Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

मर्यादित महिनावारीका लागि धामीझाँक्री सम्मेलन

खबरडबली संवाददाता

सुदूरपश्चिम । धनगढीमा आयोजित धामीझाँक्री सम्मेलनमा सहभागी डोटीको तेडी कुल देवताका धामी डबल बोगटी आफूहरुको गतिविधिले समाजमा कुनै महिलारपुरुषप्रति विभेद नभएको स्पष्टीकरण दिँदै गरेको भेटिनुभयो । 

सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट आएका धामीझाँक्रीहरुको धनगढीमा आज सुरु भएको सम्मेलनका क्रममा उहाँले धामीझाँक्रीप्रति समाजमा बेलाबखत लगाउने गरिएको गलत आरोपको खण्डन पनि गरे।

आफूहरु जबरजस्ती देवताका धामी नभएको जिकिर गर्दै उनले भने, “हामीलाई धामी भनिने गरिए पनि हामी देवताले रोजेका देवदूत हौँ, धामी होइनौँ, आ–आफ्नो संस्कार, धर्म, परम्पराभित्र रहेर सबै मानवले स्वस्थ र सम्मानका साथ बाँच्न पाउनुपर्छ भन्नेमा आफूहरु प्रतिबद्ध छौँ ।”

‘मर्यादित महिनावारीका लागि धामीझाँक्री सम्मेलन’ नामको उक्त सम्मेलनमा अछामलगायतका जिल्लामा महिनावारी भएका महिलाका लागि बस्न बनाइएको छाउगोठ विगतमा भत्काइएको घटना राम्रो नभएको बुझाइ धामीहरुको छ । उहाँहरुले भन्नुभयो, “भित्रै मनदेखि छाउगोठ भत्काएको भए देवीदेवताले पनि मान्थे होला, जबरजस्ती छाउगोठ भत्काइँदा गोठ भत्काउन सहभागी कतिपय व्यक्तिलाई देवीदेवता लागेको र सुख नभएको भन्ने सुनिएको छ ।” महिला र पुरुषमा चेतनाको अभाव हुँदा समाज पिछडिनुपरेको उहाँहरुको धारणा छ । 

मुगु जिल्लाको सोरु गाउँपालिका–२ को दुर्गा भवानीदेवीका धामी जगतबहादुर मल्लले कुनै पनि व्यक्ति स्व–इच्छाले देवताको धामी हुन नसक्ने र देवी प्रकट हुनसक्ने व्यक्ति मात्र धामी हुने भन्दै समाजलाई सही मार्गमा डो¥याउन आफूहरुको भूमिका रहेको बताउनुहुन्छ । 

“देवीदेवता लागेर बिरामी भएको व्यक्तिलाई डाक्टरले उपचार गर्न सक्दैनन्, डाक्टरले औषधि गर्नुपर्ने बिरामीलाई धामीझाँक्रीले उपचार गर्न सक्दैनन्”, उनले भने, ‘‘एक वर्षअघि भारत र नेपालका अस्पतालमा उपचारका लागि लाखौँ रकम खर्च गरेर पनि निको नभएका दाङका एक पुरुषलाई आफूमा प्रकट भएको देवीले निको पारेको घटना ताजै छ ।” उहाँले अहिलेको परिवर्तनशील युगमा देवीदेवताको कानून र देशको संविधान दुवैलाई मानेर धामीझाँक्रीले आफ्ना गतिविधि गर्न जरुरी भइसकेको बताए।

परम्परागत स्वास्थ्य सेवा प्रदायकका रूपमा धामीझाँक्रीहरुले समाजमा भूमिका निर्वाह गर्दै आएको परिप्रेक्ष्यमा उनीहरुको सहभागितामा धनगढीमा सम्मेलन गरिएको हो । सम्मेलनमा मर्यादित महिनावारीको विषयमा छलफल हुन लागेको छ । 

सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैका आउजीले सम्मेलनमा मर्यादित महिनावारीका साथै जनस्वास्थ्यका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले ने, “महिनावारी भएको महिलाले पाँच दिनसम्म शुद्ध, स्वस्थ र सुरक्षित रहेर बस्नुपर्छ भन्ने हो, आफू गलत काम र व्यवहार गर्ने मान्छेले दोष देवीदेवतालाई लगाउनु राम्रो होइन ।” 

महिनावारीका बेला अन्य प्रदेशको तुलनामा सुदूरपश्चिम प्रदेशका महिला तथा किशोरीहरु बढी जोखिमा रहने गरेको बताइन्छ । सूचना र प्रविधिको विकाससँगै रीतिरिवाज, परम्परा, संस्कारभित्रका अशोभनीय गतिविधि एवं व्यवहारमा सकारात्मक परिवर्तन भइरहेको देखिए पनि कतिपय समाजमा अन्धविश्वास र कुसंस्कार पूर्णरूपमा हट्न सकेको छैन । 

धामी झाँक्रीहरुले स्वास्थ्य उपचारका क्षेत्रमा नमूनाका रूपमा आफ्नो भूमिका निर्वाह गर्न गराउन टेवा पु¥याउन सकुन् भन्ने उद्देश्य सम्मेलनको आयोजना गरिएको भनाइ आयोजक संस्थाको छ ।  

निश्चित समय पुगेपछि महिला तथा किशोरीहरु महिनावारी हुने प्रक्रियालाई प्राकृतिक मानिन्छ । महिनावारी भएको बेला महिला तथा किशोरीलाई घरपरिवारले शौचालय प्रयोग गर्न नदिने, दूध तथा अन्य पोषिलो खाने कुरा खान नदिने, परिवारभित्र सुत्न नदिई सुत्नका लागि छुट्टै व्यवस्था गर्ने, विद्यालयमा व्यवस्थित शौचालयल र पानीको व्यवस्था नहुने, महिनावारी हुने किशोरी विद्यालय जान नहुने जस्ता व्यवहार एवं चुनौती विद्यमान छन् । जसका कारण महिनावारी भएका किशोरी तथा महिलाहरुले आफ्नो स्वास्थ्यमा हानी पुग्ने विभिन्न किसिमका अप्ठ्यारा एवं चुनौतीहरु सामना गर्नुपरेको बताइन्छ । महिनावारी भएको बेला कतिपय ठाउँमा खानपान, बस्ने ठाउँ, सरसफाइ स्वच्छतालगायतमा नचाहिँदो बन्देज लगाइने गरिएको पाइन्छ । 

कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग ९कोईका० र गुड नेवर्स इन्टरनेशनल नेपालको सहयोगमा आयोजित तीन दिने उक्त सम्मेलनमा महिला पुरुष धामीझाँक्री, किशोरी, महिला, विभिन्न पालिकाका उपप्रमुख÷उपाध्यक्ष, सङ्घसंस्था र कार्यालयका प्रतिनिधि सहभागी रहेका छन् । 

संस्थाले दुई दशकदेखि विपन्न वर्ग खास गरी बालबालिकाको जीवनस्तर सुधार गर्न बाल संरक्षण, शिक्षा, आयआर्जन, स्वास्थ्य, खानेपानी, सरसफाइ तथा स्वच्छता, विपद् जोखिम न्यूनीकरण, जलवायु परररिवर्तन अनुकूलन र पैरवी जस्ता क्षेत्रमा काम गर्दै आएको रछ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रौतहटमा फैलियो झाडा पखला

रौतहट । रौतहटको स्थानीय राजपुर नगरपालिका क्षेत्र अन्तर्गत झाडा पखालाको प्रकोप फैलिएको छ भने केहीमा हैजाको जस्तो संकेत देखिएको छ । राजपुर ३ र ४ मा झ...

अमेरिकामा पनि मनाइयो संविधान दिवस

टेक्सस। अमेरिकास्थित नेपाली राजदूतावासले ‘नेपाल डे’ कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ । वासिङ्गटन डिसीस्थित नेपाली राजदूतावासको सभाकक्षम...

नागरिकताभन्दा राहदानी बनाउनेको संख्या बढी

तम्घास । एक हप्तामा जिल्ला प्रशासन कार्यालय गुल्मीबाट नागरिकता बनाउनेभन्दा राहदानी बनाउने बढी छन्। ८५ जनाले एक हप्ताको अवधिमा नयाँ नागरिकता बनाउँदा...

मन्त्रिपरिषद् बैठकका २१ निर्णय (सूचीसहित)

एसियाली विकास बैंकबाट प्राप्त हुने २२ अर्ब ८९ करोड बराबरको ऋण स्वीकार

रवि लामिछाने बारे कुमार रम्तेलले समितिमा के के भने ?

काठमाडौँ । सहकारी ठगिको आरोपमा हिरासतमा रहेका कुमार रम्तेलले रवि लामिछाने सहकारीको ऋणी भएको बयान दिएका छन् । संसदीय छानबिन समितिमा रम्तेलले दिएको बयान...

सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चित समयका लागि स्थगित

धनगढी। सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित समयका लागि स्थगित भएको छ ।  शुक्रबार  दिउँसो २ बजे प्रदेश सभा बैठक बोलाइएको थियो । उक्त बैठक कारणवश अ...

भारतविरुद्ध बंगलादेश पहिलो इनिंगमा १४९ रनमा अलआउट

काठमाडौँ । भारतविरुद्धको पहिलो टेस्टमा बंगलादेश १४९ रनमा अल आउट भएको छ । टेस्टको दोस्रो दिन बंगलादेश केवल ४७.१ ओभर मात्र खेलेर १४९ रन बनाउदै अलआउट भएक...

इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त

काठमाडौँ । इजरायलले आफ्नो लडाकु विमानले हिजबुल्लाहका १०० भन्दा बढी रकेट लन्चरलाई निशाना बनाएको जनाएको छ । इजरायली रक्षा बल (आईडीएफ) का अनुसार यी लन्चर...

गाजामा भएको इजरायली आक्रमणमा निर्दोष नागरिकको मृत्यु

गाजा । गाजा पट्टीका विभिन्न स्थानहरूमा बिहीबार राती इजरायले गरेको हवाई आक्रमणमा परी कैयौँ प्यालेस्टिनीहरू मारिनुका साथै केही घाइते भएका छन् । इजराय...

कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy