Khabar Dabali २३ असार २०८३ मंगलवार | 7th July, 2026 Tue
Investment bank

कोरोना सङ्क्रमणको प्रतिकार्यमा जुट्यो कर्णाली सरकार

खबरडबली संवाददाता

कर्णाली । कोभिड–१९ सङ्क्रमण पुनः बढ्न थालेपछि कर्णाली प्रदेश सरकार प्रतिकार्यमा जुटेको छ । कोभिड–१९ रोकथाम, निदान र उपचारसम्बन्धी कामलाई प्रभावकारी बनाउन गठित प्रदेशस्तरीय निर्देशक समितिको आज बसेको बैठकले परीक्षणको दायरा बढाउन, एम्बुलेन्सलाई तयारी अवस्थामा राख्न र खोप अभियान समुदायस्तरसम्म पु¥याउन मातहतका निकायलाई निर्देशन दिएको छ ।

मुख्यमन्त्री जीवनबहादुर शाहीका अध्यक्षतामा बसेको बैठकले कोभिड–१९ को पछिल्लो अवस्था, रोकथामका लागि अपनाइएका प्रयास र चुनौतीका बारेमा समीक्षा ग¥यो । मुख्यमन्त्री शाहीले प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय, स्थानीय तहको संयुक्त प्रयासबाट सङ्क्रमण रोकथाममा सफलता मिल्ने हुँदा आपसी समन्वय र सहकार्यका माध्यमबाट प्रतिकार्यमा जुट्नुपर्ने बताए । चाडपर्व नजिकिँदै गरेकाले लापरबाही नगरी सबैले जनस्वास्थ्यका मापदण्ड पालना गर्ने÷गराउनेतर्फ ध्यान दिनुपर्नेमा उनले जोड दिए । बैठकमा प्रदेश सरकारका मन्त्री, सचिव, सुर्खेतका प्रमुख जिल्ला अधिकारी, प्रदेश प्रहरी कार्यालयसहित सुरक्षा निकायका प्रमुखको उपस्थिति थियो ।

बैठकले सामाजिक विकास मन्त्रालय र सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई जनस्वास्थ्यका मापदण्ड पालनामा कडाइका साथै बिरामीलाई उपचारका लागि पायक पर्ने स्वास्थ्य संस्था पठाउने सहज व्यवस्था मिलाउन निर्देशन दिएको छ । त्यस्तै स्थानीय तथा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिलाई सक्रिय बनाउन, सबै तहका अस्पतालमा औषधि, उपकरण र सुरक्षा सामग्री तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । हाल प्रदेशका विभिन्न प्रयोगशालाबाट सङ्कलन हुँदै आएका नमूना प्रदेश प्रयोगशाला वा आवश्यक परेमा केन्द्रीय जनस्वास्थ्य प्रयोगशालासम्म ढुवानी गर्नका लागि प्रदेशस्तरीय संयन्त्र जरुरी भएकाले यससम्बन्धी मानक सञ्चालन प्रक्रियाको प्रारुप तयार पार्न सामाजिक विकास मन्त्रालयलाई जिम्मेवारी दिएको छ । 

कोभिड–१९ को सङ्क्रमणबाट सुरक्षित रहने एकमात्र उपाय खोप भएको तर हालसम्म खोपको ‘कभरेज’ अपेक्षित नभएको निर्देशक समितिको निष्कर्ष रहेको छ । बैठकले पूर्णखोप नलगाएका, पूर्णखोप नपाएका र थप मात्रा (बुस्टर डोज) नलगाएकालाई तत्काल खोप सेवा दिने व्यवस्था मिलाउने निर्णय गरेको छ । कर्णाली प्रदेशमा हालसम्म १० लाख ७७ हजार पाँच सय ८२ जनाले कोभिडविरूद्धको पहिलो मात्रा तथा १० लाख ४६ हजार सात सय ४९ जनाले दोस्रो मात्राको खोप लगाएका छन् ।

बुस्टर डोज लगाउनेको सङ्ख्या भने कम छ । प्रदेशका चार लाख १३ हजार चार सय ६६ जनाले मात्र बुस्टर डोज लगाएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्वास्थ्य निर्देशक डा रविन खड्काले स्थानीयस्तरसम्म खोप उपलब्ध रहे पनि मानिसहरू सम्पर्कमै आउन नचाहेको बताए। “सङ्क्रमणको वृद्धिदर हेर्दा यसलाई चौथो लहरभन्दा फरक पर्दैन”, उनले भने, “सङ्क्रमणको वृद्धिदर र नागरिकको लापरबाहीको अवस्था चिन्ताजनक छ, जनस्वास्थ्यका मापदण्ड पालनामा सबै सचेत हुनुपर्ने देखिन्छ ।”

मेडिकल उपकरण सन्तोषजनक, जनशक्ति अभाव

कर्णाली प्रदेशमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ४३ पुगेको छ । ती सबै होमआइसोलेशनमा छन् । एक महिनाअघि शून्य रहेको सङ्क्रमण पछिल्लो समय भने दैनिक औसत पाँच जनामा देखिने गरेको निर्देशनालयले जनायो । प्रदेशमा हाल ७३ आइसोलेशन सेन्टर, एक हजार आठ सय दुई आइसोलेशन शय्या छन् । एक हजार आठ सय पाँच थान अक्सिजन सिलिण्डर, चार सय ९७ थान अक्सिजन कन्सन्ट्रेटर छन् । 

प्रदेशका विभिन्न अस्पतालमा रहेका १६ अक्सिजन प्लान्टमध्ये ११ वटा सञ्चालनमा छन् । पिसीआर ल्याब चारवटा भए पनि हाल एउटा मात्र सञ्चालनमा छ । जुम्ला, दैलेख र चौरजहारी अस्पतालमा रहेका ल्याब अहिले सञ्चालनमा आउन सकेका छैनन् । स्वास्थ्य निर्देशक डा खड्काले एन्टिजेन परीक्षण सबै जिल्ला, स्थानीय तह र समुदायस्तरसम्म उपलब्ध रहेको जानकारी दिए । उनका अनुसार कोभिड हब अस्पताल दुई, आइसीयू ६८, भेन्टिलेटर ३२ वटा छन् ।

प्रदेशका विभिन्न अस्पतालहरूको तथ्याङ्क हेर्दा एम्बुलेन्स, शवबाहन, भेन्टिलेटर, अक्सिजन प्लान्ट तथा सिलिन्डर, अक्सिजन कन्स्न्टे«टर, मेडिकल सुरक्षा सामग्री तथा उपकरणहरूको अवस्था सन्तोषजनक छ । आइसोलेसन शय्याहरू पर्याप्त छन् । तर स्वास्थ्य संस्थामा जनशक्ति भने अभाव छ । कर्णाली प्रदेशमा आठ सय ८८ स्वास्थ्यकर्मीको स्थायी दरबन्दी भए पनि पाँच सय ६७ रिक्त छ । ती स्थानमा सामाजिक विकास मन्त्रालय र मातहतका निकायले करार सेवामार्फत जनशक्ति परिचालन गरेका छन् ।

हाल स्थायी र करार सेवाका गरी स्वास्थ्य संस्थामा करिब आठ सय कर्मचारी कार्यरत छन् । कोभिड सुरु भएयता कर्णालीमा एक लाख ९७ हजार तीन सय ३८ जनामा परीक्षण गरिएकामा ३९ हजार नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । तीमध्ये तीन सय ९१ सङ्क्रमितको मृत्यु भएको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दृष्टिविहीन समुदायको आन्दोलन वार्तापछि स्थगित, माग सम्बोधनका लागि समन्वय गर्ने सहमति

काठमाडौँ। विगत दुई सातादेखि माइतीघर मण्डलामा जारी दृष्टिविहीन समुदायको धर्ना कार्यक्रम सरकारसँग भएको वार्तापछि स्थगित भएको छ । महिला, बालबालिका, लैङ्ग...

अब नयाँ रणनीतिबाट झापाको हात्ती आतंक रोकिन्छ : गृहमन्त्री गुरुङ

झापा। गृहमन्त्री सुधन गुरुङले झापाको मेचीनगर–बाहुनडाँगी क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि कायम रहेको मानव र हात्ती द्वन्द्वको स्थलगत अनुगमन गरेको छन्...

तीन वर्षभित्र कर्णालीका सबै स्थानीय तहका केन्द्र र सदरमुकाम जोड्ने सडक दुई लेन बनाइने: मन्त्री लम्साल

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कर्णाली प्रदेशका सबै स्थानीय तहका केन्द्र तथा जिल्ला सदरमुकाम जोड्ने सडकलाई आगामी तीन वर्षभित्र दुई ल...

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त

काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त भएका छन्। प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन शाहले डा. खत्रीलाई आयोगक...

दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा हुन सकेन: मौसमविद्

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले मधेस र लुम्बिनी प्रदेशका केही भूभागमा अपेक्षाअनुसार वर्षा हुन नसकेको जनाएको छ ।    विभागका वरिष्ठ मौसमविद् म...

प्रधानमन्त्रीलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा रोशन पोखरेल पुर्पक्षका लागि थुनामा

पाँचथर । युट्युबमार्फत प्रधानमन्त्री बालेन ९बालेन्द्र० शाहलगायतका नेताहरूलाई लक्षित गरी अपमानजनक तथा गालीगलौजयुक्त सामग्री प्रसारण गरेको आरोप लागेका प...

प्रधानमन्त्री शाहको एडीबी अध्यक्ष कान्दासँग भेट, १६५ मिलियन डलर सहुलियतपूर्ण ऋण सम्झौता

काठमाडौं । प्रधानमन्त्री बालेन शाहसँग एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाले भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा म...

निर्वाचन कानुन नबने आगामी निर्वाचन थप जोखिममा पर्न सक्ने भण्डारीको चेतावनी

काठमाडौं। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले एकीकृत निर्वाचन कानुन समयमै पारित नभए आगामी निर्वाचन सञ्चालन गर्न गम्भीर चुनौती उत्पन्न...

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु २५ अर्बको ऋणपत्रको बोलकबोलको लागि आह्वान गरेको छ ।  बैंकद्वारा आज यहाँ जारी सार्वजनिक सूचनामा ऋणपत्र २०८४ ‘ङ’  अ...

भारत–चीन भ्रमणबारे संसदीय समितिलाई परराष्ट्रमन्त्रीको जानकारी

काठमाडौं। प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक सोमबार सिंहदरबारमा सम्पन्न भएको छ। बैठकमा परराष्ट्रमन्त्री शिशिर खना...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending