गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका–७ की ३७ वर्षीया छविकला थापा गत वैशाख १८ गते घरबाट हिँडिन्। उहाँ आफू मात्रै हिँड्नुभएन, ८ वर्षीया छोरी पूजालाई पनि सँगै लिएर जानुभयो । छविकला आउने आशामा परिवारले झन्डै १५ दिनसम्म धेरै ठाउँमा खोजतलास गरेपनि फेला पारेनन् । जेठ ४ गते देवर भीम बहादुरले जिल्ला प्रहरी कार्यालयमा भाउजू हराएकाले खोजिदिन निवेदन दिनुभयो । भाउजू आफूखुसी भागेर हिँडेको पीडकको निवेदनमा उल्लेख थियो । छविकलालाई परिवार, स्थानीयवासिन्दा एवम् प्रहरीले हराएको सूचीमा राखेर खोजी गरिरहे पनि अहिलेसम्म उहाँ फेला पर्नुभएको छैन ।
रेसुङ्गा नगरपालिका–८ की ईश्वरी कार्की पनि गत जेठ ८ गते घरबाट हिँड्नुभयो । चौँतीस वर्षीया उहाँले पनि दुई वर्षीया छोरीलाई सँगै लिएर गए। सोही दिन नै श्रीमान् नारायण कार्कीले जिल्ला प्रहरी कार्यालयमा श्रीमतीको खोजी गरिदिन आग्रह गर्दै उजुरी दिए । ईश्वरी हराएको दुई महिना हुँदा पनि अहिलेसम्म अत्तोपत्तो छैन । उहाँलाई प्रहरी र आफन्तले खोजिरहेका छन् ।
थापा र कार्की त हराएर नभेटिनेमध्येका केही प्रतिनिधिमूलक पात्र मात्रै हुन् । पछिल्लो तीन वर्षको अवधिमा जिल्लामा ३३९ जना हराएका थिए । आर्थिक वर्ष २०७६÷७७ देखि ०७८÷७९ सम्म उक्त सङ्ख्यामा महिला, बालक, बालिका र वृद्ध हराएका हुन् । हराएकामध्ये पनि २२ जना अझै भेटिएका छैनन् । बाँकी ३२४ जना सम्पर्कमा आएका थिए । आर्थिक वर्ष ०७६÷७७ मा ६९ महिला, सात बालक, २१ बालिका र वृद्ध गरी कुल १०८ जना हराएका थिए । हराएकामध्ये सबै सम्पर्कमा आएका थिए।
आर्थिक वर्ष ०७७÷७८ मा ७३ महिला, पाँच बालक, १० बालिका र चार वृद्ध गरी कूल ९२ जना सम्पर्कविहीन भएका थिए । तीमध्ये चार महिला, एक बालक र दुई वृद्ध गरी सातजना अझैसम्म पनि नभेटिएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै आव०७८÷७९ मा ९५ महिला, ११ बालक, ३० बालिका र तीन वृद्ध गरी एक सय ३९ जना हराएका थिए । तीमध्ये १० महिला, नौ बालक र तीन बालिका गरी १५ जना अझैसम्म पनि नभेटिएको उक्त कार्यालयका सूचना अधिकारी ९डिएसपी० माधवराज खरेलले जानकारी दिए हराएकामध्ये अधिकांश १७ देखि ४० वर्षसम्मका महिला थिए ।
श्रीमान् वैदेशिक रोजगारीमा गएका कारण श्रीमती परपुरुषसँग लागेर भागेको घटना धेरै हुने गरेको उनले बताए। त्यसका साथै घरेलु हिंसा, उमेर नपुग्दै प्रेम गर्ने र भागी विवाह गर्नेलगायत कारणले महिलाहरु हराउने गरेको पाइएको छ ।
यस्तो समस्या समाधानका लागि स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्ने, महिलाहरुलाई आत्मनिर्भर बनाउनेलगायत कार्य गरिए मानिस हराउने सङ्ख्यामा कमी आउने सूचना अधिकारी खरेलको भनाइ थियो । । हराएका मानिसहरु पत्ता लगाउनका लागि उनीहरुको मोबाइल, फेसबुक, इन्टरनेटका साथै देशका अन्य ठाउँका प्रहरीलगायत स्रोतहरु परिचालन गरिएको गरिएको पनि उहाँले जानकारी दिनुभयो
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २२ गते, २०८३ - १७:३२
विराटनगर। कोशी प्रदेशमा यस वर्ष धान रोपाइँको अवस्था गत वर्षको तुलनामा उत्साहजनक देखिएको छ । धानको बीउ राख्ने समयदेखि नै नियमित वर्षा भएको र पहाडी क्षे...
आषाढ़ २२ गते, २०८३ - १७:१३
धनगढी। असार लागेपछि सुदूरपश्चिम प्रदेशको बजेट खर्च प्रगति ह्वात्तै बढेको छ । असारे विकासको प्रवृत्तिका कारण अरु समयको तुलनामा असारमा बजेट खर्च प्रगति ...
आषाढ़ २२ गते, २०८३ - १७:०६
सप्तरी। अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र,सप्तरीमा सोमबार छापा मारेको छ । छापा मार्ने क्रम...
आषाढ़ २२ गते, २०८३ - १६:५९
काठमाडौँ । नेपाली कांग्रेसको देउवा समूहले बीपी स्मृति दिवस छुट्टै रूपमा मनाउने निर्णय गरेको छ। सोमबार उद्घाटन गरिएको समूहको सम्पर्क कार्यालयमा काठम...
आषाढ़ २२ गते, २०८३ - १६:४८
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्न सरकार पूर्णरूपमा प...
आषाढ़ २२ गते, २०८३ - १६:३७
झापा । सीमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने, सीमावर्ती क्षेत्रका नागरिकका समस्या बुझ्ने तथा जङ्गली हात्तीबाट प्रभावित क्षेत्रको अवस्था अवलोकन...
आषाढ़ २२ गते, २०८३ - १६:१२
काठमाडौँ। नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध तीन करोड ४५ लाख ९९ हजार १६७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । अ...
आषाढ़ २२ गते, २०८३ - १५:४८
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन र सुकुमवासीको समस्यालाई समाधान गर्न सरकारले उच्च प्र...
आषाढ़ २२ गते, २०८३ - १५:३२
काठमाडौं । ललितपुरको इमाडोल क्षेत्रमा सार्वजनिक स्थानमा एक महिलासँग अशोभनीय व्यवहार गरेको आरोपमा एक सरकारी कर्मचारी पक्राउ परेका छन्। प्रहरी वृत्त ...
आषाढ़ २२ गते, २०८३ - १५:१९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी संरचनामा महत्वपूर्ण परिवर्तन गर्दै एकभन्दा बढी 'वरिष्ठ नेता' नियुक्त गर्न सकिने व्यवस...



प्रतिकृया लेख्नुहोस्: