Khabar Dabali १ भाद्र २०७९ बुधबार | 17th August, 2022 Wed

जर्मनीलाई हराउँदै इंग्ल्यान्डले जित्यो युरोकप २०२२ को उपाधि

खबरडबली संवाददाता

काठमाडौं । आयोजक इंग्ल्यान्डले महिला युरोकप २०२२ को उपाधि जितेको छ ।

वेम्बलीमा आइतबार राति भएको फाइनलमा जर्मनीलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले हराउँदै इंग्ल्यान्ड च्याम्पियन बनेको हो ।

इंग्ल्यान्डलाई जित दिलाउन इला टोनी र च्लोए केलीले एक एक गोल गरिन् ।

जर्मनीका लिना मागुलले एक गोल फर्काईन् । रोमान्चक बनेको खेलको ६२ औं मिनेटमा टोनीले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएकी थिइन् ।

तर,७९ औं मिनेटमा लिनाले गोल गर्दै जर्मनीलाई १-१ गोलको बराबरीमा ल्याईन् ।

त्यसपछि निर्धारित ९० मिनेटमा समय १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

अतिरिक्त समयमा इंग्ल्यान्डकी केली नायक बनिन् । केलीले खेलको ११० औं मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई २-१ को जित दिलाईन् ।

यससँगै इंग्ल्यान्डले पहिलो पटक महिला युरोकपको उपाधि जितेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जनप्रतिनिधिलाई बत्तीसपुतलीमा शेरख पक्षको छुट्टै चियापान

काठमाडौं । नेपाली कांग्रेसबाट स्थानीय निर्वाचन जितेका स्थानीय तहका जनप्रतिनिधिहरुलाई शेखर कोइराला समूहले छुट्टै बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरे...

टोल-टोलमा प्रचण्डको सालिक बनाएर पूजा गर्ने दिन आउँछ : वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को टोलटोलमा सालिक बनाएर पूजा गर्ने समय आउने बताएका...

कञ्चनपुरमा ज्वरोका बिरामीका संख्यामा वृद्धि

कञ्चनपुर । कञ्चनपुरमा ज्वरो आउने, टाउको दुख्ने र नाकबाट पानी बग्नेलगायतका समस्या लिएर स्वास्थ्य संस्थामा पुग्ने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । ...

राप्रपाको महाधिवेशन पाँचौं पटक सर्‍यो, अब मंसिर १५ देखि

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा हुने भएको छ । यसअघि मंसिर ११, १२ र १३ गते हुने तय भएको महाधिवे...

माओवादीको स्थायी कमिटी बैठक दिउँसोलाई सर्‍यो

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक दिउँसोको लागि सरेको छ । विहान ८ बजे निर्धारित बैठक अपरान्ह १ बजेका लागि सरेको हो ।नेताहरु आन्त...

रवि लामिछानेको पार्टी प्रदेशसभा निर्वाचनमा सहभागी नहुने

'प्रदेश सरकारलाई राज्यकोषको दोहन गरेर नेता व्यवस्थापनको थलो बनाइयो'

चिनियाँ जासुसी पानीजहाज श्रीलंकामा, भारतको चासो

काठमाडौं । एक चिनियाँ पानीजहाज भारतीय चासोबीच श्रीलङ्काको हम्बनटोटा बन्दरगाहमा आइपुगेको छ।  बन्दरगाह अधिकारीहरूका अनुसार युआन वाङ् ५ लाई श्रीलङ्काल...

अफगानिस्तानमा तालिबान शासनको एक वर्ष, ग्रामीण भेगमा भोकमरीको त्रास

सडकको दुरावस्था, अस्पतालको अभाव र विद्यालयहरू छैन सञ्चालनमा

भारी वर्षाको सम्भावना, पहिरो तथा गेग्रान बहाव आउनसक्ने चेतावनी

काठमाडौं । आज प्रदेश १ का पहाडी भूभागमा पूर्ण बदली रहि देशका अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जना...

महाभियोग सिफारिस समितिको पहिलो बैठक बस्दै

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग अध्ययन गर्न प्रतिनिधिसभाले गठन गरेको महाभियोग सिफारिस समितिको पहिलो बैठक आज...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page