काठमाडौं । मौद्रिक नीतिपछि भएको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा आज उछाल देखिएको छ । शुक्रबार मात्रै नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको थियो ।
सो नीतिमा शेयर धितो कर्जाबापत लिन पाउने ऋणको तल्लो सीमा हटाइएको थियो । शेयर धितो कर्जाबापत रु १२ करोडसम्म ऋण लिन पाउनेलगायत प्रबन्ध गरिएपछि त्यसको प्रभाव शेयर बजारमा परेको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६१.०५ अङ्कले ओरालो लागेर दुई हजार ७८.५१ मा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.०९ अङ्कले उकालो लागेर ३९८.३३ मा पुगेको छ ।
कूल २१९ कम्पनीको ६४ लाख २३ हजार १४६ कित्ता शेयर रु दुई अर्ब ७३ करोड नौ लाख २७ हजार २९७ मूल्यमा खरिद बिक्री भयो । नेप्सेका अनुसार कूल १३ उपसमूहको शेयर मूल्यमा नै वृद्धि भएको छ । बैंकिङ २२.८८, व्यापार ८८.०१, होटल तथा पर्यटन ७४.२, विकास बैंक १७७.३२, जलविद्युत् ८४.५, वित्त ११७.९९, उत्पादन १००.३९, अन्य १०३.८२, लघुवित्त १७५.१७, जीवन बीमा २०७.७७, सामूहिक लगानी कोष ०.१७ र लगानी २.१ अङ्कले उकालो लागेको छ ।
शेयर कारोबार हुने साताको पहिलो दिनको कारोबारपछि बजार पुँजीकरण रु २९ खर्ब ६७ अर्ब ९८ करोड ६८ लाख ४७ हजार ५८१ बराबर रहेको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु ३९ करोड ७१ लाख ३१ हजार बराबरको कारोबार भयो । नेपाल पुर्नबीमा कम्पनी रु छ करोड ८२ लाख ९३ हजार ९४७, हिमालयन डिस्टिलरी रु छ करोड ५९ लाख ९१ हजार ८९५, एनआइसी एशिया बैंक रु छ करोड २१ लाख ८१ हजार ४५० र अरुण काबेली पावर रु छ करोड १४ लाख १३ हजार ९३७ बराबरको कारोबार भई शीर्ष पाँच स्थानमा रहेका छन् ।
नेप्सेका अनुसार सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स कम्पनी र मल्टीप्रपोज फाइनान्सको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । त्यस्तै स्वाभिमान लघुवित्त ९.६८ र रिलायन्स फाइनान्सका लगानीकर्ताले ९.६५ प्रतिशतले कमाएका छन् । यसैगरी एनएमबी बैंकको ऋणपत्र १.५२, ग्लोबल आइएमइ बैंकको ऋणपत्र १.०६, एनआइसी एशिया ग्रोथ स्कीम ०.७२, मेगा म्युचुअल फण्ड एक ०.६२ र ग्लोबल आइएमई बैंकको ऋणपत्र २०८६ का लगानीकर्ताले ०.५७ प्रतिशतले गुमाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - ११:४८
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले संसद पुनर्स्थापनाको बाटो रोज्दै पार्टी महाधिवेशन ढिलो गर्नु कांग्रेसका लागि गम्भीर रूपमा प्रत्युत्पाद...
पौष ८ गते, २०८२ - ११:३८
काठमाडौं । काठमाडौंमा उत्पादन भएको रायो सागमा उच्च मात्रामा विषादी भेटिएको छ। बिक्रीका लागि मंगलबार कालीमाटी फलफूल तथा तरकारी बजारमा ल्याइएको रायो साग...
पौष ८ गते, २०८२ - ११:३०
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक कीर्तिमान कायम गरेको छ। मंगलबार सुनको मूल्य एकैदिन ५ हजार ५ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन...
पौष ८ गते, २०८२ - ११:२०
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको तीन महिनामै उप्किएको छ । ठेकदारको लापरबाहीका कारण सडकका विभिन्न स्थानमा काल...
पौष ८ गते, २०८२ - ११:०२
काठमाडौं । बंगलादेशमा इन्कलाब मञ्चसँग आबद्ध विद्यार्थी नेता उस्मान हादीको हत्यापछि फेरि अर्का एक राजनीतिक नेतालाई सार्वजनिक स्थानमै गोली हानी हत्या गर...
पौष ८ गते, २०८२ - १०:५४
काठमाडौँ । हेटौँडा सडक विस्तारका क्रममा प्रभावित भएका स्थानीयहरूले माइतीघर मण्डलामा बाजासहित विरोध प्रदर्शन गरेका छन्। हेटौँडामा २५ गज सडक सीमाभित्...
पौष ८ गते, २०८२ - १०:४६
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको क्षेत्रभित्र अनुमति लिएर पनि भौतिक रूपमा सञ्चालनमा नरहेका १०७ वटा विद्यालय फेला परेका छन्। महानगरपालिकाको नगर शिक्ष...
पौष ८ गते, २०८२ - १०:१९
भैरहवा। नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यका उम्मेदवारका लागि जिल्लाबाट सिफारिस भएर आएका सबै नाम केन्द्रीय सम...
पौष ७ गते, २०८२ - १६:५६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...
पौष ७ गते, २०८२ - १६:३६
काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...




प्रतिकृया लेख्नुहोस्: