Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

बाँके डेङ्गु रोगको उच्च जोखिममा

खबरडबली संवाददाता

बाँके । बाँके जिल्ला डेङ्गु रोगको उच्च जोखिममा रहेको स्वास्थ्यकर्मीले बताएका छन् । भारतसँग सीमा जोडिएको नेपालगञ्जमा पछिल्लो समय डेङ्गुका रोगी भेटिने क्रम बढ्दै गएको पाइएको छ । बाँकेमा अहिलेसम्म ११ जनामा सो रोगको सङ्क्रमण देखिएको छ । तीमध्ये पाँच जना नेपालगञ्ज उपमहानगरपालिका, चार जना कोहलपुर र एक जना बैंजनाथ गाउँपालिकाका रहेका छन् ।

भेरी अस्पताल नेपालगञ्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डेले पछिल्लो १८ वर्षदेखि नेपालमा डेङ्गु रोगको जोखिममा रहेको बताए। यसको नियन्त्रण र रोकथाम भनेकै व्यवस्थित सहरीकरण र लामखुट्टे नष्ट गर्ने कार्य भएको उल्लेख गर्दै उहाँले डेङ्गु रोगको आशङ्कामा अनावश्यक घरेलु उपचारमा नलाग्न सर्वसाधारणलाई आग्रह गरे।

भेरी अस्पताल नेपालगञ्जले बिरामीको चाप बढेपछि कोभिडका लागि छुट्याएको वार्डमा डेङ्गुलगायतका बिरामी राखेको छ । कोभिडको भन्दा डेङ्गुलगायतका बिरामी बढेपछि उक्त वार्डमा बिरामीलाई राखिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा बद्री चापागाईँले जानकारी दिए।

उहाँका अनुसार भेरी अस्पतालमा बिरामी बढेर राख्ने ठाउँ छैन । ठाउँ नभएपछि कुरुवाका लागि बनाइएको बेन्च, कुर्सीमा बिरामी वसेका छन् । भेरी अस्पताल नेपालगञ्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा पाण्डेका अनुसार डेङ्गुका ९० प्रतिशत बिरामीमा लक्षण देखिँदैन । लक्षण देखिए पनि ९९ प्रतिशत गम्भीर हुँदैनन् । एक प्रतिशत बिरामी गम्भीर हुन्छन् । त्यही एक प्रतिशतमध्येको ५० प्रतिशत उपचार नपाउँदा मृत्यु हुन्छ ।

अस्पतालमा डेङ्गुलगायतका बिरामी बढेपछि सिफारिस गर्ने क्रम बढेको छ । एकै दिन अस्पतालमा पुगेर दर्जन बढी फर्किरहेका छन् । पश्चिम नेपालको बिरामी प्रेषण केन्द्रका रुपमा रहेको भेरी अस्पतालमा डेङ्गु रोगबाट दुई जनाको मृत्यु भइसकेको छ ।

डेङ्गु रोग रोकथाम र नियन्त्रणका लागि लामखुट्टेका लार्भा नष्ट गर्ने र आम मानिसलाई सचेतना जगाउने अभियानलाई तीव्र पारिएको स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग स्रोत व्यक्ति दुर्गा गौतमले बताए । डेङ्गुका बिरामी बढ्दै गएपछि नेपालगञ्ज उपमहानगरपालिकाले नियन्त्रण अभियान तीव्र पारेको उपमहानगरका उपप्रमुख कमरुद्दिन राईले बताए। डेङ्गु रोग रोकथाम तथा नियन्त्रणका विषयमा तत्काल कदम उठाउन सम्बद्ध सरोकारवाला निकायको पनि गम्भीर ध्यानाकर्षण गराइएको उनले बताए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन र जेन–जी अगुवाहरुबीच भेटवार्ता जारी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र जेन–जी अगुवाहरूबीच भेटवार्ता भएको छ। बिहीबार अपराह्न साढे ४ बजे उनीहरूबीच छलफल सुरु भए...

रवि, बालेन र कुलमानबीच आज साँझ फेरि भेटवार्ता हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), ऊर्जामन्त्री कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...

काम गर्दा गर्दैपनि दिनदिनै गालीगलौज र राजीनामाको दबाब झेल्नुपरेको छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन–जी समूहबाट निरन्तर सरकार छोड्न दबाब आइरहेको गुनासो गरेकी छन्। बिहीबार बाह्रखरी कथा प्रतियोग...

बालेन शाह र बाबुराम भट्टराई बीच पनि भेटवार्ता

काठमाडौं । काठमाडौंका मेयर बालेन शाह र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। आज अपराह्न, भट्टराई ललितपुरस्थित छलफल स्थलमा अपराह्न...

रमेश लेखक जाँचबुझ आयोगमा बयान दिन जाने

काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले आफू जाँचबुझ आयोगमा बयान दिन जाने तयारीमा रहेको बताएका छन्। बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर...

बालेनलाई भेटेर केहि बेरमै निस्किए शिशिर खनाल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग रास्वपा नेता शिशिर खनालले भेट गरेका छन्। नेता खनाल भेटका लागि ललितपुरको ज्वागलस्थित मेयर शाहका सह...

चितवन–३ बाट एकल रेनु दाहाल सर्वसम्मत उम्मेदवारमा सिफारिस

चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नं. ३ बाट आगामी निर्वाचनका लागि सर्वसम्मत उम्मेदव...

रवि लामिछाने र बालेन शाहबीच फेरि छलफल हुने

काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच फेरि राजनीतिक छलफल हुने भएको छ। आगामी निर्वाचनमा सहकार्य गर्ने ...

रवि लामिछानेलाई प्रश्न: लौरो टेक्ने कि घण्टी बजाउने ?

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेका छन्। यो वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको ...

उच्च शिक्षाको लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्नु जरुरी: प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउनु जरुरी रहेको बताएको छिन्। बिहीबार त्रिभुवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोध...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending