काठमाडौं । नेपाल र नाइजेरियाका मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कार्यरत अधिकारकर्मी तथा सरोकारवाला व्यक्तिबीच अनुभव आदानप्रदान भएको छ । स्कीप परियोजनाअन्तर्गत युकेस्थित खुला विश्वविद्यालय र नेपालमा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध क्रियाशील संस्था शान्ति पुनःस्थापना गृहको सहजीकरणमा नेपाल र नाइजेरियाका मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कार्यरत अधिकारकर्मी र सरोकारवाला व्यक्तिबीच अनुभव आदानप्रदान गरिएको हो ।
मानव बेचबिखन र उत्पीडनबाट मुक्त व्यक्तिहरुलाई सामाजिक तथा पारिवारिक पुनर्मिलनमा र मनोपरामर्समा सहजीकरण गर्ने सम्बन्धमा अनुभव आदानप्रदान गरिएको थियो । नाइजेरियाका तर्फबाट एपेक्स मिडियालगायत मानव बेचबिखनविरुद्ध क्षेत्रमा कार्यरत अधिकारकर्मी तथा सरोकारवालाको सहभागिता थियो । कार्यक्रममा उक्त खुला विश्वविद्यालयका तर्फबाट डा सरस्वती दवाडी र मर्गरात इवुवेडाइकले आफ्नो अनुभव सुनाएका थिए ।
नेपालका तर्फबाट शान्ति पुनःस्थापना गृहका कार्यकारी निर्देशक सुमनराज सापकोटा, सामाजिक अभियान्ता समाजसेवी तथा शान्ति पुनःस्थापना गृहकी संस्थापक अध्यक्ष शान्ता सापकोटालगायतले मानव बेचबिखनविरुद्ध हुँदै आएका गतिविधिबारे नाइजेरिया र नेपालको मानव बेचबिखनको समस्या मिल्दोजुल्दो भएको बताए । उक्त विश्वविद्यालयकोे नेतृत्वमा हरेक देशबाट तीनदेखि पाँच जनासम्म सदस्य रहने गरी मानव बेचबिखनविरुद्धको कार्ययोजना तय गर्नेबारे पनि छलफल भएको थियो । कार्यक्रममा नाइजेरिया र नेपालका मानव बेचबिखनसँग सम्बन्धित घटनामा उद्धार गरिएका पीडितको अनुभव आदानप्रदान गरिएको थियो ।
शान्ति पुनःस्थापना गृहले भारत तथा सोही बाटो हुँदै तेस्रो मुलुक जान लागेकालाई मानव बेचबिखनको जोखिमका बारेमा जानकारी दिने, अभिभावकलाई जानकारी नदिइ हिँड्नेलाई सेल्टरमा राखेर अभिभावकलाई जिम्मा लगाउने, उमेर नपुगेकालाई भारत जान रोक्ने, उनीहरुलाई बहकाएर लैजानेलाई प्रहरीको सहयोगमा समातेर मुद्दाको प्रक्रिया अगाडि बढाउने गरिएको गृहका लुम्बिनी प्रदेश संयोजक भूमिराज भट्टराईले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १७:२३
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेपाली कांग्रेसका ६५ र अन्य दलका तीनसहित ६८ सांसदले गरेको हस्ताक्षर सर्वोच्च अदालतमा दर्ता भएको छ। ...
पौष ८ गते, २०८२ - १६:४६
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेतासँग छलफल गरेका छन्। छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्म...
पौष ८ गते, २०८२ - १६:३३
काठमाडौं । जाँचबुझ आयोगले तीन जनाको स्थानहद फुकुवा गरेको छ। आयोगले मंगलबार पत्र पठाउँदै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका आईजीपी चन...
पौष ८ गते, २०८२ - १६:०४
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शीतल निवास पुगेका छ...
पौष ८ गते, २०८२ - १५:५४
सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँट निवासी ३२ वर्षीया सुशीला बम्जनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरी घटनाको थप अनुस...
पौष ८ गते, २०८२ - १५:४१
काठमाडौँ । जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हु...
पौष ८ गते, २०८२ - १५:३७
काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालयको सरकारी टोलीले अनुगमन गरेको छ। सरकारद्वारा गठित र...
पौष ८ गते, २०८२ - १५:०३
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने भएकी छन्।...
पौष ८ गते, २०८२ - १४:५६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले नयाँ र वैकल्पिक भनिएका सबै राजनीतिक शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको ब...
पौष ८ गते, २०८२ - १४:४४
काठमाडौं । नेकपा एमालेले चुनावी वातावरण तयार पार्न सरकारसँग आग्रह गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सरकारी टोलीसँग भेट्दा महासचिव शं...




प्रतिकृया लेख्नुहोस्: