Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

‘भारत गौरव पर्यटक रेल’ दोस्रो पटक जनकपुरधाम आउँदै

खबरडबली संवाददाता
जनकपुर । भारतीय पर्यटक बोकेर ‘भारत गौरव पर्यटक रेल’ दोस्रो पटक भदौ ११ गते जनकपुरधाम आउन लागेको छ । जयनगर–जनकपुर–कुर्था रेलमार्गमा नियमित रेलसेवा सञ्चालन भएपछि पहिलो पटक गत असार ९ गते करिब छ सयको सङ्ख्यामा भारतीय पर्यटक बोकेर आएको ‘भारत गौरव पर्यटक रेल’ दोस्रो पटक पनि ठूलो सङ्ख्यामा भारतीय पर्यटक लिएर आउन लागेको हो । 
 
नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जनकुमार झाको पहलमा रामायण सर्किटमा सञ्चालन हुने उक्त रेलसेवामार्फत भारतीय धार्मिक पर्यटक दोस्रो पटक जनकपुरधाम आउन लागेका हुन् । 
 
भारतको राजधानी नयाँ दिल्लीलगायतका सहरबाट भारतीय पर्यटकलाई जनकपुरधामसम्मको यात्रा गराउने आफ्नो निरन्तरको पहलमा दोस्रो पटक यही अगस्त २७ तारिख अर्थात् भदौ ११ गते शनिबार ‘भारत गौरव पर्यटक रेल’ जनकपुरधाम आउन लागेको महाप्रबन्धक झाले जानकारी दिए ।
 
“पहिलो पटक जस्तै दोस्रो पटक पनि भारत गौरव पर्यटक रेल ठूलो सङ्ख्यामा भारतीय पर्यटकलाई लिएर आउने निश्चित भएको छ”, महाप्रबन्धक झाले भने, “हामी पर्यटकको स्वागतको तयारीमा जुटेका  छौँ । अघिल्लो पटक जस्तै हामी भारतीय पर्यटकलाई भव्य स्वागत गर्छौँ ।”  
 
सो रेलले भारतको अयोध्या, नन्दीग्राम, सीतामढी, बनारस, प्रयागराज, चित्रकुट, पञ्चवटी, नासिक, हम्पी, रामेश्वरम र भद्राचलम जस्ता प्रख्यात धार्मिक गन्तव्यका साथै नेपालको जनकपुरमा अवस्थित धार्मिक क्षेत्रलाई जोड्ने महाप्रबन्धक झाले बताए ।
 
भारतीय राजदूतावासको समन्वयमा आउन लागेको सो ‘भारत गौरव पर्यटक रेल’मा करिब छ सयको सङ्ख्यामा भारतीय पर्यटक बोकेर आउने र सो दिन पर्यटकले जनकपुरधामको विभिन्न धार्मिकस्थलको भ्रमण गर्ने कार्यक्रम निर्धारण भएको महाप्रबन्धक झाको कथन छ । 
 
उक्त रेलको प्रत्येक डिब्बामा भारतीय स्मारक, नृत्य, परिकार, पोशाक, पर्व, वनस्पति तथा जीवजन्तु, योग, लोक कलाजस्ता भारतको कला, संस्कृति, परम्परा, सम्पदालगायतका बहुरूपी झल्को देख्न सकिने चित्र राखिएको छ । 
 
युनेस्को सम्पदा सूचीमा सूचीकृत विभिन्न सम्पदास्थलका साथै भारतका विभिन्न आधुनिक वास्तुकलाका अद्भूत रचनालाई प्रवद्र्धन गर्न रेलको बाहिरी भागलाई बौद्ध तथा मुगलकालीन प्राचीन संरचनालगायत गुजरातमा अवस्थित स्टैच्यु अफ युनिटी, दिल्लीमा रहेको नेशनल बार मेमोरियल जस्ता आधुनिक संरचनाका तस्विरले सजाइएको जनाएको छ ।
Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मतदानपछि प्रधानमन्त्री कार्कीले भनिन्- मैले आफ्नो कर्तव्य पूरा गरेँ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ क्षेत्र नं ५ स्थित धापासी निमावली फैमालचुली मतदान केन्द्रबाट मतदान गरेकी छिन्। मतदानपश्चात् सञ्चा...

झापाबाट मतदान गर्दै विश्वप्रकाशले भने- भयरहित वातावरणमा मतदान गरौँ

झापा । नेपाली कांग्र‍ेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन्। पूर्व सांसदसमेत रहेका शर्माले झापा क्षेत्र नम्बर १ अन्तर्गत मेचीनगर ९ कविशि...

आज देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान गरेको छ ।  साथै मुलुकका पहाडी तथा हिमाली भागका केह...

मतदानपछि प्रचण्डले भने- देश समृद्धिको मार्गमा अग्रसर हुन्छ

चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनपछि देश समृद्धिको मार्गमा अग्रसर हुने विश...

अनिवार्य रूपमा मताधिकार प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले अनिवार्य रूपमा आफ्नो मताधिकार प्रयोग गर्न आम मतदाताहरुलाई आग्रह गरेकी छन् । उनले आज सामाजिक सञ्जालमार्फत आ...

प्रचण्डले चितवनबाट गरे मतदान, अब रुकुम पूर्व जाने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी का संयोजक पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट मतदान गरेका छन्। चितवन क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर–१४ स्थित नेप...

रवि लामिछानेले गरे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मतदान गरेका छन् ।  उनले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौर...

रास्वपा वरिष्ठ नेता बालेन शाहले गरे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गरेका छन् ।  सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबा...

मतदाता गाउँ फर्किएसँगै मनाङमा पर्यटकको आगमन पनि बढ्दै

मनाङ । यहाँ मतदातासँगै पर्यटकको आगमन पनि बढ्दै गएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा आज मतदानका लागि आएका मतदातासँगै पर्यटकको चहलपहल बढ्न थालेको हो ।...

छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

काठमाडौँ ।  निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान केन्द्र प्रवेश गर्न सकिने आयोगले स्पष्ट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE