Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

युक्रेनी सहर जहाँ बिजुली र पानी छैन तर मानिसहरू खुसी छन्

चीन रुससँग मिलेर महाशक्तिको रूपमा काम गर्न इच्छुक

खबरडबली संवाददाता

काठमाडौं । सोमबार राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हालसालै रुसको कब्जाबाट स्वतन्त्र पारिएको इज्युम सहरमा युक्रेनी झन्डा फहराए। त्यस लगत्तै बीबीसी त्यहाँ पुगेको थियो। विद्युत् र पानीबाट वञ्चित त्यस सहरका मानिसहरूलाई युक्रेनी सेनाको उपस्थितिले भने केही राहत दिएको थियो।

इज्युम सहरको नजिक पुग्दै जाँदा त्यहाँबाट रुसी सेना द्रुत गतिमा पछाडि हटेको थप प्रमाणहरू भेटिन्छन्।

युक्रेनी सेना सहर नजिकै सडकको छेउमा मिलेर बसेका भेटिए। उनीहरू फराकिलो मुस्कानसहित युद्धले पारेको क्षतिको निरीक्षण गर्दै थिए।

त्यहाँ त्यागिएका दुई वटा रुसी ट्याङ्कहरू देखिन्छन्। तीमध्ये एउटामा पहिले नै युक्रेनी झन्डा लगाइएको थियो। एउटा ट्याङ्कलाई खाल्डोबाट निकाल्न अर्को ट्याङ्कको सहायतामा तान्न प्रयास गरिरहँदा सैनिकहरू उत्सव मनाउँदै एक अर्कालाई अँगालो हाल्छन्।

सहरभित्रै त्यागिएको अर्को ट्याङ्क सडकको बीचमा रुसको पराजयको सङ्केतको रूपमा रहेको छ। एक स्थानीयवासीले उक्त ट्याङ्कलाई 'थम्ब्स डाउन' दिँदै त्यसको अघिल्तिर उभिएर तस्बिर खिचिरहेको देखिन्छन्।

सहरवासीहरू फर्कने क्रम सुरु

त्यसै क्रममा एउटा सानो खालको भ्यानबाट दुईजना महिला हातभरि साना झोला लिएर निस्कन्छन्। उनीहरूले खाद्यान्नसहित केही सामग्री बोकेका हुन्छन्। ६१ वर्षीया लारिसा र उनकी साथी भिक्टोरिया आक्रमणयता पहिलो पटक घर फर्किएका हुन्।

लरिसाका अनुसार उनीहरूले युद्धको सुरुमा इज्युम छोडेका थिए र अहिले फर्कन पाउँदा खुसी छन्। तर अवस्था जटिल छ। किनकि सहरको केन्द्रमा अवस्थित उनको घर क्षतिग्रस्त भएको छ।

सहरमा धेरै ठाउँमा गोलाबारी भएका छन् र भवनहरू जलेर काला भएका छन्। यद्यपि सहर शान्त छ। दिउँसो वर्षाका बीच क्षतिग्रस्त नगर परिषद्को भवन बाहिर केही दर्जन मानिसहरू अचार, सुक्खा सामान र बोतलको पानी सहितका सहायतासामग्रीको पर्खाइमा उभिरहेका छन्। सहरका मानिसहरू पानी, विद्युत् र न्यानोबाट वञ्चित छन्।

कति मानिस मारिए?

सहरमा युद्धमा ज्यान गुमाउनेहरूको सङ्ख्या अझै पनि गणना भइरहेको छ। तर स्थानीय अधिकारीहरूका अनुसार मार्च महिनामा पाँच तले आवासीय भवनमा भएको हवाई आक्रमणमा बालबालिकासहित ४७ जना मारिएका थिए। आक्रमणको कारण भवनको बीच भागमा ठूलो भ्वाङ् परेको थियो।

उक्त भवनमा आज पनि केही अपार्टमेन्टहरू स्पष्ट देखिन्छन्। माथिल्लो तलाको एउटा भागमा टेबलमाथि टीभी राखिएको छ। त्योभन्दा केही तला तल दराजमा मिलाएर झुन्डाइएका लुगाहरू देखिन्छन्। लाग्छ, ती लुगा फेरि लगाउन योग्य छन्। तीनजना मुस्कुराइ रहेका महिलाहरू भवनको भग्नावशेषमा फेला परेको सानो एल्बममा फोटोहरू हेरिरहेका देखिन्छन्।

२२ वर्षदेखि उक्त भवनमा बसेकी ६९ वर्षीया तातियानाले दोस्रो तलामा रहेको आफ्नो बरन्डा देखाइन्।

त्यहाँ सबेरै आक्रमण भएको उनी सम्झन्छिन्। त्यतिबेला उनी भने आश्रयस्थलमा गइसकेकी थिइन्। उनका अनुसार अपार्टमेन्टकै एउटा भागमा आश्रय लिइरहेकाहरू न्यानोपनको निम्ति भवनको केन्द्रमा जम्मा भएका थिए। हवाई आक्रमण भवनको मध्यभागमा भएको थियो।

रुसले आफ्नो कमान्ड सेन्टर बनाएको प्रशासनिक भवनको बाहिर एक रुसी चिन्ह अझै ढोकामा झुन्डिएको छ। जलेको रुसी झन्डा फ्याँकिएको छ।

भवनको भित्र कागजपत्र भएका बाकसहरू छरिएका छन्। रुसीहरूले मानिसहरूलाई हिरासतमा राखेको प्रहरी कार्यालयमा केही थान युक्रेनी राहदानीहरू भेटिए। स्थानीय प्रहरीका अनुसार ती राहदानी रुसी सेनाले सहर नियन्त्रणमा लिँदा जफत गरेका हुन्।

युद्धबारे चीनको चासो

फरक घटनाक्रममा रुसी आक्रमणपछि चिनियाँ राष्ट्रपति सी जिन्पिङ र भ्लादिमिर पुटिनको पहिलो भेटवार्ता भएको छ। उक्त वार्तामा चीनले युक्रेनबारे "चिन्ता" प्रकट गरेको पुटिनले स्वीकार गरेका छन्।

तर उज्बेकिस्तानमा बोल्दै पुटिनले युद्धबारे चीनको "सन्तुलित विचार"को लागि धन्यवाद व्यक्त गर्दै भने: अमेरिकाको "एकध्रुवीय विश्व सिर्जना गर्ने प्रयास" असफल हुनेछ।

सीले चीन रुससँग मिलेर "महाशक्ति"को रूपमा काम गर्न इच्छुक रहेको बताए।

चीनले युक्रेनमाथि रुसको आक्रमणलाई समर्थन जनाएको छैन। तर यस देशले युद्ध सुरु भएदेखि मस्कोसँग व्यापार र अन्य सम्बन्धहरू बढाएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending