Khabar Dabali २३ असार २०८३ मंगलवार | 7th July, 2026 Tue
Investment bank

नेपाल र नाइजेरियाकाबीच मानव बेचबिखनबारे अनुभव आदानप्रदान

खबरडबली संवाददाता

काठमाडौं । नेपाल र नाइजेरियाका मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कार्यरत अधिकारकर्मी तथा सरोकारवाला व्यक्तिबीच अनुभव आदानप्रदान भएको छ । स्कीप परियोजनाअन्तर्गत युकेस्थित खुला विश्वविद्यालय र नेपालमा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध क्रियाशील संस्था शान्ति पुनःस्थापना गृहको सहजीकरणमा नेपाल र नाइजेरियाका मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कार्यरत अधिकारकर्मी र सरोकारवाला व्यक्तिबीच अनुभव आदानप्रदान गरिएको हो । 

मानव बेचबिखन र उत्पीडनबाट मुक्त व्यक्तिहरुलाई सामाजिक तथा पारिवारिक पुनर्मिलनमा र मनोपरामर्समा सहजीकरण गर्ने सम्बन्धमा अनुभव आदानप्रदान गरिएको थियो । नाइजेरियाका तर्फबाट एपेक्स मिडियालगायत मानव बेचबिखनविरुद्ध क्षेत्रमा कार्यरत अधिकारकर्मी  तथा सरोकारवालाको सहभागिता थियो । कार्यक्रममा उक्त खुला विश्वविद्यालयका तर्फबाट डा सरस्वती दवाडी र मर्गरात इवुवेडाइकले आफ्नो अनुभव सुनाएका थिए । 

नेपालका तर्फबाट शान्ति पुनःस्थापना गृहका कार्यकारी निर्देशक सुमनराज सापकोटा, सामाजिक अभियान्ता समाजसेवी तथा शान्ति पुनःस्थापना गृहकी संस्थापक अध्यक्ष शान्ता सापकोटालगायतले मानव बेचबिखनविरुद्ध हुँदै आएका गतिविधिबारे नाइजेरिया र नेपालको मानव बेचबिखनको समस्या मिल्दोजुल्दो भएको बताए । उक्त  विश्वविद्यालयकोे नेतृत्वमा हरेक देशबाट तीनदेखि पाँच जनासम्म सदस्य रहने गरी मानव बेचबिखनविरुद्धको कार्ययोजना तय गर्नेबारे पनि छलफल भएको थियो । कार्यक्रममा नाइजेरिया र नेपालका मानव बेचबिखनसँग सम्बन्धित घटनामा उद्धार गरिएका पीडितको अनुभव आदानप्रदान गरिएको थियो ।

शान्ति पुनःस्थापना गृहले भारत तथा सोही बाटो हुँदै तेस्रो मुलुक जान लागेकालाई मानव बेचबिखनको जोखिमका बारेमा जानकारी दिने, अभिभावकलाई जानकारी नदिइ हिँड्नेलाई सेल्टरमा राखेर अभिभावकलाई जिम्मा लगाउने, उमेर नपुगेकालाई भारत जान रोक्ने, उनीहरुलाई बहकाएर लैजानेलाई प्रहरीको सहयोगमा समातेर मुद्दाको प्रक्रिया अगाडि बढाउने गरिएको गृहका लुम्बिनी प्रदेश संयोजक भूमिराज भट्टराईले जानकारी दिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोशी प्रदेशमा ३१ प्रतिशत क्षेत्रमा रोपाइँ

विराटनगर। कोशी प्रदेशमा यस वर्ष धान रोपाइँको अवस्था गत वर्षको तुलनामा उत्साहजनक देखिएको छ । धानको बीउ राख्ने समयदेखि नै नियमित वर्षा भएको र पहाडी क्षे...

असारमा ह्वात्तै बढ्यो बजेट खर्च प्रगति

धनगढी। असार लागेपछि सुदूरपश्चिम प्रदेशको बजेट खर्च प्रगति ह्वात्तै बढेको छ । असारे विकासको प्रवृत्तिका कारण अरु समयको तुलनामा असारमा बजेट खर्च प्रगति ...

भेटेनरी अस्पताल सप्तरी कार्यालय प्रमुख र सवारी चालक अख्तियारको नियन्त्रणमा

सप्तरी। अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र,सप्तरीमा सोमबार छापा मारेको छ । छापा मार्ने क्रम...

देउवा समूहले बीपी स्मृति दिवस छुट्टै मनाउने, मंगलबार पनि छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेसको देउवा समूहले बीपी स्मृति दिवस छुट्टै रूपमा मनाउने निर्णय गरेको छ। सोमबार उद्घाटन गरिएको समूहको सम्पर्क कार्यालयमा काठम...

स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ : स्वास्थ्य मन्त्री

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्न सरकार पूर्णरूपमा प...

हात्ती प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहमन्त्री गुरुङ झापामा

झापा । सीमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने, सीमावर्ती क्षेत्रका नागरिकका समस्या बुझ्ने तथा जङ्गली हात्तीबाट प्रभावित क्षेत्रको अवस्था अवलोकन...

नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्षविरुद्ध तीन करोड बढीको भ्रष्टाचार मुद्दा

काठमाडौँ। नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध तीन करोड ४५ लाख ९९ हजार १६७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अ...

भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन र सुकुमवासीको समस्यालाई समाधान गर्न सरकारले उच्च प्र...

सार्वजनिक स्थानमा महिलालाई गोप्य अंग देखाउने रक्षा मन्त्रालयका अधिकृत पक्राउ

काठमाडौं । ललितपुरको इमाडोल क्षेत्रमा सार्वजनिक स्थानमा एक महिलासँग अशोभनीय व्यवहार गरेको आरोपमा एक सरकारी कर्मचारी पक्राउ परेका छन्। प्रहरी वृत्त ...

रास्वपामा एकभन्दा बढी वरिष्ठ नेता हुने व्यवस्था

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी संरचनामा महत्वपूर्ण परिवर्तन गर्दै एकभन्दा बढी 'वरिष्ठ नेता' नियुक्त गर्न सकिने व्यवस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending