Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

जनताबाट कुनै पनि गुनासो नआउने गरी काम गर्न सञ्चारमन्त्रीको निर्देशन

खबरडबली संवाददाता
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताबाट कुनै पनि गुनासो नआउने गरी काम गर्न निर्देशन दिएका छन् । मन्त्रायलले आज आयोजना गरेको ‘आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिकरवार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक’ लाई सम्बोधन गर्दै मन्त्री कार्कीले मन्त्रालयको साख उच्च हुने र जनताको गुनासो नआउने गरी काम गर्न मन्त्रालयअन्तगर्तका निकायका प्रमुखलाई निर्देशन दिए । 
 
सूचना प्रविधिको प्रयोगलाई उच्च महत्वका साथ टेलिफोन तथा इन्टरनेट सेवालाई व्यावहारिक रुपमै सर्भसुलभ, भरपर्दो र सर्वसाधारण पहुँचयोग्य बनाउने सरकारको योजना रहेको सुनाउँदै सरकारका प्रवक्ता कार्कीले पछिल्लो समयमा मन्त्रालयले सूचना, सञ्चार तथा प्रविधिको क्षेत्रमा दीर्घकालीनरूपमा सकारात्मक प्रभाव पार्ने गरी कार्ययोजना बनाइरहेको र ती योजना कार्यान्वयन भइसकेपछि मन्त्रालयको साख अझै उच्च हुने विश्वास व्यक्त गरे। आव २०७८/७९ बारे मन्त्री कार्कीले भने, “हामीले अहिलेसम्म राम्रै गरेका छौँ, मन्त्रालयअन्तर्गत सबै निकायको कामबाट हामी असन्तोष हुनुपर्ने अवस्था छैन, तर यतिमै सन्तोष हुने हो भने जनताले अपेक्षा गरेअनुसार लक्ष्यमा पुग्न सक्दैनौँ, अब त्यतातर्फ केन्द्रित हुनुपर्ने आवश्यकता छ ।” 
 
संस्थालाई अगाडि बढाउन नेतृत्वले ‘मोटिभेसन’ गर्नुपर्नेमा जोड दिँदै उहाँले सुशासन, पारदर्शिता र जवाफदेहीता कायम राखेर सबैलाई जिम्मेवारीका साथ अगाडी बढ्नसमेत निर्देशन दिए। गत आवमा १२२ माइलस्टोन योजना तोकेकोमा ६७ माइलस्टोन पूर्ण रुपमा कार्यान्वयन भएको, ४३ वटा माइलस्टोन योजना कार्यसम्पन्न हुने दिशामा अग्रसर भएको र ३२ माइलस्टोनहरु सुरु नै नभएको अवस्था रहेको मन्त्री कार्कीको भनाइ छ । ४२ वटा माइलस्टोनमा किन अपेक्षित सफलता हासिल हुन सकेन, ३२ वटा किन सुरु नै भएन भन्ने बारेमा समीक्षा गर्नुपर्नेमा मन्त्री कार्कीले जोड दिए । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शीतल निवासमा तीन दलका शीर्ष नेतासँग राष्ट्रपति र प्रधानमन्त्रीको छलफल जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेतासँग छलफल गरेका छन्। छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्म...

आयोगले गर्याे तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा

काठमाडौं । जाँचबुझ आयोगले तीन जनाको स्थानहद फुकुवा गरेको छ। आयोगले मंगलबार पत्र पठाउँदै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका आईजीपी चन...

देउवा र ओली सुटुक्क पुगे शीतल निवास

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शीतल निवास पुगेका छ...

सिन्धुलीमा शरीरमा पेट्रोल छर्की आगो लगाई बुहारीको हत्या, सासू र नन्द पक्राउ

सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँट निवासी ३२ वर्षीया सुशीला बम्जनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरी घटनाको थप अनुस...

छानबिन आयोगले पठायो पूर्व गृहमन्त्री रमेश लेखकलाई बयानका लागि पत्र

काठमाडौँ । जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हु...

सरकारी टोलीले गर्याे क्षतिग्रस्त नेकपा कार्यालयको अनुगमन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालयको सरकारी टोलीले अनुगमन गरेको छ। सरकारद्वारा गठित र...

शितल निवासमा प्रधानमन्त्री कार्की र तीन शीर्ष नेताबीच पहिलो पटक वार्ता हुँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने भएकी छन्।...

हामी सुदन गुरुङजी र कुलमानजीसँग पनि कुरा गर्छौ: रवी लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले नयाँ र वैकल्पिक भनिएका सबै राजनीतिक शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको ब...

सबैभन्दा पहिला चुनावमा भाग लिने स्पष्ट सन्देश एमालेबाट आयो: सञ्चारमन्त्री खरेल

काठमाडौं । नेकपा एमालेले चुनावी वातावरण तयार पार्न सरकारसँग आग्रह गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सरकारी टोलीसँग भेट्दा महासचिव शं...

हुस्सु र कुहिरोले नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन

नेपालगन्ज। बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी नपुग्दा मङ्गलवार दिउँसोसम्म नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन ।  नागरिक उड्डयन क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending