विराटनगर । प्रदेश नं १ प्रदेशसभाको १० औँ तथा बजेट अधिवेशन अर्को सूचना जारी नभएसम्मका लागि स्थगन भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले आजदेखि अर्को सूचना जारी नभएसम्म प्रदेशसभाको चालु बैठक स्थगन भएको जानकारी दिए ।
यसअघि प्रदेशसभाको बैठकमा ‘प्रदेश प्रज्ञा प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’ संशोधनसहित दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । लेखा परीक्षण ऐन, २०७५ को दफा १९ ९५० बमोजिम आर्थिक वर्ष २०७७र७८ को महालेखा परीक्षकको चौथो वार्षिक प्रतिवेदन, २०७९ सदनमा पेश भएको छ ।
बैठकमा प्रदेशसभा नियमावली, २०७४ (संशोधनसहित)को नियम १४३ बमोजिम अर्थ समितिको आव २०७७/७८ र २०७८/७९ को, सार्वजनिक लेखा समितिको आव २०७८/७९ को, प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिको आव २०७६/७७, २०७७/७८ र २०७८/७९ को तथा सुशासन तथा योजना समितिको आव २०७८/७९ को वार्षिक प्रतिवेदन सम्बन्धित समितिका सभापतिहरूले सदनमा पेश गरे ।
प्रदेशसभाको शून्य तथा विशेष समयमा उठेको प्रश्न तथा जिज्ञासाका सम्बन्धमा स्वास्थ्यमन्त्री जयराम यादवले सरकारीबाट मात्र होइन निजीस्तरबाट सञ्चालित अस्पतालबाट जनताले सर्वसुलभ तरिकाले उपचार पाउनुपर्ने बताए । उनले अघिल्लो सरकारले बिनाअध्ययन सरुवा रोग अस्पताल निर्माण गर्न शिलान्यास गरे पनि त्यसमा कानुनी अड्चन आएकाले काम अघि बढ्न नसकेको भन्दै प्रदेश सरकारले प्रत्येक जिल्ला अस्पताललाई स्तरोन्नति गरी जनतालाई स्वास्थ्य सेवा प्रदान गर्न काम गरिरहेको जानकारी दिए ।
विशेष समय
नेकपा (एमाले) दलको तर्फबाट बलबहादुर साम्सुहाङले विशेष समय लिएर प्रदेशमा अझै पनि धेरै दरबन्दी रिक्त रहेकाले प्रदेश सरकारको काम छिटोछरितो हुन नसकेको बताए । उनले प्रदेशमा अहिले पनि एक हजार नौ सय १७ जनाको दरबन्दी रिक्त अवस्थामा रहेकाले दुई हजार एक सय ५१ जना कर्मचारीबाट काम सम्पादन गर्न बोझिलो हुने गरेकाले यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।
शून्य समय
प्रदेशसभा सदस्य कुसुमकुमारी श्रेष्ठ, विन्दिया कार्की, विमल कार्की, राजकुमार ओझा, लोकप्रसाद सङ्ग्रौला र सुनिताकुमारी चौधरीले पनि प्रदेशको सार्वजनिक महत्वका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन १७ गते, २०८० - २०:५७
काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत तथा सुशासन समितिका अध्यक्षद्वय डा आरजु राणा देउवा तथा प्रकाश पन्थले नेतृत्व गरेको ११ सदस्यीय संयुक्त संसदी...
आश्विन १७ गते, २०८० - २०:४२
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आपसी सद्भाव कायम राख्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले पछिल्लो समय धार्मिक विवादमा ...
आश्विन १७ गते, २०८० - २०:१७
काठमाडौँ । नेपाल-भारत प्रबुद्ध व्यक्तिहरुको समूह (इपिजी)को प्रतिवेदन सार्वजनिक गर्न विज्ञहरुले सुझाव दिएका छन् । राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरो...
आश्विन १७ गते, २०८० - १९:०७
काठमाडौँ । आज रातिदेखि २०२५ डाइभर्सिटी भिसा (डीभी) को आवेदन आजदेखि सुरु हुँदैछ । नेपाली समयअनुसार राति ९ बजेर ४५ मिनेटदेखि आवेदन लिन सुरु गरिने नेपालस...
आश्विन १७ गते, २०८० - १८:४१
काठमाडौँ । सरकारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको जग नै ‘जनयुद्ध’ भएको प्रष्ट पारेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज आयोजित...
आश्विन १७ गते, २०८० - १८:३४
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बोलाएका छन् ।प्रधानमन्त्रीले मंगलबा...
आश्विन १७ गते, २०८० - १८:१२
काठमाडौँ ।माओवादी केन्द्रका केन्द्रीय सचिव एवं सुदूरपश्चिम इन्चार्ज डिलाराम आचार्यको स्वास्थ्य अवस्था खतरामुक्त रहेको चिकित्सकले जानकारी दिएका छन् । म...
आश्विन १७ गते, २०८० - १७:४६
हेटौँडा । मकवानपुरको बकैया गाउँपालिकामा दूध बोक्ने गाडी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । आज बिहान बकैया गाउँपालिका–५ सिरपु...
आश्विन १७ गते, २०८० - १७:२३
काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री वेदुराम भुषाललाई राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को कृषि विभागले किसानका समस्याबारे ध्यानाकर्षण गराएको छ ...
आश्विन १७ गते, २०८० - १७:१५
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गत साउन २८ गतेको बाढीले क्षतिग्रस्त बनेको मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ काग...
प्रतिकृया लेख्नुहोस्: