काठमाडौं । नेपाल प्रहरीले ज्यान मार्ने उद्योगमा फरार एक जनालाई १६ वर्षपछि पक्राउ गरी जेल चलान गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले विसं २०६३ साउन २ गते काठमाडौँ महानगरपालिका वडा नं ३२ कोटेश्वर चोकमा मनोज खड्काको हत्यामा सङ्लग्न कुमार तामाङ भन्ने राजकुमार मगरलाई पक्राउ गरी आइतबार डिल्लीबजार कारागार चलान गरेको हो ।
साथीको जन्मदिन मनाउने क्रममा झगडा हुँदा विसं २०६३ साउन २ गते राति १० बजे गम्भीर घाइते भएका खड्काको भोलिपल्ट बिहान ५ बजे उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका मगरलाई जिल्ला अदालतको आदेशानुसार कारागार चलान गरेको जानकारी दिए ।
प्रवक्ता मैनालीका अनुसार कर्तव्य ज्यान मुद्दामा फरार रहेका मगरलाई विस २०७९ साउन ३० गते कतार प्रहरीको सहयोगमा पक्राउ गरी काठमाडौँ ल्याइएको हो । जिल्ला अदालतको आदोअनुसार मगरलाई आइतबार डिल्लीबजार कारागार चलान गरिएको प्रवक्ता मैनालीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १ गते, २०८२ - ०८:०१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी नेकपाले प्रतिनिधि सभा सदस्यतर्फ समानुपातिकको सूची आइतबार टुङ्गो लगाउने भएको छ। निर्वाचन आयोगले तीन दिनभित्र सम...
चैत्र १ गते, २०८२ - ०७:५९
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ। कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार प्रतिनिध...
चैत्र १ गते, २०८२ - ०७:५३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को सचिवालयको बैठक आज बस्ने भएको छ । यसअघि शनिबार नै बस्ने भनिएको बैठक सभापति रवि लामिछाने अस्वस्थ भएपछि...
चैत्र १ गते, २०८२ - ०७:४५
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान गरिएको छ । सडकमा ढुङ्गा खस्न सक्ने सम्भावना भएकाले रातका समयमा पनि उक्त ...
चैत्र १ गते, २०८२ - ०७:४१
म्याग्दी । २२.५ मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् केन्द्रीय लाइनमा जोडिएको छ । रघुगङ्गा गाउँपालिका–७ मा ठू...
चैत्र १ गते, २०८२ - ०७:३७
गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । मनकामना मन्दिर दर्शन गरेर फर्कंद...
चैत्र १ गते, २०८२ - ०७:३१
कास्की । जिल्ला प्रशासन कार्यालयले ग्यास सिलिण्डर लुकाएर बजारमा कृत्रिम अभाव सृजना गर्ने एक ग्यास डिलरलाई ५० हजार जरिवाना गरेको छ । बजार अनुगमनका ...
चैत्र १ गते, २०८२ - ०७:२९
काठमाडौँ । गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल छ हजार ७९९ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ...
चैत्र १ गते, २०८२ - ०७:२८
मान्म (कालीकोट) । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र बुढाको शव भेटिएको परेको छ । उनको शव आज नरहरिनाथ-२ स्थित मजिउन खोल...
चैत्र १ गते, २०८२ - ०७:१८
काठमाडौँ । पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा आइतबारदेखि भने पश्चिम नेपालसम्म वर्षा विस्तार हुने भएको छ । जल तथा मौसम विज...


प्रतिकृया लेख्नुहोस्: