काठमाडौं । आगामी निर्वाचनका लागि सिट बाँडफाँडका लागि बनेको सत्तारुढ पाँच दलीय कार्यदलको बैठक आज बस्दैछ। गठबन्धनभित्र सिट बाँडफाँडको खाका तयार गर्न आज कार्यदलको बैठक बस्न लागेको हो।
बैठक अपराह्न ४ बजे बालुवाटारमा बस्ने कार्यदलका सदस्य जनता समाजवादी पार्टी जसपाका नेता रामसहायप्रसाद यादवले जानकारी दिए। कार्यदलबीच यसअघि मुख्यगरी तीनवटा कुरालाई आधार बनाएर सिट बाँडफाँट गर्ने मोटामोटी सहमति भएको थियो।
गत स्थानीय तह निर्वाचनमा दलहरूलाई प्राप्त मत, २०७४ को संघ तथा प्रदेशसभा निर्वाचनमा जित हासिल गरेका सिट तथा दलीय संवेदनशीलताका आधारमा सिट बाँडफाँट गर्ने सहमति भएको थियो। तर, गठबन्धनका सबै दलले धेरै–धेरै सिटमा दाबी गर्दा यी आधारहरूमा असहमति बढेको छ।
गत स्थानीय तह निर्वाचनमा कांग्रेस पहिलो दल बनेको थियो भने २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तेस्रो भएको थियो। तर २०७४ को निर्वाचनमा समानुपातिक तर्फ कांग्रेस केही मतले मात्र दोस्रो बनेको थियो। उसले आफ्नो उक्त मत र गत स्थानीय तह निर्वाचनको मतको आधारमा ६० प्रतिशत सिटमा दाबी गरेको छ। बाँकी ४० प्रतिशत सिट ४ दलबीच भागवण्डा गर्ने कुराले असहमति बढेको देखिन्छ।
आजको बैठकमा कार्यदल संयोजक नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राख्ने प्रस्तावकै अन्तरवस्तुमा पुग्ने र खाका बनाउने तयारी रहेको बताइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: