Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

‘जनताको साथमा’ कांग्रेस अभियानको समापनमा प्रधानमन्त्री देउवा चितवन आउने

खबरडबली संवाददाता

चितवन, नेपाली कांग्रेसले सञ्चालन गरेको ‘जनताको साथ’मा काङ्ग्रेस अभियानको समापनका लागि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चितवन आउने भएका छन् । 

यही भदौ १० गते देखि सुरु भएको अभियानको पहिलो चरणको कार्यक्रम समापनका लागि प्रधानमन्त्री देउवा चितवन आउन लागेको हो । नेपाली कांग्रेस चितवनले आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी प्रधानमन्त्री देउवा शुक्रबार चितवन आउन लाग्नुभएको जानकारी गराएको हो । 

कांग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार जननायक विशेश्वरप्रसाद कोइरालाको १०९ औँ जन्मजयन्तीको अवसरमा अभियानको पहिलो चरणको कार्यक्रम सम्पन्न गर्न लागिएको हो । सो अवसरमा ज्येष्ठ राजनीतिकर्मी सम्मान, द्वन्द्व पीडित व्यक्तिहरुको सम्मान र मरणेपरान्त सम्मान गर्न लागिएको छ । जिल्लाका १५० भन्दा बढी व्यक्तिलाई सो अवसरमा सम्मान गर्न लागिएको खनालले जानकारी दिए।
 
अभियानमा जिल्ला कार्यसमितिले पार्टीका आम संरचनालाई परिचालन हुन अपिल गरेको छ । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन लक्षित अभियानमा तीनवटै क्षेत्रिय कार्यसमितिको आयोजनामा क्षेत्रअन्तर्गत महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेसभा कार्यसमिति, पालिका कार्यसमिति, वडा सभापतिहरुको बीचमा अन्तरक्रिया, जिल्लाको आयोजनामा महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिहरुबीच अन्तरक्रिया, सबै वडाका पार्टी सभापति, निर्वाचित वडाध्यक्ष, पालिका प्रमुख तथा उपप्रमुखहरु बीचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

प्रजातान्त्रिक विचार समाजको आयोजनामा पेशाकर्मी र बुद्धिजीवीहरुबीच अन्तरक्रियासमेत सम्पन्न गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । अभियानका क्रममा जिल्लाका सात पालिकामा रहेका ९८ वटा वडामा दुई जनाका दरले प्रतिनिधि खटाई वडाको वस्तुस्थितिबारे जानकारी अध्यावधिक गर्ने कार्यसमेत प्रारम्भ भएको खनालले जानकारी दिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नागार्जुनबाट १ करोड १६ लाख नगदसहित दुई हुन्डी कारोबारी पक्राउ

.काठमाडौं । काठमाडौंमा १ करोड १६ लाख रुपैयाँ नगदसहित दुई युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले भीमढुंगा क्षेत्रबाट दुई जनालाई नियन्त्र...

कांग्रेसका निवर्तमान सांसद चालिसे रिहा, तीन करोड ६८ लाखको मुद्दामा ५ लाख धरौटी माग

काठमाडौं । भ्रष्टाचारको आरोप खेपिरहेका कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसे सँग विशेष अदालत ले पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ। विशेष अदालतक...

स्वास्थ्य बिमा र राष्ट्रिय परिचयपत्र प्रणाली जोड्न समझदारी, अब राष्ट्रिय परिचयपत्र नम्बरबाटै स्वास्थ्य बिमा

काठमाडौँ। स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबीच समझदारी भएको छ । स्वास्थ्य बिमा सेवालाई प्रविधिमैत्री, सुरक्षित र भरपर्द...

मतान्तर मात्र पाँच खर्चमा भने ठुलो अन्तर : पोखरेलले १० लाख खर्च गर्दा लुईंटेल गरे झन्डै ३१ लाख

ओखलढुङ्गा। प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ ओखलढुङ्गाका विजयी र पराजित दुवै प्रमुख उम्मेदवारले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । ...

छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका फरार श्रेष्ठ पक्राउ

काठमाडौँ। छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नेपाल शे...

प्रधानसेनापतिसँग अमेरिकी लेफ्टिनेन्ट जनरलको भेट

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख लेफ्टिनेन्ट जनरल जोएल भोवेलले भेटवार्ता गरेका छन् । सैनिक म...

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।आज नेप्से परिसूचक २६ दशमलव ०७ अङ्कले घटेर दुई हजार ७९८ दशमलव ८३ को ब...

समानुपातिक सांसदको सूचीमा कुनै पनि दलको त्रुटि छैन: निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग ले समानुपातिक प्रणालीतर्फ सांसदका लागि दलहरूले पठाएको सूचीमा कुनै त्रुटि नभएको जनाएको छ। आयोगको कानुन तथा राजनीतिक दल व्यव...

काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउने उद्देश्यका साथ छुट्टै सुक्खा फोहर व्यवस्थापन कार्य सुरु गरेको छ । यसका...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि: भाडा समायोजन गर्न यातायात व्यवसायीको माग

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिको विरोध गर्दै सरकारले तत्काल सार्वजनिक यातायातको भाडा...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: