काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा बोल्नुहुने सांसदले डेङ्गु नियन्त्रणका लागि सरकारले गरिरहेको कामका बारेमा सदनलाई जानकारी गराउन माग गरेका छन् ।
बैठकमा सांसद प्रेम सुवालले डेङ्गु रोगले जनता पीडित रहेको अवस्थामा यसलाई नियन्त्रण गर्न सरकारले के काम गरिरहेको छ भनेर स्वास्थ्य मन्त्रीले सदनलाई जानकारी गराउनपर्ने माग गरे । साथै उनले सबै दलले समाजवादी व्यवस्थाको विचारधारा अपनाएको भएपनि त्यसलाई जनजीवनमा कार्यान्वयन गर्न कुनै काम नगरेको आरोप लगाए।
सांसद खगराज अधिरारीले गुठीको समस्या समाधान गर्न हालै सरकारले अघि बढाएको गुठी विधेयकले कसरी समस्या समाधान गर्न सक्छ भनी सरकारसँग जवाफ माग गर्नुभयो । उनले अघिल्लो सरकारले मुलुकभर एक सय ६५ निर्वाचन क्षेत्रमा अघि बढाएका सडक आयोजनाका लागि वर्तमान सरकारले बजेट निकासा नगरेको आरोप लगाए।
सांसद डा सूर्य पाठकले दोस्रो विश्व युद्धताका बर्मा, थाइल्याण्ड, मलेसियालगायत विभिन्न मुलुक पुगेका थातथलो नेपालमै भएका नेपालीहरु ९पिपुल्स अफ ओरिजिन नेपाल०लाई गैरआवासीय नेपालीलाई प्रदान गरिने जस्तै परिचय पत्र प्रदान गर्न सुझाव दिए। सांसद हितबहादुर तामाङले संविधानअनुसार सबै जातजाति, भाषाभाषीले आफ्नो भाषा प्रयोग गर्न पाउने गरी व्यवस्था गर्न सरकारसँग माग गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - १३:२५
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आज अर्थपूर्ण भेटवार्ता हुने भएको ...
पौष १० गते, २०८२ - १३:०७
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहसँग संसद् पुनर्स्थापनाका विषयमा छलफल भएको बताएका छन्। ल...
पौष १० गते, २०८२ - १२:५९
काठमाडौं । वैकल्पिक राजनीतिक शक्ति निर्माणको छलफलमा जुटेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर ब...
पौष १० गते, २०८२ - १२:५४
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उज्यालो नेपालका संरक्षक तथा पूर्व मन्त्री कुलमान घिसिङसँग आगामी निर्वाचनमा सहकार्यबारे छुट्टै छलफल...
पौष १० गते, २०८२ - १२:३१
काभ्रेपलाञ्चोक। सिन्धुलीको तिनपाटन गाउँपालिका–६ गडाम्रेमा बोलेरो पिकअप गाडी दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्। गडाम्रेबाट चकमकेतर्फ जाँद...
पौष १० गते, २०८२ - १२:२१
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ राजनीतिक दलमार्फत अघि बढ्ने तयारीस्वरूप ३० जनाभन्दा बढी नेता, अभियन्ता, कलाकार तथा सञ्चारकर्म...
पौष १० गते, २०८२ - १२:१०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच आज भेटवार्ता हुने भएको छ। सोमबार...
पौष १० गते, २०८२ - ११:४३
काठमाडौँ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले पेटभित्र कोकिन लुकाएर तस्करी गर्ने एक थाइ नागरिकलाई पक्राउ गरेको छ। लाओसबाट बैंकक हुँदै काठमाड...
पौष १० गते, २०८२ - ११:२९
मुस्ताङ। लोमान्थाङ गाउँपालिका–२, छोसेरमा रहेका होटल बन्द गरी व्यवसायी जाडो छल्न बेंसी झरेपछि मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्कासहित कर्मचारील...
पौष १० गते, २०८२ - १०:५८
बाजुरा । बाजुराको सदरमुकाम मार्तडी–कोल्टीमा रहेको ४२ किलोमिटर सडक अझै कालोपत्रे हुन सकेको छैन । सो सडक कालोपत्रे नहुँदा धनगढी, अत्तरिया, महेन्द्रनगर, ...




प्रतिकृया लेख्नुहोस्: