काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन), विधेयक २०७९ माथि छलफल जारी छ । सो विधेयकमाथिको छलफललाई सदनभित्र र बाहिर चासोका साथ हेरिएको छ । आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले दफाबार छलफलका लागि प्रस्तुत गर्नुभएको प्रस्ताव पारित भएपछि संशोधनकर्ता सांसदले आफ्नो धारणा राख्ने क्रम सुरु भएको हो ।
नागरिकताको अधिकार, राष्ट्र, राष्ट्रियता राष्ट्रिय स्वाधीनतासँग सो विधेयक छिटो पारित गर्न सबै दल सहमत देखिए पनि त्यसभित्रका कतिपय व्यवस्थामा बहस भइरहेको छ । संविधानअनुसार नागरिक विधेयक पहिलोपटक पारित हुने बिन्दुमा पुग्नु सकारात्मक भए पनि नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गर्ने बित्तिकै नभई विवाहको सात वर्षपछि मात्रै विदेशीलाई अङ्गीकृत नागरिकता दिने व्यवस्था गर्न माग आएको छ ।
नागरितासम्बन्धी कानुनको अभावमा नागरिकताविहीन बनेका युवाका लागि यो विधेयक अत्यावश्यक भएको तर नागरिकमाथि समानताको हक कायम गर्न विधेयकमा संशोधन आवश्यक भएको सांसदले औँल्याएका छन् ।
बैठकमा डा भीमबहादुर रावल, कृष्ण राई, सुजिता शाक्य, शेरबहादुर तामाङ, गणेश पहाडी, लालबाबु पण्डित, वीनाकुमारी श्रेष्ठ, झपट रावल, सरिता न्यौपाने, रामकुमारी झाँक्री, वृजेशकुमार गुप्तालगायतले संशोधनसहित छलफलमा भाग लिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १६:५६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...
पौष ७ गते, २०८२ - १६:३६
काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...
पौष ७ गते, २०८२ - १६:२१
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथ लिएर द...
पौष ७ गते, २०८२ - १६:१०
काठमाडौँ । सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा विषयमा राजनीतिक दल र सरोकारवालाबाट सुझाव मागेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबार...
पौष ७ गते, २०८२ - १५:५७
रामेछाप । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना छिट्...
पौष ७ गते, २०८२ - १५:२४
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्। उनीहरूले हस्ताक्षर गर्ने क्र...
पौष ७ गते, २०८२ - १५:०९
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...
पौष ७ गते, २०८२ - १४:४३
काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...
पौष ७ गते, २०८२ - १४:३३
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...
पौष ७ गते, २०८२ - १४:२०
काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा...




प्रतिकृया लेख्नुहोस्: