तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यास पराशर क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा व्यास क्षेत्र विकास कोषद्वारा व्यास–३ स्थित शिवपञ्चायन मन्दिर क्षेत्रमा आज आयोजित वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले धार्मिक महत्व बोकेको व्यास र पराशर क्षेत्रको एकीकृत विकास गर्नुपर्छ भने।
व्यास पराशर क्षेत्रलाई विश्वभरका हिन्दू धर्मावलम्बीको आकर्षणको केन्द्रबिन्दु बनाउनुपर्ने नेता पौडेलको भनाइ थियो । “विश्वभरका धार्मिक पर्यटकलाई व्यास र पराशर क्षेत्र आउने वातावरण बनाउनेतर्फ लाग्नुपर्छ”, उनले भने । वरिष्ठ नेता पौडेलले भानुभक्तको जन्मस्थल चुँदीरम्घालाई साहित्यिक पर्यटकीय गन्तव्यस्थल बनाउन आफूले पहल गरिरहेको बताउनुभयो । त्यस्तै मानुङकोट, छाब्दीबाराही, तनहुँ कालिकालगायतलाई पनि पर्यटकीय क्षेत्रका रुपमा विकास गरी समग्र तनहुँको विकास अभियान सञ्चालन गर्नेतर्फ ध्यान दिइने उनले बताए।
कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विश्वकर्मा, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेलगायतले वृक्षरोपण गरेका थिए।
सो अवसरमा विभिन्न प्रजातिका बिरुवा रोपण गरिएको व्यास क्षेत्र विकास कोषका अध्यक्ष अशोककुमार श्रेष्ठले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - १५:१३
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउनु जरुरी रहेको बताएको छिन्। बिहीबार त्रिभुवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोध...
पौष १० गते, २०८२ - १५:०६
काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन्द्र शाहसँग वार्ता गरेर हालै निस्किएका छन्। वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहय...
पौष १० गते, २०८२ - १४:४३
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहका सहयोगी कुमार बेनको ललितपुर ज्वागलस्थित घरअगाडि बिहीबार दिउँसो भिड बढेको छ। यस दिन बेनको घरभ...
पौष १० गते, २०८२ - १४:३५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेबीच जारी छलफलमा पूर्वसांसद अमरेशकुमार सिंह पनि पुगेका छन्। यसअघि...
पौष १० गते, २०८२ - १४:२६
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा देशमा चर्चामा रहेका केही व्यक्तिहरू नशामा लट्ठिने अवस्था भेटिने टिप्पण...
पौष १० गते, २०८२ - १४:१६
काठमाडौँ । फागुन २१ गते हुने निर्वाचनमा सहकार्यको प्रयास स्वरुप रास्वपाका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबिच छलफल भइरहेको...
पौष १० गते, २०८२ - १३:४९
काठमाडौँ । नेकपा(माओवादी केन्द्र) ले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं। १, सिन्धुपाल्चोकबाट आगामी निर्वाचनका लागि माधव सापकोटाको एकल नाम सिफारिस गरेको ...
पौष १० गते, २०८२ - १३:२५
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आज अर्थपूर्ण भेटवार्ता हुने भएको ...
पौष १० गते, २०८२ - १३:०७
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहसँग संसद् पुनर्स्थापनाका विषयमा छलफल भएको बताएका छन्। ल...
पौष १० गते, २०८२ - १२:५९
काठमाडौं । वैकल्पिक राजनीतिक शक्ति निर्माणको छलफलमा जुटेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर ब...




प्रतिकृया लेख्नुहोस्: