Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

निर्वाचनका लागि घरघरमा मतदाता शिक्षा दिने तयारी

खबरडबली संवाददाता

काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ का लागि विद्युतीय प्रचार सामग्री र मतदाताको घरदैलोमा जाने कार्यक्रमको तयारी गरेको छ । गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा घरदैलो कार्यक्रम नगरेका कारण मतदाता शिक्षा अपुग भएको गुनासो आएपछि आयोगले अबको निर्वाचनका लागि घरदैलो कार्यक्रम गर्ने तय गरेको हो । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले अर्थ मन्त्रालयबाट समग्र निर्वाचनको बजेट स्वीकृति र आयोगबाट निर्वाचनसम्बन्धी निर्देशिकाहरु जारी भएपछि त्यसका आधारमा सामग्रीहरुलाई अन्तिम रुप दिइने बताए ।

आयोगका मतदाता शिक्षा तथा सूचना शाखाका प्रमुख अर्यालले विद्युतीय ९डिजिटल० स्रोत सामग्रीको उत्पादनमा विशेष जाड दिइने र त्यसलाई सञ्चारमाध्यम, सामाजिक सञ्जाल  र अन्य माध्यमबाट प्रचारप्रसार गरिने जनाए । कम खर्च र स्मार्ट रुपमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेका कारण स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि घरदैलोमा टोली पठाइएको थिएन । आयोगले श्रव्यदृश्य सामग्री र विभिन्न सन्देश तयार गरेर आयोगको आफ्नै फेसबुक, युट्युब, ट्वीटर, भाइबरमा नियमित प्रसारण गर्नेछ । 


आयोगले विशिष्ट व्यक्ति, लोकप्रिय कलाकार र व्यक्तित्वहरूलाई समेटेर निर्वाचनको महत्व, आचारसंहिताका व्यवस्थाका विषयका आधारमा सन्देश तयार गर्नेछ । स्थानीय तह निर्वाचनका लागि निर्वाचन तथा मतदाता शिक्षा नीति, २०७८ र निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ स्वीकृत गरी कार्यक्रम सञ्चालन भएको थियो । आयोगले ब्रोसर, लिफ्टलेट, पर्चा, पम्प्लेट, नमूना मतपत्र, पोष्टर लगायतका सामग्री छपाइ गरेर वितरण पनि गरिसकेको र कसरी मतदान गर्न सकिन्छ भन्ने सही तरिकाबारे बुँदागत सर्कुलर पनि गरेको थियो ।

गत निर्वाचनमा आयोगले निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षा कार्यक्रमअन्तर्गत निर्वाचन तथा मतदाता शिक्षा निर्देशिका तथा स्थानीय तह निर्वाचन निर्देशिकामा मतदान स्थलमा मतदाता सूचना कक्षको माध्यमबाट मतदाता शिक्षा कार्यक्रम संचालन गर्ने व्यवस्था भएकोमा मतदानको दिन ९वैशाख ३० गते० उक्त कार्यक्रम नगरी मतदानको अघिल्ला दुई दिन ९वैशाख २८ र २९ गते० मतदानस्थलमा सम्बन्धित मतदान अधिकृतहरुको नेतृत्वमा खटिने मतदान टोलीबाट मतदाता परिचयपत्रको वितरण गर्ने र आयोगले उपलब्ध गराएका नमूना मतपत्रलगायत पोष्टर, ब्रोसर आदि छपाइ सामग्रीको माध्यम मतदान गर्ने सही तरिका बुझाउन आग्रह गरेको थियो । उक्त अवधि अपुग भएको समीक्षा प्रतिवेदनमा उल्लेख छ ।

मतदान गर्न जाँदा मतदाताले मतदाता परिचयपत्र वा आयोगले तोकेको परिचय खुल्ने अन्य परिचयपत्र लिई जान भन्ने, मतपत्रमा स्वस्तिक छाप लगाइ मतदान गर्ने तरिकाको बारेमा मतदातालाई मतपत्रमा सात निर्वाचन चिह्नमा मतसङ्केत गरी मतदान गर्नुपर्ने जस्ता विषय मतदाता शिक्षामा समावेश हुनेछन् ।

आयोगले प्रकाशन गरेको निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवद्र्धन स्रोत पुस्तिका २०७६ मा लोकतन्त्र, निर्वाचन, समावेशीता र निर्वाचन, मतदाता नामावली, मतदान, समावेशी निर्वाचन र परिवर्तन, निर्वाचन विवाद र विवाद निरुपण, निर्वाचन र निर्वाचन चक्र, नेपालको निर्वाचन प्रणाली आदि विषय समावेश गरिएका छन् । 

निर्वाचनमा भाग लिने प्रयोजनका लागि चार निवेदन गरी जम्मा ८४ ९चौरास० वटा निवेदन प्राप्त हुन आएकोमा राजनीतिक दलबाट दर्ता हुन आएका निवेदनलगायत अन्य कागजातको अध्ययन र जाँचबुझ गर्दा जम्मा ७९ वटा दलका निर्वाचन चिह्नमध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको सङ्ख्या ८७ कायम भइसकेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रौतहटमा फैलियो झाडा पखला

रौतहट । रौतहटको स्थानीय राजपुर नगरपालिका क्षेत्र अन्तर्गत झाडा पखालाको प्रकोप फैलिएको छ भने केहीमा हैजाको जस्तो संकेत देखिएको छ । राजपुर ३ र ४ मा झ...

अमेरिकामा पनि मनाइयो संविधान दिवस

टेक्सस। अमेरिकास्थित नेपाली राजदूतावासले ‘नेपाल डे’ कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ । वासिङ्गटन डिसीस्थित नेपाली राजदूतावासको सभाकक्षम...

नागरिकताभन्दा राहदानी बनाउनेको संख्या बढी

तम्घास । एक हप्तामा जिल्ला प्रशासन कार्यालय गुल्मीबाट नागरिकता बनाउनेभन्दा राहदानी बनाउने बढी छन्। ८५ जनाले एक हप्ताको अवधिमा नयाँ नागरिकता बनाउँदा...

मन्त्रिपरिषद् बैठकका २१ निर्णय (सूचीसहित)

एसियाली विकास बैंकबाट प्राप्त हुने २२ अर्ब ८९ करोड बराबरको ऋण स्वीकार

रवि लामिछाने बारे कुमार रम्तेलले समितिमा के के भने ?

काठमाडौँ । सहकारी ठगिको आरोपमा हिरासतमा रहेका कुमार रम्तेलले रवि लामिछाने सहकारीको ऋणी भएको बयान दिएका छन् । संसदीय छानबिन समितिमा रम्तेलले दिएको बयान...

सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चित समयका लागि स्थगित

धनगढी। सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित समयका लागि स्थगित भएको छ ।  शुक्रबार  दिउँसो २ बजे प्रदेश सभा बैठक बोलाइएको थियो । उक्त बैठक कारणवश अ...

भारतविरुद्ध बंगलादेश पहिलो इनिंगमा १४९ रनमा अलआउट

काठमाडौँ । भारतविरुद्धको पहिलो टेस्टमा बंगलादेश १४९ रनमा अल आउट भएको छ । टेस्टको दोस्रो दिन बंगलादेश केवल ४७.१ ओभर मात्र खेलेर १४९ रन बनाउदै अलआउट भएक...

इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त

काठमाडौँ । इजरायलले आफ्नो लडाकु विमानले हिजबुल्लाहका १०० भन्दा बढी रकेट लन्चरलाई निशाना बनाएको जनाएको छ । इजरायली रक्षा बल (आईडीएफ) का अनुसार यी लन्चर...

गाजामा भएको इजरायली आक्रमणमा निर्दोष नागरिकको मृत्यु

गाजा । गाजा पट्टीका विभिन्न स्थानहरूमा बिहीबार राती इजरायले गरेको हवाई आक्रमणमा परी कैयौँ प्यालेस्टिनीहरू मारिनुका साथै केही घाइते भएका छन् । इजराय...

कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy