चितवन । नेपाल प्रेस युनियनका नवनिर्वाचित अध्यक्ष शिव लम्सालले श्रमजीवी र कलमजीवीका पक्षमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा उनले नेपालमा पत्रकारिता क्षेत्रमा देखिएको समस्या समाधान गर्दै श्रमजीवी र कलमजीवीको पक्षमा लाग्ने बताए ।
पत्रकारको उन्नतिको बाटो पहिल्याउने गरी काम गर्ने जनाउँदै लम्सालले पत्रकारको आर्थिक, सामाजिकलगायतका पक्षमा सवलीकरण गर्न नेतृत्व गर्ने बताए। प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको लडाइँमा प्रेस युनियन सधैँ अग्रमोर्चामा रहने उनको भनाइ थियो ।
उनले भने, “२०४८ मा गठन हुँदा लोकतन्त्र बचाउने प्रयोजन थियो, अहिले पत्रकारको उन्नति प्रगतिका बाटो पहिल्याउनुपर्ने देखिएको छ, विगतका अधुरा काम पूरा गर्ने चुनौती छन्, हामी देशकै बलियो र असल सङ्गठनका रुपमा विकास गर्नेछौँ ।”
कार्यक्रममा नवनिर्वाचित उपाध्यक्ष नकुल अर्याल, महासचिव दिलीप पौडेल, युनियनका निवर्तमान वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाललगायतले बोल्नुभएको थियो । सो अवसरमा नवनिर्वाचित अध्यक्ष, उपाध्यक्ष, महासचिव तथा केन्द्रीय सदस्यलाई जिल्ला शाखाले सम्मान गरेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - ११:०२
काठमाडौं । बंगलादेशमा इन्कलाब मञ्चसँग आबद्ध विद्यार्थी नेता उस्मान हादीको हत्यापछि फेरि अर्का एक राजनीतिक नेतालाई सार्वजनिक स्थानमै गोली हानी हत्या गर...
पौष ८ गते, २०८२ - १०:५४
काठमाडौँ । हेटौँडा सडक विस्तारका क्रममा प्रभावित भएका स्थानीयहरूले माइतीघर मण्डलामा बाजासहित विरोध प्रदर्शन गरेका छन्। हेटौँडामा २५ गज सडक सीमाभित्...
पौष ८ गते, २०८२ - १०:४६
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको क्षेत्रभित्र अनुमति लिएर पनि भौतिक रूपमा सञ्चालनमा नरहेका १०७ वटा विद्यालय फेला परेका छन्। महानगरपालिकाको नगर शिक्ष...
पौष ८ गते, २०८२ - १०:१९
भैरहवा। नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यका उम्मेदवारका लागि जिल्लाबाट सिफारिस भएर आएका सबै नाम केन्द्रीय सम...
पौष ७ गते, २०८२ - १६:५६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...
पौष ७ गते, २०८२ - १६:३६
काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...
पौष ७ गते, २०८२ - १६:२१
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथ लिएर द...
पौष ७ गते, २०८२ - १६:१०
काठमाडौँ । सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा विषयमा राजनीतिक दल र सरोकारवालाबाट सुझाव मागेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबार...
पौष ७ गते, २०८२ - १५:५७
रामेछाप । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना छिट्...
पौष ७ गते, २०८२ - १५:२४
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्। उनीहरूले हस्ताक्षर गर्ने क्र...




प्रतिकृया लेख्नुहोस्: