काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले स्थानीय उत्पादनलाई प्रोत्साहन गरी उत्पादन वृद्धि तथा ती उत्पादनलाई बजारीकरण गर्न पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई निर्देशन दिएको छ ।
पार्टीले जनप्रतिनिधिलाई जनताप्रति थप उत्तरदायी बनाउन यही साउन ४ र ५ गते काठमाडौँमा आयोजित प्रशिक्षण कार्यक्रममा भ्रष्टाचार, ढिलासुस्ती र अनियमितता नगरी जनताको सेवालाई केन्द्रमा राखेर कार्य गर्न निर्देशन दिएको महासचिव बेदुराम भुसालले जानकारी दिए।
शीर्ष नेतृत्वबाट स्थानीय तहका अधिकार, स्वायत्त शासन, प्रदेश तथा केन्द्रसँगको समन्वय, पार्टीसँगको सहकार्य, पारदर्शीतालगायत विषयमा दिइएको प्रशिक्षण बैठकले सादा जीवन, उच्च विचारका साथ जनपक्षीय शैली अवलम्बन गर्न १६ बुँदे प्रतिबद्धतापत्र जारी गरेको छ ।
शिक्षा, आधारभूत स्वास्थ्य सेवा सुलभ तथा मानव अधिकारको प्रत्याभूत गर्न, जनताको विकास तथा निर्माणमा सार्वजनिक लगाानी बढाउने प्रतिबद्धता जारी गरिएको छ ।
सामाजिक न्याय तथा समानता कायम गर्न प्रतिबद्ध हुन निर्देशन गरिएको पत्रमा समाजवाद निर्माणको अनिवार्य सर्त समग्र मानव विकास भएकाले त्यस क्षेत्रको संशाधन विकासमा लगानी बढाउन, प्राकृतिक पर्यावरणको सुरक्षा गरी विकास निर्माणलाई वातावरणमैत्री बनाउने विषय उल्लेख गरिएको छ ।
राष्ट्रिय एकता र जनताका बीचमा मेलमिलाप र साम्प्रदायिक सद्भाव कायम गर्ने, स्थानीय स्रोत साधनको अधिकतम प्रयोग गर्दै निर्यात वृद्धि, आयात प्रतिस्थापन र स्वावलम्बी अर्थतन्त्र निर्माण गर्ने विषय पत्रमा उल्लेख गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ०७:४०
वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल बजार सञ्चालनमा ल्याएको छ । वीरगञ्जमा थोकबजारको अभावलाई यसले परिपूर...
मंसिर २३ गते, २०८२ - ०७:३७
मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन अध्ययन सुरुआत गरिएको छ । बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, ...
मंसिर २३ गते, २०८२ - ०७:३४
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले निर्वाचन परिचालन समिति गठन गरेको छ । तीनकुनेस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको अध्यक्ष...
मंसिर २३ गते, २०८२ - ०७:०७
काठमाडौँ । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ । भौतिक पूर्...
मंसिर २३ गते, २०८२ - ०७:०४
काठमाडौँ। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक लाख १५ हज...
मंसिर २३ गते, २०८२ - ०७:०१
काठमाडौँ । सार्वजनिक संस्थानमा गरिएको करिब रु ४७ अर्ब सरकारी लगानीको हिसाब नमिलेको देखिएको छ । अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनु...
मंसिर २३ गते, २०८२ - ०६:५८
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूका लागि बसोबासको व्यवस्थापन मिलाएको छ। यसपट...
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...
मंसिर १९ गते, २०८२ - ०९:०६
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ। मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...




प्रतिकृया लेख्नुहोस्: