काठमाडौँ । सरकारले निर्वाचन घोषणा भइसकेपछि कर्मचारी सरुवा गरिरहेको प्रति प्रमुख प्रतिपक्षी एमालेले आपत्ति जनाएको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले निर्वाचन प्रभावित पार्न प्रमुख जिल्ला अधिकारी सहितका कर्मचारी, जिल्ला प्रहरी प्रमुखको सरुवा गरेको आरोप लगाएका हुन् ।
एमालेले त्यसरी गरिएका कर्मचरी सरुवा रोक्न पनि माग गरेको छ ।
ससद भट्टराईले भने 'काम चलाउ सरकारले दीर्घकालीन महत्त्वका कतिपय निर्णय गर्नुका साथै यहिँ प्रतिनिधिसभामा पनि अनेक खालका विधेयक ल्याएर विवेकलाई छाडेर बहुमतको बलमा पारित गर्न खोजेको छ,' उनले भने, 'कर्मचारी सरुवा निरन्तर भइरहेको छ । आसन्न निर्वाचनलाई प्रभावित गर्ने गरी आस्थाका आधारमा आफ्ना मान्छेहरूलाई छानिछानी जिल्लाजिल्लामा प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारी पठाउने काम भएको छ । स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत त्यसैगरी खटाउने काम गरिएको छ । निर्वाचन प्रभावित गर्नेगरी आफ्ना मान्छे छानिछानी पठाउने काम गरिएको छ ।'
निर्वाचन आयोगको अनुमतिमा रिक्त पदहरूमा कर्मचारी खटाउनुपर्ने तर सरुवा गर्न नहुने एमालेको भनाइ छ । 'रिक्त भएका ठाउँमा पठाउने भए निर्वाचन आयोगको अनुमतिले पठाए हामीलाई केही छैन तर रिक्त भएका ठाउँमा हैन सरुवा गरेर अलिकति पनि हामीलाई सघाउँदैन कि भन्ने लागेर, ठ्याक्कै सघाइहाल्ने, बोकेरै हिँड्ने, मिल्ने भए झन्डै बोक्ने मान्छेलाई पठाउने काम अहिलेको सरकारले गरिरहेको छ, भट्टराईले भने ।
एमालेले सरकार र त्यसरी सरुवा भएर जाने कर्मचरीलाई चेतावनी दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २३ गते, २०८३ - १८:०५
काठमाडौं। नेपाल राष्ट्र बैंकले ठूला विद्युतीय सवारीसाधन खरिदका लागि कर्जा प्रवाहलाई सहज बनाउने उद्देश्यले कर्जा–मूल्य अनुपात (एलटीभी) बढाउने व्यवस्था ...
आषाढ़ २३ गते, २०८३ - १७:२०
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले राहदानी (पासपोर्ट) छपाइ र वितरणमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ प्रणाली लागू गर्न लागेको बताएको छन...
आषाढ़ २३ गते, २०८३ - १७:०४
काठमाडौं। संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भएको छ। प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा पुगेको विनियोजन विधेय...
आषाढ़ २३ गते, २०८३ - १६:५६
काठमाडौँ। गृहमन्त्री सुदन गुरुङले मुलुकको शान्ति सुव्यवस्था कायम गर्दै गृह प्रशासनलाई दिगो शान्ति, सुशासन र समृद्धिको आधारका रूपमा अगाडि बढाउने प्रतिब...
आषाढ़ २३ गते, २०८३ - १६:३६
काठमाडौं । आगामी आर्थिक वर्षदेखि वाणिज्य बैंकहरूले विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक...
आषाढ़ २३ गते, २०८३ - १६:२१
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत्मा कर लगाउने सरकारको निर्णयको उद्देश्य जनतालाई अतिरिक्त आर्थिक भार थोपर्नु नभई...
आषाढ़ २३ गते, २०८३ - १६:०७
काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि दुग्ध विकास संस्थान (डिडिसी)ले सङ्कलन गर्ने कच्चा दूधको गुणस्तरमा सुधार आएको छ । ...
आषाढ़ २३ गते, २०८३ - १५:४६
समयमै निर्णय नगर्ने र फाइल रोकेर राख्ने कर्मचारीलाई समेत कारवाही हुन्छ
आषाढ़ २३ गते, २०८३ - १५:२८
काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले धानबालीका लागि आवश्यक मल सहज रूपमा उपलब्ध हुने दाबी गरेको छिन् । मङ्गलवार राष्ट्रिय सभा बैठकमा ...
आषाढ़ २३ गते, २०८३ - १५:२०
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन भइरहेको बताएक...



प्रतिकृया लेख्नुहोस्: