Khabar Dabali २६ बैशाख २०८३ शनिबार | 9th May, 2026 Sat

‘नयाँ शीतयुद्ध’ : अफ्रिकामा प्रभाव बढाउन रूस र पश्चिमा देशको प्रतिस्पर्धा

मस्कोले आधा शताब्दी पुरानो मैत्रीलाई पुनर्जीवन दिने प्रयास

खबरडबली संवाददाता

काठमाडौं । रूसी, फ्रान्सेली र अमेरिकी नेताहरूले युक्रेनको युद्धमा आफ्नो स्थितिको लागि समर्थन जुटाउन हानथाप गर्दै छन् । कोही भन्छन् शीतयुद्ध पछि अफ्रिकी महाद्वीपमा प्रभाव बढाउन सबैभन्दा तीव्र प्रतिस्पर्धा भइरहेको छ । 

रूसी विदेशमन्त्री सर्गेई लाभरोभ र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले यसै साता धेरै अफ्रिकी देशको भ्रमण गर्दैछन् । 

अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (यूएसएआडी) का प्रमुख सामन्था पावर गत साता केन्या र सोमालिया भ्रमणमा थिइन् भने संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत लिन्डा थोमस–ग्रीनफिल्ड आगामी साता घाना र युगान्डाको यात्रामा निस्कँदै छन् । 

सुशासन प्रवद्र्धनमा केन्द्रित संस्था डेमोक्रेसी वर्कसका निर्देशक विलियम गुमेडे शक्ति राष्ट्रहरूबाट भएका निरन्तर भ्रमणबाट अफ्रिकामा प्रतिद्वन्द्वी पक्षहरूले प्रभाव जमाउन खोजिरहेका र नयाँ शीतयुद्धको श्रीगणेश गरेजस्तो भान भएको बताएका छन् । 

रूसी विदेशमन्त्री लाभरोभले खडेरी र भोकले ग्रस्त महाद्वीपमा आफ्नो यात्रामा पश्चिमा देशलाई खलनायकको रूपमा चित्रण गर्न खोजेका छन् भने विश्व बजारमा खाद्यान्नको मूल्य बढेको दोष पनि उनीहरूमाथि नै थोपरेका छन् । पश्चिमा नेताहरूले पनि खाद्यान्नलाई हतियारको रूपमा क्रेमलिनले प्रयोग गरेको आरोप लगाएका छन् ।

राष्ट्रपति भ्लादिमिर पुटिनको नेतृत्वमा रुसले अफ्रिकामा समर्थन प्राप्त गर्न धेरै वर्षदेखि काम गरिरहेको छ । मस्कोले आधा शताब्दी पुरानो मैत्रीलाई पुनर्जीवन दिने प्रयास गरिरहेको छ । 

तत्कालीन सोभियत सङ्घले औपनिवेशिक शासनको अन्त्य गर्न लडेका धेरै अफ्रिकी आन्दोलनलाई समर्थन पनि गरेको थियो ।

अब त्यो अभियान उच्च गतिमा पुगेको ठान्छन् निर्देशक गुमेड । 

युक्रेनमाथि रूसले गरेको आक्रमणको निन्दा गर्न संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत प्रस्तावको मतदानको क्रममा अफ्रिकामा मस्कोको प्रभाव प्रदर्शनमा भयो जहाँ २८ अफ्रिकी राष्ट्रले प्रस्तावको पक्षमा मतदान गरे भने महाद्वीपका महत्वपूर्ण अल्पङ्ख्यक २५ देश या त मतदानमा अनुपस्थित रहे वा मतदान गरे वा मतदान नै गरेनन् ।

रसियाका शीर्ष कूटनीतिज्ञले गत साता इजिप्ट, कङ्गो, युगान्डा र इथियोपियाको भ्रमण गरे ।  मित्रताको बाचा गर्दै अमेरिका र युरोपेली देशहरूलाई लापरवाहीपूर्वक  वातावरणीय नीतिका नाममा  खाद्यान्नको मूल्य बढाएको आरोप लगाए । 

उनले कोभिड–१९ महामारीका बेला खाद्यान्न सञ्चय गरेको आरोप पनि लगाए । युक्रेनको अवस्थाले खाद्य बजारमा नकारात्मक प्रभाव पारेको  रूसी कारबाहीले त्यसो नभएको बरु रूसमाथि प्रतिबन्ध लगाउने पश्चिमा देशका कारण त्यस्तो भएको विदेशमन्त्री लाभरोभले इथियोपियाको राजधानी अदिस अबाबामा भनेका थिए । 

वर्षौंदेखि अमेरिकाका सहयोगी रहेका युगान्डाका राष्ट्रपति योवेरी मुसेभेनीले विदेशमन्त्री लाभरोभलाई न्यानो स्वागत गरेका थिए । उनले युक्रेन आक्रमणमा रूसको आलोचना गर्न अस्वीकार गरेका थिए । 

लाभरोभले अफ्रिकी देशहरूलाई राष्ट्रसङ्घमा स्थायी स्थान र ठूलो प्रभाव प्रदान गर्न राष्ट्रसङ्घीय सुरक्षा परिषद्को सुधारका पक्षमा आवाज उठाएका थिए । 

युगान्डा नेताले रुससँगको पुरानो सम्बन्धका बारेमा स्नेहपूर्वक संवाद गर्दै मस्कोलाई त्यागेर दासत्वमा भाग लिने देशहरूसँग सहकार्य नगर्ने बताएका थिए । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending