Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

विश्वका १६४ देशबाट आउँछन् नेपालमा मालसामान

खबरडबली संवाददाता

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा विश्वका १६४ देशबाट नेपालले विभिन्न माल वस्तु आयात गरेको पाइएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत आवको तथ्याङ्कअनुसार नेपालमा ती देशबाट रु १९ खर्ब २० अर्बभन्दा बढीको सामान आयात भएको हो ।

तथ्याङ्कअनुसार  उक्त अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । एक वर्षको अवधिमा नेपालले भारतबाट मात्रै रु १२ खर्ब १५ करोड २७ लाखभन्दा बढीको सामान आयात गरेको थियो  । रु १२ खर्बभन्दा बढीको सामान आयात हुँदा रु एक खर्ब ५५ अर्ब २२ करोड ३० लाख बराबरको सामान निर्यात भएको थियो ।  नेपालले  भारतसँग मात्रै रु दश खर्ब ४४ अर्ब ९३ करोड ४ लाखभन्दा बढीको व्यापार घाटा व्यहोरेको थियो । 

भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ । एक वर्षको अवधिमा चीनबाट रु दुई खर्ब ६४ अर्ब ७८ करोड ३७ लाख बराबरको आयात भएको र  रु ८० करोड ८७ लाख ५४ हजार बराबरको मात्र  सामान निर्यात हुँदा चीनसँग रु दुई खर्ब ६३ अर्ब ९७ करोड ४९ लाख बराबरको व्यापार घाटा भएको थियो ।

आयातसँगै निर्यात पनि वृद्धि भएको थियो । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्याङ्कअनुसार विदेशी वस्तुको आयातसँगै स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको थियो । आव २०७८÷७९ मा नेपालले रु दुई खर्ब ३० करोड ९६ लाख बराबरको स्वदेशी वस्तु निर्यात गरेको थियो । अघिल्लो आर्थिक वर्ष नेपालले रु एक खर्ब ४१ अर्ब १२ करोड ४० लाख बराबरको निर्यात गरेको थियो । विभागका अनुसार  अघिल्लो आर्थिक वर्षको तुलनामा आयात २४ दशमलव ७२ र निर्यात ४१ दशमलव ७४ प्रतिशतले वृद्धि भएको छ । 

बढ्यो व्यापार घाटा

आयातको तुलनामा न्यून मात्रामा निर्यात हुँदा नेपालको व्यापार घाटामा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २३ प्रतिशतले व्यापार घाटा वृद्धि भएको होे । विभागका अनुसार गत आर्थिक वर्ष मुलुकको व्यापार घाटा रु १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख पुगेको थियो । अघिल्लो आर्थिक वर्ष २०७७÷७८ मा व्यापार घाटा रु १३ खर्ब ९८ अर्ब ७१ करोड २९ लाख बराबर  थियो । 

एक वर्षको अवधिमा नेपालले रु २१ खर्ब २० अर्ब ४७ करोड ९३ लाख बराबरको वैदेशिक व्यापार गरेको थियो । यो अघिल्लो आर्थिक वर्षकोे तुुलनामा २६दशमलव १५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष नेपालले रु १६ खर्ब ८० अर्ब ९६ करोड ११ लाख बराबरको वैदेशिक व्यापार गरेको थियो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धनकुटामा माइक्रो बस दुर्घटना, १९ जना घाइते

धनकुटा । धनकुटामा गएराती माईक्रो बस दुर्घटना भएको छ । काठमाण्डौबाट संखुवासभा  तर्फ जाँदै गरेको बा ५ ख ७२४ नं को माईक्रो बस राती २स्१५ बजे तिर धनकुट...

राष्ट्रिय महिला टीमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार राष्ट्...

सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व

काठमाडौँ । वसन्तयाममा सर्वोच्च शिखर सगरमाथा आरोण गर्नेबाट रु ५० करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ । पर्यटन विभागका अनुसार यस यामका लागि सगरमाथा आरोहण...

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक ललितपुरको गोदावरीमा आजदेखि सुरु भएको छ । पार्टीका अध...

‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालका धावक दीक्षित छनोट

काठमाडौँ । विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालकातर्फबाट ललितपुर पाटनका कुशल दीक्षित छनोट भएका छन् । दौडसँग सम्बन्धित विभिन्न प्रक्रि...

आज काठमाडौंको यी स्थानमा विद्युत् सेवा अवरुद्ध हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी वितरण केन्द्रको मूलपानी फिडर र डाँछी फिडर तथा रत्नपार्क वितरण केन्द्रको अनामनगर फिडरअन्तर्गत प...

संसद् जनताप्रति उत्तरदायी हुनुपर्छ : नारायणदत्त भट्ट

काठमाडौँ । सङ्घीय संसद्ले जनताको अपेक्षाअनुरुप प्रभावकारी रुपमा काम गर्न सकेको छैन । संसद्ले जनहितका काम गर्नुपर्छ । संसद् र सांसदका  कामबाट जनता निरा...

सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता ल्याउन स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।  उपप्रधानमन्त्री एवं गृहम...

पाल्पामा जन्ती बोकेको जीप दुर्घटना, १० घाइते

पाल्पा। पाल्पामा सवारी दुर्घटना परी १० जना घाइते भएका छन । जसमध्ये एक जनाको अवस्था गम्भिर रहेको छ । पाल्पाको निस्दी–३, खाँदरमा जिप दुर्घटना हुँदा १० ज...

इरानी समर्थित पीएमएफको सैन्य शिविरमा हमला, इजरायलले गराएको आशंका

तेहरान। इराकको पपुलर मोबिलाइजेसन फोर्स (पीएमएफ) ले शुक्रबार राति आफ्नो काल्सो सैन्य आधारको कमाण्ड पोस्टमा ठूलो विस्फोट भएको जनाएको छ।  काल्सो सैन्य...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies