काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज वर्षमान पुन अनन्तले एमालेसँग चुनावी तालमेल हुनसक्ने बताएका छन् । कार्यक्रम टफ टकका लागि पत्रकार दिलभुषण पाठकसँग कुरा गर्दै पुनले अध्यक्ष केपी ओलीले विगतका गल्ती स्वीकार गरे चुनावी तालमेल वा गठबन्धन हुनसक्ने बताएका हुन् ।
उनले सहकार्यका लागि प्रतिनिधिसभा विघटनका विषयमा एमालेले गल्ती स्वीकार गर्नुपर्ने सर्त अघि सारे । ‘एमाले अध्यक्ष र मुल नेतृत्वले हिजोका गल्तीहरूको महसुस गर्यो भने विस्तारै मोर्चाबन्दी हुन्छ, गठबन्धन हुन्छ, गल्तीको महसुस गर्ने बित्तिकै रातारात पार्टी एकता त नहोला, तर सहकार्यको ढोका खुल्छ ।’
पुनले एमाले नेताहरुसँग आफूहरुको संवाद भइरहेको समेत खुलासा गरे । दीर्घकालीन रुपमै काँग्रेससँग सहकार्यको नीतिमा आफूहरु नरहेको स्पष्ट गर्दै उनले वामपन्थी र विचार मिल्ने शक्तिहरूसँग सहकार्य र एकताको प्रक्रियामा अघि बढ्ने बताए ।
‘हिजो हामीले एउटै पार्टी बनायौं । पहिलो अध्यक्ष र प्रधानमन्त्री ओलीजी हुनुहुन्थ्यो । उहाँले पार्टी र सरकारलाई ठीक ढंगले ड्राइभ गर्न सक्नुभएन । न सरकारको पर्फमेन्स राम्रो भयो । ६ वटा प्रदेशमा एब्सुलेट बहुमत थियो । संघमा दुई तिहाइको सरकार थियो । विकासको जग, सुशासनको जग बसाल्नुपर्ने थियो, त्यो भएन । पार्टी पनि पारदर्शी ढंगले सामूहिकताका आधारमा चलाउनुपर्नेमा त्यो भएन’, उनले भने, ‘फेरि यी कुराहरु करेक्सन भयो भने एकता पनि हुन्छ, तालमेल पनि हुन्छ गठबन्धन पनि हुन्छ । कुनै आश्चर्यको कुरा होइन । म वामपन्थीहरु मिल्नुपर्छ भन्नेमा हो ।’
पुनले संविधान र व्यवस्था बचाउन काँग्रेससँग गठबन्धन गरेको चर्चा गर्दै तत्काल गठबन्धन टुटाउन नखोजेको स्पष्ट गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १७:१६
काठमाडौं । पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकलाई जाँचबुझ आयोगमा बयान दिन पार्टीका नेताहरूले सुझाव दिएका छन्। बुधबार पार्ट...
पौष ९ गते, २०८२ - १७:००
काठमाडौं । प्रतिनिधि पुरूषोत्तम यादवले राष्ट्रिय मानव अधिकार आयोगमा बुधबार करिब तीन घन्टा लिखित र मौखिक बयान दिएका छन्। यादवले बताए अनुसार, बयान ११ बज...
पौष ९ गते, २०८२ - १६:४७
काठमाडौँ। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न १० दिने ...
पौष ९ गते, २०८२ - १६:३३
काठमाडौँ। प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै दायर भएका सबै रिट निवेदनलाई सर्वोच्च अदालतले अब एकैसाथ सुनुवाइ गर्ने भएको छ। कांग्रेसका ५७ र अन्य द...
पौष ९ गते, २०८२ - १६:२६
नेपालगन्ज। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल बाँकेले जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा...
पौष ९ गते, २०८२ - १४:३६
काठमाडौँ । सहरी विकासमन्त्री कुलमान घिसिङले उम्मेदवारी मनोनयन दर्ता गर्ने समयसम्म मन्त्री पदबाट राजीनामा दिने वा नदिने विषयमा निर्णय गर्ने बताएका छन्।...
पौष ९ गते, २०८२ - १४:२४
काठमाडौँ । जेनजी आन्दोलनपछि बनेको सरकारमा तीन महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले आफ्नो सय दिने कार्यकालको प्रगति सार्व...
पौष ९ गते, २०८२ - १४:१४
अङ्कारा । टर्कीको राजधानी अङ्काराबाट उडान भरेको एउटा निजी जेट मङ्गलबार दुर्घटनाग्रस्त हुँदा लिबियाका सैन्य प्रमुखसहित अन्य सात जनाको मृत्यु भएको छ । ल...
पौष ९ गते, २०८२ - १४:०१
काठमाडौं । विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै दायर पुरक रिटमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा पक्षका सांसदहरूले हस्ताक्षर गरेका छैनन्...
पौष ९ गते, २०८२ - १३:५२
काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट फरार भई ठमेलमा एक युवकको हत्या गरेका कैदी पक्राउ परेका छन्। फरार कैदी आकाश मगरलाई प्रहरीले रोल्पाबाट पक्रा...




प्रतिकृया लेख्नुहोस्: