Ntc summer Offer
Khabar Dabali ३० बैशाख २०८१ आईतवार | 12th May, 2024 Sun
NIMB

‘जनतासँग कांग्रेस अभियान’ पालिकास्तरमा

खबरडबली संवाददाता

तनहुँ । नेपाली कांग्रेस तनहुँले चुनाव लक्षित ‘जनतासँग काङ्ग्रेस अभियान’लाई पालिकास्तरमा सञ्चालन गरेको छ । जिल्लास्तरमा कार्यक्रम गरी शुभारम्भ गरिएको उक्त अभियानलाई जिल्लाका दशवटै पालिकामा सञ्चालन गरिएको हो । 

चार नगरपालिका र छ गाउँपालिकामा एकैसाथ कार्यक्रम गरी पालिकास्तरमा अभियानको शुभारम्भ गरिएको छ । पालिकास्तरमा सकिएपछि अब भदौ १८ गते एकैपटक ८५ वटै वडामा यो अभियान सञ्चालन हुने नेपाली काङ्ग्रेस तनहुँले जनाएको छ । 

नेपाली कांग्रेस व्यास नगरसमितिले आयोजना गरेको शुभारम्भ कार्यक्रममा केन्द्रीय सदस्य शङ्कर भण्डारीले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा अग्रज नेतादेखि सबैको व्यवस्थापन हुनुपर्ने बताए। चुनावमा पाँच दलबीच गठबन्धन हुने भएकाले पार्टी र गठबन्धनलाई विजयी गराउन इमानदार भएर लाग्नुपर्नेमा भण्डारीले जोड दिए। 

भण्डारीले निर्वाचनमा पार्टीले जुन क्षेत्रबाट टिकट दिन्छ सोही क्षेत्रबाट चुनाव लड्न तयार हुनुपर्ने बताए। पार्टीले आवश्यकता अनुसार निर्वाचनमा टिकट दिने र जुनसुकै क्षेत्रबाट पनि निर्वाचन लड्न तयार भएर मानसिकता बनाउनुपर्ने उनको भनाइ थियो । 

कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विश्वकर्मा, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, पार्टीका पूर्व जिल्ला सभापति रघुनाथ पौडेल, जनतासँग कांग्रेस अभियानका व्यास नगरका संयोजक प्रा डा कृष्णप्रसाद गौतमलगायतले ‘जनतासँग काङ्ग्रेस अभियान’ मार्फत जनतालाई कांग्रेसमा आकर्षित गर्नुपर्ने बताए। 

आकाङ्क्षी उम्मेदवारको राय बुझ्दै

आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा उम्मेदवार बन्न पार्टीभित्र आवेदन दिएकाहरुसँग राय बुझ्न थालिएको छ । तनहुँ क्षेत्र नम्बर १ प्रदेश ९क० तर्फ उम्मेदवार बन्न चाहेका प्रत्यक्षतर्फका ११ र समानुपातिकतर्फ २१ जनाले आ–आफ्नो राय प्रस्तुत गरेका छन्। 

समानुपातिकतर्फका आकाङ्क्षी कुलचन्द्र वाग्ले, कल्पना पोखरेल, अर्जुनबहादुर अधिकारी, राजकुमार श्रेष्ठ, आशा थापा, साहिदा खातुन, पवित्रा पौडेल, सुशीला शर्मा, ओजराज पौडेल, कृष्ण रुचाल, उदयराज गौली, चिनु पोखरेल, ताराप्रसाद श्रेष्ठ, छत्रराज भण्डारी, विणा कैनी, वृषराज श्रेष्ठ, टेकबहादुर गुरुङ, समुन्द्र गोदार, नारायणी अधिकारी, श्यामकुमारी मौराती र प्रताप गुरुङले आफू उम्मेदवार बन्न चाहेको राय प्रस्तुत गरे। 

प्रत्यक्षतर्फका आकाङ्क्षी रघुनाथ पौडेल, अशोककुमार श्रेष्ठ, शेष मोहम्मद हनिफ (गोरा मियाँ), सरिता गुरुङ, लक्ष्मीप्रसाद आचार्य, हरिदत्त पौडेल, दिपक भट्टराई, डोवाटे विक, पूर्णबहादुर गुरुङ, सहदेव अधिकारी र शङ्कर पौडेलले पनि आ–आफ्नो आफ्नो राय प्रस्तुत गरे। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सदनका गतिरोध हटाउन प्रधानमन्त्रीको प्रयास, कां‌ग्रेसलाई छलफलमा बोलाए

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले संसदको गतिरोध हटाउन निरन्तर संवादमा छन्। गतिरोध अन्त्य गरेर सदन चलाउन प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई छलफलका ला...

काठमाडौंको बत्तिसपुतलीमा एक युवाको हत्या, चारजना पक्राउ

काठमाडौं । काठमाडौंको बत्तीसपुतलीमा गएराति एक युवकको हत्या भएको छ।  मोरङ घर भई कुमारी टोलमा बस्दै आएका २४ वर्षीय शम्भु धिमालको हत्या भएको जिल्ला प्...

नेकपा एसको स्थायी कमिटी बैठक आज पनि, लगत्तै पोलिटब्यूरो बस्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी आइतबार पनि बस्ने भएको छ। बैठक पार्टी कार्यालय आलोकनगरमा बिहान ११ बजे शुरु हुने पार्टीका उपमहासचिव जगन्...

चार प्रदेशमा मेघगर्जन र हुरीबताससहित भारी वर्षा हुने

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागल...

हमासको सशस्त्र शाखाद्वारा गाजामा बन्धक बनाइएको भिडियो सार्वजनिक

गाजा क्षेत्र । हमासको सशस्त्र शाखा एजेदिन अल-कसम ब्रिगेडले शनिबार हमास लडाकूद्वारा बन्धक बनाइएका एक व्यक्तिको भिडियो जारी गरेको छ । फुटेजमा उनी जीवित ...

श्रीमतीको वैवाहिक बलात्कार मुद्दापछि गायक रवि ओडले गरे प्रहरीमा आत्मसर्मपण

काठमाडौं । वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मसर्मपण गरेका छन् ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक...

श्रीमानलाई बचाउन खोज्दा श्रीमतीको ज्यान गयो

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित रामनगरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर भएका छन् । ईश्वरपुर नगरपालिका–९, रामनगर ...

गादो लगाउँदैमा जनजाति भइँदैन : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गादो लगाउँदैमा जनजाति नहुने बताएका छन्।  सुर्खेतको वीरेन्द्रनगरमा जनजाति महासङ्घ जिल्ला समन्...

प्रजनन केन्द्रमा हुर्काइएका एक सय ५ घडियाल नारायणीमा छाडियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका एक सय ५ वटा घडियाल गोही नारायणी नदीमा छाडिएको छ ।  निकुञ्जका सूचना अधिकारी गणेशप...

दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाखसहित दुईजना पक्राउ, सुन तस्करीमा संलग्न भएको आशंका

काठमाडौं । प्रहरीले स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दरबारमार्गबाट दुई जनालाई पक्राउ गरेको छ ।  विशेष सुराकीका आधारमा महानगरीय अपराध महाशाखाले उनीह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies