Khabar Dabali २४ असार २०८३ बुधबार | 8th July, 2026 Wed
Investment bank

कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गर्ने

खबरडबली संवाददाता
काठमाडौं । नेपाली कांग्रेस, केन्द्रीय कार्यसम्पादन समितिको शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको छ ।   
 
प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा शनिबार बसेको बैठकले आगामी मङ्सिर ४ गते आइतबार सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचनमा प्रणाली र समानुपातिक निर्वाचनमा भाग लिन पार्टीलाई निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको हो ।  
 
नेपालको संविधानको धारा २७१ तथा राजनीति दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निर्वाचन आयोगमा दल दर्ता गर्न पार्टीले नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिएको  छ । 
 
बैठकले महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्नुभएको प्रस्तावलाई सर्वसम्मतिले परित गर्दै पार्टीका तर्फबाट उम्मेदवार हुने व्यक्तिलाई मनोनयनको औपचारिक पत्र प्रदान गर्ने जिम्मेवारी पार्टी सभापति शेरबहादुर देउवालाई सुम्पिएको छ ।  
 
पार्टीका मुख्यसचिव पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीको विधानको धारा ३२ (८) (क), (ख), (ग) बमोजिम तथा प्रदेशसभा सदस्यको प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवारीका लागि पार्टी विधानको धारा ३२ (७) (क), (ख),(ग) र (घ) अनुसारको प्रक्रिया पु¥याई उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्नका लागि पार्टीको सम्बन्धित निकायलाई उपयुक्त समयमा केन्द्रीय कार्यालयमार्फत निर्देशन दिनुका साथै पार्टीको  निर्वाचन केन्द्रित राष्ट्रियव्यापी कार्यक्रम भदौ १० देखि २४ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हात्ती आक्रमणमा मृत्यु भएकी बोटे परिवारलाई कांग्रेस चितवनको आर्थिक सहयोग

नारायणगढ। जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएकी आशिका बोटेको परिवारलाई नेपाली कांग्रेस चितवनले ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। नेपाली कांग...

उद्योग व्यवसाय र लगानी वातावरण सुधारबारे निजी क्षेत्रसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं। प्रधानमन्त्रीले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन्। प्रधानमन्त्री त...

सुदूरपश्चिम बजेट विवाद समाधान गर्न कांग्रेस–एमालेको केन्द्रीय टोली धनगढीमा

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर सत्ता साझेदार दलहरूबीच देखिएको मतभेद समाधानका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)का केन्द्रीय नेताहरू ...

सरकारको सुशासन अभियानमा सहयोग गर्छौं, राष्ट्रिय स्वाभिमानमा सम्झौता हुँदैन : सांसद अर्याल

काठमाडौं। नेकपा (एमाले)की उपाध्यक्ष तथा संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकारको सुशासन अभियानमा आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने बताउँदै सरकारलाई...

बीपी प्रतिष्ठानमा बिचौलिया बिगबिगी : बिरामीलाई निजी अस्पताल पठाउन खोज्ने १२ जना पक्राउ

धरान। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट बिचौलियाको काम गर्ने गरेको आरोपमा १२ जना पक्राउ परेका छन् । प्रतिष्ठानमा उपचारका लागि आएका ...

विश्वकप क्वार्टरफाइनल समीकरण पूरा: यस्तो छ खेल तालिका

काठमाडौँ। फिफा विश्वकप प्रतियोगिता अन्तर्गत क्वार्टरफाइनलको समीकरण पूरा भई खेल तालिका सार्वजनिक भएको छ । बिहीबारदेखि सेमिफाइनल प्रवेशका लागि विभिन्न श...

एक महिनामा ७६ हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

काबुल । गत जुन महिनामा करिब ७६ हजारभन्दा बढी अफगान शरणार्थी छिमेकी मुलुक इरान र पाकिस्तानबाट आफ्नो मातृभूमिमा फर्केको जनाइएको छ । अफगान सरकारका उप प्र...

मुहान क्षेत्रका बासिन्दाले पानी नपाए मेलम्चीको आपूर्ति रोक्ने सांसद पाण्डेको चेतावनी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजुनाथ पाण्डेले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रका बासिन्दाले खानेपानी नपाए काठमाडौंतर्...

नख्खु कारागारबाट फरार प्रतिवादी मकवानपुरबाट पक्राउ

हेटौँडा। गत भदौमा भएको जेनजी प्रदर्शनका क्रममा नख्खु कारागारबाट फरार भएका लागूऔषध मुद्दाका एक प्रतिवादीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। लागूऔष...

प्रतिनिधिसभामा विपक्षीको अडान कायम, प्रधानमन्त्रीसँग सदनमै जवाफ माग

काठमाडौं। प्रतिनिधिसभाको बुधबार बसेको दोस्रो बैठकमा पनि विपक्षी दलका सांसदहरूले आफूहरूले उठाएका विषयमा प्रधानमन्त्रीले सदनमै उपस्थित भएर स्पष्ट जवाफ द...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending