Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

‘नयाँ शीतयुद्ध’ : अफ्रिकामा प्रभाव बढाउन रूस र पश्चिमा देशको प्रतिस्पर्धा

मस्कोले आधा शताब्दी पुरानो मैत्रीलाई पुनर्जीवन दिने प्रयास

खबरडबली संवाददाता

काठमाडौं । रूसी, फ्रान्सेली र अमेरिकी नेताहरूले युक्रेनको युद्धमा आफ्नो स्थितिको लागि समर्थन जुटाउन हानथाप गर्दै छन् । कोही भन्छन् शीतयुद्ध पछि अफ्रिकी महाद्वीपमा प्रभाव बढाउन सबैभन्दा तीव्र प्रतिस्पर्धा भइरहेको छ । 

रूसी विदेशमन्त्री सर्गेई लाभरोभ र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले यसै साता धेरै अफ्रिकी देशको भ्रमण गर्दैछन् । 

अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (यूएसएआडी) का प्रमुख सामन्था पावर गत साता केन्या र सोमालिया भ्रमणमा थिइन् भने संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत लिन्डा थोमस–ग्रीनफिल्ड आगामी साता घाना र युगान्डाको यात्रामा निस्कँदै छन् । 

सुशासन प्रवद्र्धनमा केन्द्रित संस्था डेमोक्रेसी वर्कसका निर्देशक विलियम गुमेडे शक्ति राष्ट्रहरूबाट भएका निरन्तर भ्रमणबाट अफ्रिकामा प्रतिद्वन्द्वी पक्षहरूले प्रभाव जमाउन खोजिरहेका र नयाँ शीतयुद्धको श्रीगणेश गरेजस्तो भान भएको बताएका छन् । 

रूसी विदेशमन्त्री लाभरोभले खडेरी र भोकले ग्रस्त महाद्वीपमा आफ्नो यात्रामा पश्चिमा देशलाई खलनायकको रूपमा चित्रण गर्न खोजेका छन् भने विश्व बजारमा खाद्यान्नको मूल्य बढेको दोष पनि उनीहरूमाथि नै थोपरेका छन् । पश्चिमा नेताहरूले पनि खाद्यान्नलाई हतियारको रूपमा क्रेमलिनले प्रयोग गरेको आरोप लगाएका छन् ।

राष्ट्रपति भ्लादिमिर पुटिनको नेतृत्वमा रुसले अफ्रिकामा समर्थन प्राप्त गर्न धेरै वर्षदेखि काम गरिरहेको छ । मस्कोले आधा शताब्दी पुरानो मैत्रीलाई पुनर्जीवन दिने प्रयास गरिरहेको छ । 

तत्कालीन सोभियत सङ्घले औपनिवेशिक शासनको अन्त्य गर्न लडेका धेरै अफ्रिकी आन्दोलनलाई समर्थन पनि गरेको थियो ।

अब त्यो अभियान उच्च गतिमा पुगेको ठान्छन् निर्देशक गुमेड । 

युक्रेनमाथि रूसले गरेको आक्रमणको निन्दा गर्न संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत प्रस्तावको मतदानको क्रममा अफ्रिकामा मस्कोको प्रभाव प्रदर्शनमा भयो जहाँ २८ अफ्रिकी राष्ट्रले प्रस्तावको पक्षमा मतदान गरे भने महाद्वीपका महत्वपूर्ण अल्पङ्ख्यक २५ देश या त मतदानमा अनुपस्थित रहे वा मतदान गरे वा मतदान नै गरेनन् ।

रसियाका शीर्ष कूटनीतिज्ञले गत साता इजिप्ट, कङ्गो, युगान्डा र इथियोपियाको भ्रमण गरे ।  मित्रताको बाचा गर्दै अमेरिका र युरोपेली देशहरूलाई लापरवाहीपूर्वक  वातावरणीय नीतिका नाममा  खाद्यान्नको मूल्य बढाएको आरोप लगाए । 

उनले कोभिड–१९ महामारीका बेला खाद्यान्न सञ्चय गरेको आरोप पनि लगाए । युक्रेनको अवस्थाले खाद्य बजारमा नकारात्मक प्रभाव पारेको  रूसी कारबाहीले त्यसो नभएको बरु रूसमाथि प्रतिबन्ध लगाउने पश्चिमा देशका कारण त्यस्तो भएको विदेशमन्त्री लाभरोभले इथियोपियाको राजधानी अदिस अबाबामा भनेका थिए । 

वर्षौंदेखि अमेरिकाका सहयोगी रहेका युगान्डाका राष्ट्रपति योवेरी मुसेभेनीले विदेशमन्त्री लाभरोभलाई न्यानो स्वागत गरेका थिए । उनले युक्रेन आक्रमणमा रूसको आलोचना गर्न अस्वीकार गरेका थिए । 

लाभरोभले अफ्रिकी देशहरूलाई राष्ट्रसङ्घमा स्थायी स्थान र ठूलो प्रभाव प्रदान गर्न राष्ट्रसङ्घीय सुरक्षा परिषद्को सुधारका पक्षमा आवाज उठाएका थिए । 

युगान्डा नेताले रुससँगको पुरानो सम्बन्धका बारेमा स्नेहपूर्वक संवाद गर्दै मस्कोलाई त्यागेर दासत्वमा भाग लिने देशहरूसँग सहकार्य नगर्ने बताएका थिए । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending