरनेशनल नेपालको सहयोगमा आयोजित तीन दिने उक्त सम्मेलनमा महिला पुरुष धामीझाँक्री, किशोरी, महिला, विभिन्न पालिकाका उपप्रमुख÷उपाध्यक्ष, सङ्घसंस्था र कार्यालयका प्रतिनिधि सहभागी रहेका छन् । 

संस्थाले दुई दशकदेखि विपन्न वर्ग खास गरी बालबालिकाको जीवनस्तर सुधार गर्न बाल संरक्षण, शिक्षा, आयआर्जन, स्वास्थ्य, खानेपानी, सरसफाइ तथा स्वच्छता, विपद् जोखिम न्यूनीकरण, जलवायु परररिवर्तन अनुकूलन र पैरवी जस्ता क्षेत्रमा काम गर्दै आएको रछ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देउवा स्वास्थ्य उपचारपछि हङकङमा, चाँडै स्वदेश फर्किने

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुरबाट हङकङ गएका छन् । सिंगापुरमा नियमित स्वास्थ्य उपचार सकेपछि हङकङ प्रस्थान गरेका छन्। उनी त्य...

सुधार नगरे एमाले सक्किने खतरा : सुरेन्द्र पाण्डे

बुटवल । सुरेन्द्र पाण्डे ले नेकपा एमाले ले सही दिशा नलिए पार्टी सकिने अवस्थासम्म पुग्ने चेतावनी दिएका छन्। शनिबार बुटवलमा आयोजित अन्तरक्रियामा बोल्दै ...

नेपालगञ्जमा पनि मनाइयो इद उल फित्र

नेपालगञ्ज । मुश्लिम धर्मावलम्बीहरूले आज बाँकेको नेपालगञ्जमा इद उल फित्र पर्व धुमधामका साथ मनाएका छन् । शुक्रबारदेखि निरन्तर परेको वर्षामा पनि खुला स्थ...

कर्णाली प्रदेशमा ट्राफिक कारबाहीबाट १३ लाख राजस्व सङ्कलन

सुर्खेत । कर्णाली प्रदेशमा ट्राफिक कारबाहीमा परेका सवारी साधनबाट फागुनमा रु १३ लाख राजस्व सङ्कलन भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्...

वर्षाले मुसुरो र केराउ बाली नोक्सान

टीकापुर। चैतको पहिलो साता भएको वर्षा र असिनाले कैलालीको टीकापुर क्षेत्रमा दलहन बालीमा ठुलो क्षति पुर्‍याएको छ । चैत ५ र ६ गते परेको पानीले पाकेर काट्न...

कपिलबस्तुको महाराजगंजका केही क्षेत्रमा निषेधाज्ञा

कपिलबस्तु। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले महाराजगंज नगरपालिकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।  जिल्ला सुरक्षा समितिको निर्णयानुसार ...

आपसी सहकार्यबाट नै देश अघि बढ्छ : बालेन

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह ९बालेन०ले  आपसी सहकार्यबाट नै देश अगाडि बढ्ने बताएको छन् । इस्लाम धर्मावलम्ब...

निर्वाचनमा दुई सय ८६ जना बालबालिकाको प्रयोग

काठमाडौँ। नेपालको प्रतिनिधीसभा सदस्य निर्वाचन २०८२ को सन्दर्भमा अनुगमनका क्रममा दुई सय ८६ वटा विभिन्न क्रियाकलापमा बालबालिकालाई प्रयोग गरिएको प्रतिवेद...

उपचारपछि ८३ जना दादुराका बिरामी डिस्चार्ज

बागलुङ। दादुराको उपचारपछि निको भएका ८३ जना बिरामी अस्पतालबाट डिस्चार्ज भएका छन् । बुर्तिवाङ जिल्ला अस्पतालबाट ७२ जना र बोबाङ स्वास्थ्य चौकीबाट ११ जना ...

दक्षिण कोरियाको कारखानामा आगलागी: १० को मृत्यु, ५९ घाइते, चार जना बेपत्ता

डेइजोन। दक्षिण कोरियाको डेइजोनमा रहेको एक अटो पाट्र्स उत्पादन गर्ने कारखानामा शुक्रबार भएको भीषण आगलागीमा कम्तीमा १० जनाको ज्यान गएको छ भने ५९ जना घाइ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: