Khabar Dabali २० बैशाख २०८३ आईतवार | 3rd May, 2026 Sun

निर्यात वृद्धि, आयात प्रतिस्थापन र स्वावलम्बी अर्थतन्त्र निर्माण गर्न निर्देशन

खबरडबली संवाददाता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले स्थानीय उत्पादनलाई प्रोत्साहन गरी उत्पादन वृद्धि तथा ती उत्पादनलाई बजारीकरण गर्न पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई निर्देशन दिएको छ ।

पार्टीले जनप्रतिनिधिलाई जनताप्रति थप उत्तरदायी बनाउन यही साउन ४ र ५ गते काठमाडौँमा आयोजित प्रशिक्षण कार्यक्रममा भ्रष्टाचार, ढिलासुस्ती र अनियमितता नगरी जनताको सेवालाई केन्द्रमा राखेर कार्य गर्न निर्देशन दिएको महासचिव बेदुराम भुसालले जानकारी दिए। 

शीर्ष नेतृत्वबाट स्थानीय तहका अधिकार, स्वायत्त शासन, प्रदेश तथा केन्द्रसँगको समन्वय, पार्टीसँगको सहकार्य, पारदर्शीतालगायत विषयमा दिइएको प्रशिक्षण बैठकले सादा जीवन, उच्च विचारका साथ जनपक्षीय शैली अवलम्बन गर्न १६ बुँदे प्रतिबद्धतापत्र जारी गरेको छ । 

शिक्षा, आधारभूत स्वास्थ्य सेवा सुलभ तथा मानव अधिकारको प्रत्याभूत गर्न, जनताको विकास तथा निर्माणमा सार्वजनिक लगाानी बढाउने प्रतिबद्धता जारी गरिएको छ । 

सामाजिक न्याय तथा समानता कायम गर्न प्रतिबद्ध हुन निर्देशन गरिएको पत्रमा समाजवाद निर्माणको अनिवार्य सर्त समग्र मानव विकास भएकाले त्यस क्षेत्रको संशाधन विकासमा लगानी बढाउन, प्राकृतिक पर्यावरणको सुरक्षा गरी विकास निर्माणलाई वातावरणमैत्री बनाउने विषय उल्लेख गरिएको छ ।

राष्ट्रिय एकता र जनताका बीचमा मेलमिलाप र साम्प्रदायिक सद्भाव कायम गर्ने, स्थानीय स्रोत साधनको अधिकतम प्रयोग गर्दै निर्यात वृद्धि, आयात प्रतिस्थापन र स्वावलम्बी अर्थतन्त्र निर्माण गर्ने विषय पत्रमा उल्लेख गरिएको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending