मनिला । फिलिपिन्समा पनि पछिल्लो समयमा कोभिड १९ को सङ्क्रमण बढेको छ । सो सङ्क्रमणमा परेर शनिबार मात्र कम्तीमा पनि ४८ जनाको ज्यान गएको फिलिपिन्सका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।
उनका अनुसार यहाँ शनिबार मात्र चार हजार छ सय ७९ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । यो समेत गरी यहाँ अहिलेसम्म ३८ लाख २७ हजार भन्दा बढीमा यो सङ्क्रमण देखिएको छ ।
यहाँको स्वास्थ्य विभागले पछिल्लो पटक सक्रिय सङ्क्रमितहरुको सङ्ख्या पनि बढेको अर्थात ४० हजार भन्दा बढीमा सक्रिय सङ्क्रमित रहेका जनाएको छ ।
गत जनवरी १५ मा ३९ हजार चार जनामा कोभिडको सङ्क्रमण देखिएको थियो । एकै दिनमा भएको कोरोना सङ्क्रमण सबैभन्दा धेरै सङ्ख्या हो । फिलिपिन्समा कोरोना शुरुभएबाट हालसम्म यस सङ्क्रमणबाट ६० हजार नौ सय ९२ जनाको मृत्यु भ्एको छ ।
यसैबीच मलेसियामा शनिबार रातिसम्म थप चार हजार तीन सय ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । सङ्क्रमणको कारण १० जनाको मृत्यु भएको छ ।
कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखि अहिलेसम्म कम्तीमा पनि ३६ हजार जनाको निधन भएको छ । त्यसैगरी सो यहाँ अहिलेसम्म ४७ लाख ३२ हजार भन्दा बढीमा सो सङ्क्रमण पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हाल यहाँ ४४ हजार छ सय १७ जना सक्रिय सङ्क्रमित रहेका छन् । ती मध्ये ६८ जनाको सघन उपचार केन्द्रमाा उपचार भइरहेको समाचारमा जनाइएको छ ।
पछिल्लो समय भेटिएका यी सङ्क्रमितहरू प्रायः सबैजसो देशभित्रैका रहेका बताइएको छ । मलेसियाली सरकारले कोरोनाविरुद्धको खोपलाई प्राथमिकतामा राखेर लगाउने गरेकाले यहाँका सङ्क्रमतिहरुमा मृत्युदर भने निकै कम रहेको पनि बताइएको छ ।
यसैबीच पाकिस्तानमा शनिबार पाँच सय ८१ जना नयाँ कोभिड–१९ सङ्क्रमित थपिएका र चार जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले आइतबार जनाएको छ ।
मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार नयाँ सङक्रमणसँगै देशभर कुल सङ्क्रमितको सङ्ख्या १५ लाख ६२ हजार आठ सय ८८ पुगेको छ ।
पाकिस्तानमा कोभिड–१९ शुरुभएबाट हालसम्म सङ्क्रमणबाट ३० हजार पाँच सय २७ जनाको मृत्यु भएको छ । हाल यहाँ एक सय ७८ जना विरामीको अवस्था गम्भीर रहेको जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २२ गते, २०८२ - १७:३१
काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। ...
फाल्गुन २२ गते, २०८२ - १७:१८
रूकुम पूर्व । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) यहाँ प्रतिनिधि सभा निर्वाचनमा स्पष्ट अग्रता लिएका छन्। प्रारम्भिक मत...
फाल्गुन २२ गते, २०८२ - १७:१३
रोल्पा । प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अग्रता लिएका छन्। प्रारम्भिक मतगणनाअनुसार उनले १,४७६ मत प्राप्त ...
फाल्गुन २२ गते, २०८२ - १७:०७
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन शाह मोरङको उर्लाबारी पुगेका छन्। शुक्रबार दिउँसो उनले विराटनगर विमानस्थल हुँदै उर...
फाल्गुन २२ गते, २०८२ - १६:५५
धनकुटा । एकमात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा श्रम संस्कृति पार्टीका उम्मेदवार सानबहादुर राईले १,५९० मतसहित अग्रता कायम गरेका छन्। मुख्य निर्वाच...
फाल्गुन २२ गते, २०८२ - १६:४७
गोरखा । उत्तरी गोरखाबाट मतदान केन्द्रका मतपेटिका बोकेको नेपाली सेनाको हेलिकप्टर खराब मौसमको कारण गोरखा सदरमुकाममा अवतरण गर्न नसकेर पोखरामा आकस्मिक अवत...
फाल्गुन २२ गते, २०८२ - १६:४०
नेपालगन्ज । प्रतिनिधि सभा सदस्यको निर्वाचनको जारी मतगणना अनुसार बाँके जिल्लाको क्षेत्र नम्बर १ र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवा...
फाल्गुन २२ गते, २०८२ - १६:२९
काठमाडौं। सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहले आफ्नो मतान्तर बढाउँदै अघि बढेका छन्। पछिल...
फाल्गुन २२ गते, २०८२ - १६:००
झापा। झापा क्षेत्र नम्बर ५ मा रास्वपा उम्मेदवार बालेन शाह ले मतान्तर बढाउँदै आफ्नो अग्रता अझ मजबुत बनाएका छन्। यसअघि करिब ४ हजार मतान्तरले अग्रता लिएक...
फाल्गुन २२ गते, २०८२ - १५:५०
काठमाडौं। काठमाडौं क्षेत्र नम्बर ३ मा मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजुनाथ पाण्डेले उज्यालो नेपाल पार्टीका कुलम...



प्रतिकृया लेख्नुहोस्: