सिमकोट । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्ला शाखाले असोज एक गतेदेखि छुटमा खाद्यान्न वितरण गर्ने भएको छ । दशैँका लागि प्रतिकेजी रु सात कम गर्ने गरी खाद्यान्न वितरण गरिने भएको हो । हिजोआज विक्री भइरहेको मूल्यभन्दा प्रति केजी सात रुपैयाँ कमका दरले असोज एक गतेदेखि कात्तिक १५ गतेसम्म खाद्यान्न वितरण गरिने निमित्त कार्यालय प्रमुख नविनप्रसाद आचार्यले बताए। लिमिटेडले हिजो आज प्रतिकेजी जीरा स्टिम मसिनो रु ८५, अरुवा मध्यम रु ६२, अरुवा मोटो रु ५८, बास्मती रु ११०, सोनामन्सुली रु ६५, अरुवा मकावनपुर रु ६० मा विक्री गर्दै आएको छ । बीस केजी चामलको रु १४०, २५ केजीको रु १७५, ३० केजीको रु २१० छुटमा वितरण गरिने उनले जानकारी दिए।
चामल कम हुँदा वितरण स्थगित
उक्त शाखाको हुम्लास्थित गोदाममा चामल कम हुँदा अहिले वितरण कार्य बन्द गरेकोे छ । दशैँ नजिक आउन लाग्दा चामल कम भएकाले वितरण बन्द गरिएको जनाइएको हो । हुम्लामा विगतका वर्षमा समेत दशैँको मुखमा चामल अभाव हुँदै आएको छ । शाखाका निमित्त प्रमुख आचार्यले अहिले गोदाममा १६ सय क्विन्टल मात्र चामल रहेकाले वितरण स्थगित गरिएको बताए ।, “दशैँ नजिकै आउँदैछ गोदाममा चामल कम छ, त्यसैले असोज एक गतेदेखि वितरण गरिने भएकाले भदौ महिनामा विक्री वितरण स्थगित गरिएको हो,” उनले भने।
एक पटक खाद्यान्न विक्री वितरण गर्न झण्डै ३३ सय क्विन्टल चामल आवश्यक पर्ने भएपनि यो पटक गोदाममा १६ सय क्विन्टल मात्रै मौजाद रहेको छ । वर्षेनी हुम्लाको लागि चामल बढी आउने भएपनि दशैँको मुखमा आफूहरूले नपाउने गरेको खार्पुनाथ गाउँपालिका–४ नैन बहादुर रावलले गुनासो गरे । उक्त गाउँपालिकामा रहेको वितरण केन्द्रबाट आठ महिनादेखि खार्पुनाथबासीले चामल नपाएको उनको भनाइ थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ४ गते, २०८१ - १६:५७
रौतहट । रौतहटको स्थानीय राजपुर नगरपालिका क्षेत्र अन्तर्गत झाडा पखालाको प्रकोप फैलिएको छ भने केहीमा हैजाको जस्तो संकेत देखिएको छ । राजपुर ३ र ४ मा झ...
आश्विन ४ गते, २०८१ - १६:४७
टेक्सस। अमेरिकास्थित नेपाली राजदूतावासले ‘नेपाल डे’ कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ । वासिङ्गटन डिसीस्थित नेपाली राजदूतावासको सभाकक्षम...
आश्विन ४ गते, २०८१ - १६:३३
तम्घास । एक हप्तामा जिल्ला प्रशासन कार्यालय गुल्मीबाट नागरिकता बनाउनेभन्दा राहदानी बनाउने बढी छन्। ८५ जनाले एक हप्ताको अवधिमा नयाँ नागरिकता बनाउँदा...
आश्विन ४ गते, २०८१ - १६:२०
एसियाली विकास बैंकबाट प्राप्त हुने २२ अर्ब ८९ करोड बराबरको ऋण स्वीकार
आश्विन ४ गते, २०८१ - १६:१४
काठमाडौँ । सहकारी ठगिको आरोपमा हिरासतमा रहेका कुमार रम्तेलले रवि लामिछाने सहकारीको ऋणी भएको बयान दिएका छन् । संसदीय छानबिन समितिमा रम्तेलले दिएको बयान...
आश्विन ४ गते, २०८१ - १६:०८
धनगढी। सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित समयका लागि स्थगित भएको छ । शुक्रबार दिउँसो २ बजे प्रदेश सभा बैठक बोलाइएको थियो । उक्त बैठक कारणवश अ...
आश्विन ४ गते, २०८१ - १६:००
काठमाडौँ । भारतविरुद्धको पहिलो टेस्टमा बंगलादेश १४९ रनमा अल आउट भएको छ । टेस्टको दोस्रो दिन बंगलादेश केवल ४७.१ ओभर मात्र खेलेर १४९ रन बनाउदै अलआउट भएक...
आश्विन ४ गते, २०८१ - १५:४२
काठमाडौँ । इजरायलले आफ्नो लडाकु विमानले हिजबुल्लाहका १०० भन्दा बढी रकेट लन्चरलाई निशाना बनाएको जनाएको छ । इजरायली रक्षा बल (आईडीएफ) का अनुसार यी लन्चर...
आश्विन ४ गते, २०८१ - १५:३२
गाजा । गाजा पट्टीका विभिन्न स्थानहरूमा बिहीबार राती इजरायले गरेको हवाई आक्रमणमा परी कैयौँ प्यालेस्टिनीहरू मारिनुका साथै केही घाइते भएका छन् । इजराय...
आश्विन ४ गते, २०८१ - १५:२५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त र...
प्रतिकृया लेख्नुहोस्: