Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

पेलोसीको ताइवान भ्रमणले चीन-अमेरिका तनाव खतरनाक मोडमा

आकाशमा लडाकु जहाज र समुद्रमा युद्धपोत बढाउँदै चीनको चेतावनी : ठुलो मूल्य चुकाउनुपर्छ

खबरडबली संवाददाता

काठमाडौं । चीनको विदेश मन्त्रालयले बेइजिङ स्थित अमेरिकी राजदूत निकोलश बर्न्सलाई बोलाएर अमेरिकी सभामुख न्यान्सी पलोसीको ताइवान भ्रमणबारे विरोध जनाएको छ।

चिनियाँ उप-विदेशमन्त्री से फेङले पलोसी भ्रमणको प्रकृति "खराब" भएको भन्दै गम्भीर परिणामको चेतावनी दिएका छन्। उनले चीन चुप नबस्ने बताए।

मङ्गलवार अबेर ताइवान पुगेकी पलोसी बुधवार त्यहाँको संसद्‌मा पुगेकी छिन्। उनले ताइवानका राष्ट्रपतिसँग पनि भेट गर्ने ठानिएको छ।

अमेरिकी संसद्कको तल्लो सदनकी सभामुख पलोसी मङ्गलवार ताइवान पुगेपछि चीनले ताइवानमाथि सम्भावित बल प्रयोग गर्नसक्ने भन्दै ताइवानले त्यसको तयारी गरिरहेको छ।

पलोसीको भ्रमणलाई ह्वाइट हाउसले समर्थन गरेको छैन। तर उनको भ्रमण दशकौँमा भएको उच्च अमेरिकी अधिकारीको पहिलो भ्रमण हो।

पलोसी अमेरिकी सरकारको तेस्रो बरियताकी उच्च अधिकारी हुन् र उनी बेइजिङको लामो समयदेखि आलोचक रहँदै आएकी छन्। चीनले उक्त भ्रमणविरुद्ध बारम्बार चेतावनी दिँदै आएको छ।

उसले मङ्गलवार उक्त भ्रमणका लागि अमेरिकाले "मूल्य चुकाउनुपर्ने" चेतावनी पनि दिएको छ।

ताइवान एउटा स्वशासित टापु हो तर चीनले उसमाथि दाबी गर्दै आएको छ। चीनले ताइवानलाई आफूबाट छुट्टिएको प्रान्तको रूपमा हेर्ने गर्छ।

चिनियाँ विदेश मन्त्रालयकी एकजना प्रवक्ता हुवा चुनिङले उक्त भ्रमणको संवेदनशीलताबारे चीन अमेरिकासँग संवादमा रहेको बताइन्।

उनले भनिन्, "चीनको सार्वभौम सुरक्षा चासोलाई कम आँकेको कुराको अमेरिकाले जिम्मा लिनुपर्नेछ र त्यसको मूल्य चुकाउनुपर्नेछ।"

मङ्गलवार चीनले ताइवान र मुख्य चिनियाँ भू-भागको अनौपचारिक विभाजन रेखामाथि युद्धक विमानहरू उडाएको छ।

उसका सैनिकहरूले युद्धको अभ्यास पनि गरिरहेका छन् र चिनियाँ सेनाको पूर्वी सैन्य कमाण्डले अनलाइनमा एउटा भिडिओ पोस्ट गर्दै आफूहरू "कुनै पनि परिस्थितिका लागि तयार रहेको" जनाएको छ।

ताइवानको रक्षा मन्त्रालयले उक्त टापु नजिकै भइरहेको सैन्य गतिविधिबारे आफू पूर्ण जानकार रहेको र चिनियाँ धम्कीबाट आफूलाई बचाउन पूर्ण कटिबद्ध रहेको जनाएको छ।

अमेरिकाको चीनसँग औपचारिक कूटनीतिक सम्बन्ध छ भने ताइवानसँग त्यस्तो सम्बन्ध छैन। तर उसले ताइवानसँग "मजबुत अनौपचारिक" सम्बन्ध रहेको बताउँछ।

पलोसीको एशिया भ्रमण

यसै साताको सुरुमा अमेरिकाका राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन कर्बीले पत्रकारहरूलाई चीनले सैन्य उक्साहट सहितको प्रतिक्रिया दिन सक्ने बताएका थिए।

उनले त्यस्ता गतिविधिमा ताइवान नजिकै क्षेप्यास्त्र प्रहार गर्ने, ठूलो मात्रामा हवाई वा नौसेना गतिविधिहरू प्रक्षेपण गर्ने वा ताइवान स्ट्रेटको नौसैनिक नाकाबन्दीलाई जायज ठहराउन "नक्कली कानुनी दाबी" गर्ने हुनसक्ने बताएका थिए।

पलोसीले आफ्नो यात्रा कार्यक्रममा ताइवानको उल्लेख नगरी आइतवारदेखि एशियाको भ्रमण सुरु गरेकी हुन्।

उनले हालसम्म सिङ्गापुर र मलेशिया भ्रमण गरिसकेकी छिन् भने दक्षिण कोरिया र जापानमा पनि समय निर्धारण गरिसकिएको छ।

यद्यपि अमेरिकी र ताइवानी सञ्चारमाध्यममा उनी मङ्गलवार साँझ ताइवानमा उत्रने र बुधवार ताइवानी नेताहरूसँग छलफल गर्ने विवरणसहितका खबरहरू व्यापक रूपमा आइरहेका छन्।

मङ्गलवार ताइवानका प्रधानमन्त्री सू जेन-चाङले टापुले कुनै पनि विदेशी पाहुनालाई "न्यानो स्वागत" गर्ने र कुनै पनि आगन्तुकका लागि "सबैभन्दा उपयुक्त व्यवस्था" गर्ने बताए।

कूटनीतिक टाउको दुखाइ

यो भ्रमण ह्वाइट हाउसका लागि कूटनीतिक टाउको दुखाइ बनेको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले गत साता अमेरिकी सेनाले पलोसीको ताइवान भ्रमण "अहिलेका लागि राम्रो विचार होइन" भन्ने विश्वास गरेको बताएका थिए।

सोमवार कर्बीले पलोसीलाई "ताइवान भ्रमण गर्ने अधिकार भएको" र उनले "आफ्नो निर्णय आफैँ लिने" बताएका थिए।

उनले ह्वाइट हाउसले अमेरिकी कङ्ग्रेसको स्वतन्त्रतालाई सम्मान गर्नेमा पनि जोड दिए। उनका भनाइमा अमेरिकी जनता र अमेरिकी कङ्ग्रेसको ताइवानलाई बलियो द्विपक्षीय समर्थन रहेको छ।

पलोसी डेमोक्र्याटिक पार्टीकी एकजना वरिष्ठ व्यक्तित्व हुन्। उनी लामो समयदेखि चिनियाँ नेतृत्वको मुखर आलोचक बनेकी छिन्। उनले त्यहाँ मानव अधिकारको प्रश्न उठाउँदै चीनको निन्दा गर्ने गर्छिन्।

उनले सुरुमा गत एप्रिलमा ताइवान भ्रमण गर्ने योजना बनाएकी थिइन् तर कोभिड-१९ सङ्क्रमित भएपछि उनले यात्रा स्थगित गरिन्। यो महिनाको सुरुमा उनले "ताइवानलाई समर्थन देखाउनु हाम्रो लागि महत्त्वपूर्ण कुरा हो" भनेकी थिइन्।

कर्बीले सदनका रिपब्लिकन पूर्व सभामुख न्यूट गिङ्ग्रिएचले सन् १९९७ मा ताइवानको भ्रमण गरेको र अन्य अमेरिकी सांसदहरूले यसै वर्षको सुरुमा ताइवान भ्रमण गरेको कुरा औल्याएका छन्।

"केही परिवर्तन भएको छैन। कुराकानी गर्न त्यहाँ कुनै नाटकको आवश्यकता छैन। सदनका सभामुख ताइवान गएका पहिले पनि उदाहरण छन्," उनले भने।

उनले पलोसी आफ्नो एशियाली भ्रमणका क्रममा अमेरिकी सैन्य विमानमा यात्रा गरिरहेको बताए।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending