Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

तानसेनको टुँडिखेल स्तरोन्नति अन्तिम चरणमा

खबरडबली संवाददाता

पाल्पा । पाल्पाको तानसेन नगरपालिकास्थित टुँडिखेल मैदान स्तरोन्नतिको कार्य अन्तिम चरणमा पुगेको छ। नगरपालिका कार्यालय प्राङ्गणमा रहेको टुँडिखेल मैदानको हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको छ।

नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ मा टुँडिखेल मैदान सुधारका लागि जय नेपाल ईश्वरचन्द्र निर्माण सेवा प्रालिले दुई वर्षभित्र काम सक्ने गरी रु तीन करोड ८२ लाख ९४ हजार बराबरको बोलपत्र आह्वान भएकामा ठेक्का सम्झौता गरी निर्माणको जिम्मेवारी लिएको हो।

टुँडिखेलको खुला क्षेत्रलाई सुधार गरेर आकर्षक बनाउने योजनाअनुसार काम अन्तिम चरणमा पुगेको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बताए। 

ढिलासुस्ती भइरहेको कामलाई निरन्तर निगरानी तथा खबरदारी गरेसँगै टुँडिखेलमा मर्निङवाकस्थल, फुटबल खेलमैदान र विश्रामस्थल बनिसकेको नगरप्रमुख श्रेष्ठ बताउँछन्। 

उनी भन्छन्, ‘दुई वर्षअगाडि नै सक्नुपर्ने काममा निरन्तर ताकेता गरेपछि अहिले दुबो रोपण कार्य सकिने क्रममा छ, यसले तानसेनको थप सुन्दरता थप्नेछ।’

विगतमा नेपाली सेनाको सहयोग र पाल्पा उद्योग वाणिज्य सङ्घको समन्वयमा टुँडिखेलमा घाँस रोपिएको थियो। अहिले यहाँ ७४ मिटर चौडाइ र एक सय नौ मिटर लम्बाइमा बर्मुडा दुबो रोपिएको छ। 

मैदानभित्र रोपिएको दुबो दुई महिनामा हरियो हुन्छ। त्यसलाई दुईपटक घाँस काटेपछि दुबो रोपेको कम्पनी तिलोत्तमा एग्रिकल्चर फार्मले निर्माण व्यवसायीलाई हस्तान्तण गर्नेछ। कम्तीमा आठपटक दुबोलाई मेसिनले काटेपछि टुँडिखेलमा खेल खेल्न तयार हुने बताइएको छ।

आगामी फागुनदेखि खेलमैदान स्तरोन्नति भई पूर्णरूपमा तयार हुने तानसेन नगरपालिका प्रवक्ता यादवसिंह कार्की बताउँछन्। 

विसं २०५० अघि यहाँ हुने गरेका राष्ट्रियस्तरका फुटबल प्रतियोगिता वीरेन्द्र शिल्ड, राष्ट्रियस्तरको भलिबल, इन्डो–नेपाल क्रिकेट, कराते प्रतियोगितालगायत पुनः सञ्चालन गरिनेछ। यहाँको टुँडिखेल मैदान स्तरोन्नति कार्यले खेलप्रेमीमा उत्साह जागेको छ।

पाल्पा सदरमुकाम तानसेन भित्रने नाकामा नै रहेको यस मैदानमा ठूला–ठूला कार्यक्रम, सभा, समारोह हुने गरेका छन्। खेलमैदानको छेउमा रहेको पाल्पाली करुवाका कारण पनि यहाँ जानेको आकर्षण उत्तिकै छ। यहाँ रहेको करुवा अवलोकन गर्दै टुँडिखेल विश्राम गरेर बस्ने थलोका रूपमा पनि लिइन्छ। रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

प्रतिनिधिसभा पुनर्स्थापनाका लागि कांग्रेसभित्र बढ्यो सक्रियता

बहुमत सांसदको हस्ताक्षरसहित जाँदा अदालत दबाबमा पर्ने विश्लेषण

धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता

गलकोट । यहाँको बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका एक ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन्। २०८१ फागुन २ गते राष्ट्रिय समाचार समितिमा...

लगातार बढ्दै आएको अमेरिकी डलरको मूल्यमा गिरावट

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबे...

नेकपापंक्तिमा प्रचण्डको निर्देशन- चुनावको विकल्प छैन, तयारीमा जट्नू

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान राजनीतिक सङ्कटको निकासका लागि प्रतिनिधिसभाको चुनाव एउटैमात्र विकल्...

यी हुन् नयाँ नेतृत्व चयनका लागि भोट नहाल्ने ३६ प्रतिनिधि (सूचीसहित)

काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् ।  महाधिवेशनस्थल भृकुटीमण्...

एमाले महाधिवेशन- २२२७ मत खस्यो, मतगणना सुरु भएको तीन घण्टाभित्र नतिजा आउने

काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् ।  महाधिवेशनस्थल भृकुटीमण्...

तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

तनहुँ । तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन गर्न थालेको छ । व्यावसायिक रुपमा सुन्तलाखेती गरिएका ठाउँमा कार्या...

पदीय मर्यादा अनुरूप काम नगर्नेलाई कारबाही

धनुषा। मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई/दुई जनाको सम्मिलित आठ वटा टोल...

निर्वाचन ७७ दिन बाँकी: निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending