Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

अंगिकृत नागरिकतामा ७ वर्षे प्रावधान मैले प्रस्ताव गरेको हुँ : प्रचण्ड

‘कारबाही र पुरस्कृत गरेर नै पार्टीलाई क्रान्तिकारी बनाउन सकिन्छ’

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कारबाही र पुरस्कृत गरेर क्रान्तिकारी पार्टी निर्माण गरिने बताएका छन्। 

पार्टीको उपत्यका विशेष प्रदेशद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले माओवादी केन्द्र देशको दोस्रो र बामपन्थी आन्दोलनको पहिलो शक्ति हुने स्थिति भएपनि ५० भन्दा बढी पालिका जनमत हुँदाहुँदै गुमाउनुपरेकोले तेस्रोमा खुम्च्याउनु परेको बताए। 

उनले त्यसको निम्ति पार्टी भित्रको घात अन्तर्घातका कारण भएको उल्लेख गरे। पार्टीलाई चुनावमा गम्भीर प्रकृतिको घात अन्तर्घात गर्नेहरुलाई कारबाही गर्ने स्पष्ट पनि गरे। 

एक अर्को प्रसंगमा अध्यक्ष प्रचण्डले भने, “सत्यनिरूपण तथा मेलमिलाप आयोगको कार्य अघि बढेको छ । सत्यनिरूपण सम्बन्धी गठबन्धन र त्यसका सबै पक्षमा सहमत भएर अघि बढेको छ । शान्ति प्रक्रिया नटुङियोस् भन्ने पक्ष पनि देखिए । हिजो गणतन्त्र सम्भव नै छैन भन्नेहरू अहिले पनि शान्ति प्रक्रिया टुंगोमा पुर्याउनु हुन्न भनेर अनेक चलखेल गरिरहेका छन् ।”

उनले संबिधान रक्षा र परिवर्तनका एजेन्डाहरुको आधारमा गठबन्धन बनेको बताउँदै प्रतिगमन परास्त नभएसम्म र नसुध्रिएसम्म गठबन्धनको विकल्प नखोजिने बताए। माओवादी आन्दोलनबारे झुटा प्रचार गर्ने प्रवृति देखिएको भन्दै त्यसको सबैले प्रतिवाद गर्नुपर्ने पनि धारणा राखे। 

वैवाहिक अंगिकृतलाई ७ वर्षे प्रावधान माओवादीले ल्याएको प्रस्ताव भएको उल्लेख गर्दै अध्यक्षले भने, “शशी श्रष्ठको नेतृत्वको समितिले वैवाहित अंगिकृतवाला प्रतिवेदन बनाएको भएपनि ओलीले छ महिनासम्म अड्काएर पास गर्न दिएनन् । अहिले आएको विधेयक र केपी ओलीले संसद विघटन गरेर ल्याएको विधयेक एउटै भएको भएपनि ओलीले अहिले नागरिकता विधयेकबारे नौटकी गरेको गरेका छन् ।”

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...

धवलागिरिवासीको गुनासो- हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...

एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...

अमेरिकी डलरको मूल्य थप घट्यो, अस्ट्रेलियन डलर, युरो र दिनार पनि सस्तिए

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...

स्पा र होटेलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...

निर्वाचन आउन ७६ दिन बाँकीः जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending