Khabar Dabali ४ असार २०८३ बिहीबार | 18th June, 2026 Thu
Investment bank

बन्दीपुर केबलकार र आइपिओ एकैसाथ खुल्ने

खबरडबली संवाददाता

तनहुँ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन अवस्थामा रहेको केबलकार र आइपिओ एकैसाथ खुल्ने भएको छ।

आइपिओका लागि एसबिआई मर्चेन्टसँग सम्झौता भइसकेको र केबलकार आगामी वैशाखदेखि सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ। 

समयअनुरूप पर्यटकहरूलाई नयाँपन दिनका लागि केबलकारभित्र रेष्टुरेन्ट सञ्चालन गर्ने योजना रहेको बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए।

प्रत्येक दिन साँझ ५ बजेपछि केबलकारले मानिस बोक्ने व्यवस्था बन्द गरी उक्त सेवा सञ्चालन गरिने उनले बताए।  

उक्त समयपश्चात् इच्छुक पर्यटकहरूले केबलकार रिजर्भ गरी केबलकार भित्रको रेष्टुरेन्टमा मनोरञ्जन लिन पाउनेछन्।

केबलकारभित्र ग्लासको क्याबिन जडान गरिनेछ।

उनले भने, ‘रेष्टुरेन्टका लागि रु २५ हजार शुल्क तिरेपछि खाना, बस्न, सुत्न लगायतका सबै सुविधाको व्यवस्था हुनेछ।’ 

केबलकार भित्रै शौचालय सहितको सुविधा सम्पन्न बनाउनका लागि कति लोड धान्न सक्छ भनेर अनुसन्धान कार्य पनि भइरहेको उनले बताए।

अघिल्लो दसैंदेखि केबलकार सञ्चालन गर्ने तयारी गरिए पनि कृत्रिम अभावका कारण सामान समयमा पाउन नसक्दा निर्माणमा ढिलाइ हुन गएपछि अन्य थप सुविधा थप्दै व्यवस्थित गर्न लागेको उनले बताए। 

आगामी नयाँ वर्षदेखि केबलकार सञ्चालनमा ल्याउने गरी काम थालिएको उनले जानकारी दिए।

केबलकारका लागि आवश्यक पर्ने सामान र जनशक्ति बाहिरबाट ल्याउनुपर्ने भएकाले ल्याइसकिएको उनले बताए। केबलकारबाट बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा तल्लो स्टेसन र सोही वडाको बरालथोकसम्म एक किलोमिटर छसय मिटर दूरीको यात्रा गर्न पाउनेछन्। 

एसियाकै ठूलो दाबी गरिएको बिमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त बन्दीपुर घुम्न आउने पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु बन्ने विश्वास गरिएको छ।

बन्दीपुर केबलकार एन्ड टुरिजमको लागत एक अर्ब ६६ करोड ८९ लाख रुपैयाँ रहेको बताइएको छ।

केबलकार र चारतारे होटल निर्माणसहित कूल तीन अर्ब रुपैयाँ लगानी हुने देखिएको अध्यक्ष शर्माले बताए।

पहिला गरिएको सामानको इष्टिमेटको तुलनामा कम्तीमा २५ प्रतिशत सामानको मूल्य वृद्वि भएकाले लागत बढ्ने संकेत  देखिएको उनले जानकारी दिए। 

केबलकारसँगै आइपिओ सुरू 

यसैगरी बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले केबलकारसँगै आइपिओ सुरू गर्ने जनाएको छ।

आइपिओका लागि एसबिआई मर्चेन्टसँग सम्झौता भइसकेको जनाइएको छ। केबलकार र आइपिओसँगै सञ्चालनमा ल्याइने गरी काम अघि बढाइएको अध्यक्ष शर्माले बताए। 

सेयर निष्कासन गरी २० प्रतिशत सर्वसाधारणलाई र १० प्रतिशत कम्पनी भित्रका कर्मचारीहरूलाई प्रदान गरिनेछ।

यसअघि बन्दीपुर केबलकारमा एक हजार चार सय जनालाई सेयर वितरण गरेको छ।  

उक्त परियोजनामा आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्शन लिमिटेड र टुरिजम इन्भेष्टमेन्ट फन्ड लिमिटेडको ६१, पञ्चासे केबलकार एन्ड टुर्स लिमिटेडको २५ र बन्दीपुर गाउँपालिकालगायत स्थानीय लगानीकर्ताको १४ प्रतिशत सेयर रहेको छ। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तीनै तहको सरकारसँग सहकार्य गर्दै स्वदेशमै रोजगारी सिर्जनामा सरकार केन्द्रित छ: श्रममन्त्री यादव

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले संघ, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने काममा सरकार केन्द्र...

भारतको नयाँ मापदण्डका कारण इलामका चिया उद्योग ठप्प, सरकार मौन रहेको सांसद राईको आरोप

काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निश्कल राई ले नेपालको चिया उद्योगले वार्षिक ठूलो परिमाणमा तयारी चिया निर्यात गरी अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान द...

जुम्लाको तातोपानीमा ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका –३ स्थित लाछुगाउँनजिक कर्णाली राजमार्गको सडक खण्डमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जन...

अमेरिकाद्वारा पूर्वी प्रशान्त महासागरमा आक्रमण , एक जनाको मृत्यु

वासिङ्टन। अमेरिकी सैन्य अधिकारीले पूर्वी प्रशान्त महासागरमा मङ्गलबार एउटा डुङ्गामा आक्रमण गर्दा एक जनाको मृत्यु भएको बताको छ । आक्रमण गत सेप्टेम्बरमा ...

अमेरिकाद्वारा पूर्वी प्रशान्त महासागरमा आक्रमण जारी, एक जनाको मृत्यु

वासिङ्टन। अमेरिकी सैन्य अधिकारीले पूर्वी प्रशान्त महासागरमा मङ्गलबार एउटा डुङ्गामा आक्रमण गर्दा एक जनाको मृत्यु भएको बताको छ । आक्रमण गत सेप्टेम्बरमा ...

आफ्नो भुमिकामाथि प्रश्न उठेपछि सभामुख अर्यालले गराए नियमावलीको स्मरण

काठमाडौं । प्रतिनिधिसभामा आफ्नो भूमिकामाथि प्रश्न उठाइएपछि सभामुख डोलप्रसाद अर्यालले त्यसप्रति ध्यानाकर्षण भएको बताएका छन्। नेपाली कांग्रेसका सांसद...

सभामुखको निष्पक्षतामाथि कांग्रेसको प्रश्न, रास्वपाद्वारा अभिव्यक्ति हटाउन माग

काठमाडौं। नेपाली कांग्रेसले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद चन्द्रमोह...

अन्तरजातीय विवाह गर्ने ११ दम्पती नगदसहित सम्मानित

फुङलिङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने ११ दम्पतीलाई नगदसहित सम्मान गरेको छ । सामाजिक सद्भाव, समानता र जातीय विभेद अन्त...

बाढीले बगाएको फोक्सिङटार पुल पुनर्निर्माणको पहल

खोटाङ। खोटेहाङ गाउँपालिकाले खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित फोक्सिङटारमा पक्कि पुल निर्माण गर्न जनस्तरबाट पहल सुरु गरेको छ ।  दुई वर्षअघिको बाढी...

कालीमाटी–बल्खु क्षेत्रमा यात्रु हैरानी गर्ने ३५ जना पक्राउ

काठमाडौँ । काठमाडौँको कालीमाटी र बल्खु क्षेत्रमा यात्रुहरूलाई तानातान गर्ने तथा बढी भाडा असुल्न खोज्ने ३५ जनालाई प्रहरीले पक्राउ गरेको छ। उपत्यका ट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending