Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

भरतपुर अस्पतालमा स्वास्थ्य बीमाका बिरामीको आकर्षण बढ्दो

खबरडबली संवाददाता
चितवन । सरकारले सामाजिक सुरक्षा कार्यक्रम लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमप्रति यहाँको भरतपुर अस्पतालमा आकर्षण बढ्दै गएको छ । अस्पतालमा विसं २०७४ भदौ १ गतेबाट बीमा कार्यक्रम लागू भएको हो । 
 
सरकारले नेपालमा विसं २०७२ मा कार्यक्रम सुरु गरेको थियो । भरतपुर अस्पतालले बीमा कार्यक्रमलाई मुख्य प्राथमिकतामा राखेसँगै यो कार्यक्रम सेवाग्राहीका माझ लोकप्रिय बन्दै गएको छ । अस्पतालमा आउने ७० प्रतिशतभन्दा बढी बिरामी बीमाका हुने गरेका छन् । त्यसो त अस्पतालले कार्यक्रम लागू गरेको पाँच वर्ष पुग्दै गर्दा रु ९३ करोड ५८ लाख ९५ हजार बीमा दाबी भुक्तानी लिएको छ ।
 
अस्पतालको स्वास्थ्य बीमा कार्यक्रमका संयोजक लिलाधर पौडेलका अनुसार पछिल्ला वर्षहरुमा बीमा दाबी रकम बढेको छ । यस आर्थिक वर्षको साउन यता मात्रै अस्पतालले रु १३ करोड ३२ लाख ४३ हजार दाबी भुक्तानी पाएको छ । गत आर्थिक वर्षमा अस्पतालले रु ३० करोड ७९ लाख ७४ हजार दाबी भुक्तानी लिएको थियो । बीमामा बिरामीको आकर्षण बढेकै कारण सङ्ख्या थपिएर दाबी भुक्तानी रकम बढेको हो ।
 
पौडेलले भने, “दाबी गरिएका अधिकांश फाइल सदर भएर धेरै रकम पाउने भरतपुर अस्पताल पहिलो हो”, स्वास्थ्य बीमा बोर्डबाट हालसम्म चार सय ५० अस्पतालमा भुक्तान भएकोमध्ये सबैभन्दा बढी रकम भरतपुर अस्पतालमा आएको छ । बिरामीको उपचारपछि रकम दाबी गर्ने गरिन्छ । अस्पतालको बीमा शाखामा दक्ष कर्मचारी राखेर निरन्तर दाबी भुक्तानीका लागि काम गरिएको अस्पतालले जनाएको छ । 
 
स्वास्थ्य बीमा कार्यक्रम सेवाग्राहीको माझ प्रभावकारी र गुणस्तरीय बनाउन स्वास्थ्य बीमा बोर्डले बीमाको नीति पृथक बनाएर नियमन गर्नुपर्ने पौडेलको सुझाव छ । उनले सेवाप्रदायक संस्थाले पनि आफ्नो संस्थाको आन्तरिक व्यवस्थापनलाई चुस्त बनाई उपकरण र जनशक्ति थप गर्दै लैजानुपर्ने बताए ।  
 
स्वास्थ्य बीमाको पहिलो विन्दु भरतपुर अस्पताल बनाउने चितवनसहित नवलपुर, धादिङ, गोरखा, तनहुँ, मकवानपुरका समेत रहेका छन् । रिफर भएर आउने बिरामी यी सहित २२ जिल्लाभन्दा बढीका हुने गरेका छन् । अधिकांश बिरामी स्वास्थ्य बीमामार्फत सेवा लिन उच्च महत्वकांक्षाका साथ आउने गरेको पौडेलको भनाइ छ । उनले भने, “सरकारी भरतपुर अस्पतालमा विशेषज्ञ चिकित्सकको सङ्ख्या बढी रहेको र सेवाप्रति आकर्षण बढी हुने गरेकाले दैनिक निकै बिरामी आउने गर्दछन् ।” बिरामीको उच्च चाप र न्यून जनशक्तिका कारण बीमाका सबै बिरामीले सोचेजस्तो सेवा लिन भने सकेका छैनन् । अस्पतालमा दैनिक दुई हजारसम्म बहिरङ्ग सेवामा बिरामी आउने गर्दछन् ।
 
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलले बीमा शाखामार्फत गरिएका मेहनत र प्रयासका कारण अस्पतालको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्न सफल भएको बताउनुभयो । उनले भने, “साउन लागेपछि मात्रै सबैभन्दा बढी रकम भरतपुर अस्पतालले पाउनुमा यहाँका सेवाप्रदायक चिकित्सक, नर्स र कर्मचारीको भूमिका महत्वपूर्ण छ ।” यसरी लाग्नेलाई संस्थागत रुपमा अस्पतालले सधैँ सम्मान गर्ने भन्दै उनले अस्पतालमा ओएनएम सर्वेअनुरुपको जनशक्ति प्राप्त भएसँगै कुनै समस्या नरहने गरी गुणस्तरीय सेवा दिन सकिने बताए ।
 
छ सय शय्याको अस्पतालमा नेपाल सरकारका एक सय ७५ कर्मचारी रहेका छन् । बाँकी अस्पताल विकास समितिले धान्दै आएको छ । ओएनएम सर्वेअनुसार एक हजार ८५ कर्मचारी नेपाल सरकारका हुनुपर्दछ । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी सेवाग्राहीलाई सोचेजस्तो सेवा अझै दिन नसकिएको भन्दै उनले क्रमशः सेवामा गुणस्तरीयता वृद्धि गरिँदै लगिने बताए। विगतको तुलनामा बिरामीले राम्रो सेवा पाउँदै गएको भन्दै उहाँले जनशक्तिका कारण अस्पतालले चाहे जति गर्न नसकेको बताउनुभयो । बीमा कार्यक्रम अस्पताल सञ्चालनको मुख्य मेरुदण्ड भएको भन्दै उनले थप व्यवस्थित बनाउनुपर्ने बताए।
 
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले भरतपुर अस्पतालको बीमा कार्यक्रम राम्रो रहेको बताए । अस्पतालले बीमा दाबी गर्दा आवश्यक कागजात पु¥याएर गरेकाले दाबी गरिएका अधिकांश फाइल सदर हुँदा धेरै रकम लिन सफल भएको उनले बताए। पछिल्ला वर्षहरुमा अस्पतालको गुणस्तरमा सुधारसँगै बढेका बीमाका बिरामीले राम्रो सेवा पाएको बसौला बताउछन् । बोर्डले स्थापना भएपछि हालसम्म रु २४ अर्ब निकासा गरेकोमा सरकारी सेवा प्रदायक सबैभन्दा धेरै रकम भरतपुर अस्पताल गएको उहाँले जानकारी दिए।
 
बोर्डले साउनमा चार सय ५० अस्पताललाई रु दुई अर्ब ६७ करोड भुक्तानी गर्दा भरतपुर अस्पताललाई रु १३ करोड बढी पठाएको छ । बोर्डले सेवालाई व्यवस्थित गर्दै असारसम्मको बाँकी रकम एक महिनाभित्रमा भुक्तानी गर्ने गरी काम गरिरहेको बसौला बताउछन् । असारसम्म अस्पतालले भुक्तानी पाउनुपर्ने रकम रु दुई अर्ब ५० करोड हाराहारी छ । स्वास्थ्य बीमा कार्यक्रममा ६० लाख सदस्य बनिसकेका छन् ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन र जेन–जी अगुवाहरुबीच भेटवार्ता जारी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र जेन–जी अगुवाहरूबीच भेटवार्ता भएको छ। बिहीबार अपराह्न साढे ४ बजे उनीहरूबीच छलफल सुरु भए...

रवि, बालेन र कुलमानबीच आज साँझ फेरि भेटवार्ता हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), ऊर्जामन्त्री कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...

काम गर्दा गर्दैपनि दिनदिनै गालीगलौज र राजीनामाको दबाब झेल्नुपरेको छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन–जी समूहबाट निरन्तर सरकार छोड्न दबाब आइरहेको गुनासो गरेकी छन्। बिहीबार बाह्रखरी कथा प्रतियोग...

बालेन शाह र बाबुराम भट्टराई बीच पनि भेटवार्ता

काठमाडौं । काठमाडौंका मेयर बालेन शाह र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। आज अपराह्न, भट्टराई ललितपुरस्थित छलफल स्थलमा अपराह्न...

रमेश लेखक जाँचबुझ आयोगमा बयान दिन जाने

काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले आफू जाँचबुझ आयोगमा बयान दिन जाने तयारीमा रहेको बताएका छन्। बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर...

बालेनलाई भेटेर केहि बेरमै निस्किए शिशिर खनाल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग रास्वपा नेता शिशिर खनालले भेट गरेका छन्। नेता खनाल भेटका लागि ललितपुरको ज्वागलस्थित मेयर शाहका सह...

चितवन–३ बाट एकल रेनु दाहाल सर्वसम्मत उम्मेदवारमा सिफारिस

चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नं. ३ बाट आगामी निर्वाचनका लागि सर्वसम्मत उम्मेदव...

रवि लामिछाने र बालेन शाहबीच फेरि छलफल हुने

काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच फेरि राजनीतिक छलफल हुने भएको छ। आगामी निर्वाचनमा सहकार्य गर्ने ...

रवि लामिछानेलाई प्रश्न: लौरो टेक्ने कि घण्टी बजाउने ?

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेका छन्। यो वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको ...

उच्च शिक्षाको लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्नु जरुरी: प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउनु जरुरी रहेको बताएको छिन्। बिहीबार त्रिभुवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोध...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending