काठमाडौँ । ‘सेभ सोइल’ अर्थात् माटो जोगाऔँ अभियानसँग वन तथा वातावरण मन्त्रालयले पनि ऐक्यबद्धता जनाएको छ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले अभियानका लागि नेपाल आउनुभएका सदगुरुलाई वन शुभकामना पत्र हस्तान्तरण गर्दै अभियानसँग ऐक्यबद्धता जनाएको हो ।
ललितपुर जिल्लाको गोदावरीमा आयोजना गरिएको एक कार्यक्रममा उहाँले माटो जोगाऔँ अभियानका लागि सदगुरुले गर्नुभएको ३० हजार किलोमिटर यात्रालाई सम्मान गर्न र सघाउन वन मन्त्रालयमार्फत देशभरिमा कम्तीमा पनि ३० हजार वृक्षरोपण गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे। “तपाईँको अभियानमा मन्त्रालयसहित अन्य माध्यममार्फत सधैँ हातेमालो गरेर अगाडि बढ्ने छौँ, तपाईँले गरेको राम्रो काममा हाम्रो ऐक्यबद्धता छ”, मन्त्री यादवले भने, “वृक्षरोपणको कार्य भदौ महिनाभित्रै सुरुआत गरिने छ ।”
उक्त अभियानका अभियान्ता जग्गी वासुदेवलाई नेपालमा स्वागत गर्न पाउँदा आफू निकै हर्षित भएको उहाँले बताउनुभयो । माटो जोगाएर पृथ्वीको खेतीयोग्य माटोमा जैविक शक्ति बढाउनका लागि सदगुरु जग्गीले चलाउनुभएको उक्त महाअभियानको जति प्रशंसा गरे पनि कम हुने मन्त्री यादवको भनाइ थियो । सदगुरुलाई यादवले प्रतिबद्धतापत्र हस्तान्तरणसँगै संसारको दुर्लभ एकसिङ्गे गैँडाको फोटो उपहार प्रदान गर्नुभएको थियो ।मन्त्री यादवले भने, “सदगुरुले गर्नुभएको काम, खासगरी हामी राजनीतिज्ञले गर्ने काम हो, हामीले गर्नुपर्ने काम तपाईँले गरिरहनुभएको छ, योभन्दा अरु खुसीको कुरा के होला ?”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३ गते, २०८२ - १५:०४
काठमाडौँ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ ग्रहण र प्रारम्भिक बैठकहरू सिंहदरबारभित्र पुतली बगैँचामा बन्न लागेको नयाँ संसद...
चैत्र ३ गते, २०८२ - १४:२९
घोराही । दाङको लमही नगरपालिकाले घरदैलोमै नागरिकलाई जन्म र मृत्यु दर्ताको प्रमाणपत्र वितरण गर्न सुरु गरेको छ । ‘लमही नगर निर्माण महाअभियान’ अन्तर्गत...
चैत्र ३ गते, २०८२ - १३:५९
दुबई। मध्यपूर्वमा युद्ध तीव्र बन्दै गर्दा संयुक्त अरब इमिरेट्सले अस्थायी रूपमा विमान उडान रोकेको घोषणा गरेको छ। दुबईमा मङ्गलबार बिहान विस्फोट सुन्न सक...
चैत्र ३ गते, २०८२ - १३:३६
तानसेन। पाल्पाबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ)मा चार हजार ७९२ जना विद्यार्थी सहभागी हुने भएका छन् । आगामी चैत १९ गतेदेखि हुने एसइइ परीक्षा...
चैत्र ३ गते, २०८२ - १३:०९
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल आज पितृशोकमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न गुन्डु पुगेका छन्। पूर्व प्रधानमन्त्री समेत रहेक...
चैत्र ३ गते, २०८२ - १३:०२
काठमाडौं । रास्वपा का उपसभापति डोलप्रसाद अर्यालले नवनिर्वाचित सांसदहरूलाई इतिहास लेख्ने सुवर्ण अवसर आएको बताउँदै त्यसलाई सदुपयोग गर्न आग्रह गरेका छन्।...
चैत्र ३ गते, २०८२ - १२:५०
काठमाडौं । काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदहरूका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम ललितपुरको होटल रोयल टुलिपमा जार...
चैत्र ३ गते, २०८२ - १२:४२
खोटाङ। हावाहुरीका कारण खोटाङमा ३० भन्दा बढी घरको छाना उडेको छ। चैत २ गते दिउँसोदेखि रातिसम्म चलेको हावाहुरीले जिल्लाका घरहरूमा व्यापक क्षति पुर्याएको...
चैत्र ३ गते, २०८२ - १२:२३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रमको उद्घाटनसत्रमा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन...
चैत्र ३ गते, २०८२ - १२:१७
नेपालगन्ज। नेपालगन्ज उपमहानगरपालिकाले सडक अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम दिएको छ। उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सुर्खेत रोडअन्तर्गत धम...


प्रतिकृया लेख्नुहोस्: