Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

युक्रेनी सहर जहाँ बिजुली र पानी छैन तर मानिसहरू खुसी छन्

चीन रुससँग मिलेर महाशक्तिको रूपमा काम गर्न इच्छुक

खबरडबली संवाददाता

काठमाडौं । सोमबार राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हालसालै रुसको कब्जाबाट स्वतन्त्र पारिएको इज्युम सहरमा युक्रेनी झन्डा फहराए। त्यस लगत्तै बीबीसी त्यहाँ पुगेको थियो। विद्युत् र पानीबाट वञ्चित त्यस सहरका मानिसहरूलाई युक्रेनी सेनाको उपस्थितिले भने केही राहत दिएको थियो।

इज्युम सहरको नजिक पुग्दै जाँदा त्यहाँबाट रुसी सेना द्रुत गतिमा पछाडि हटेको थप प्रमाणहरू भेटिन्छन्।

युक्रेनी सेना सहर नजिकै सडकको छेउमा मिलेर बसेका भेटिए। उनीहरू फराकिलो मुस्कानसहित युद्धले पारेको क्षतिको निरीक्षण गर्दै थिए।

त्यहाँ त्यागिएका दुई वटा रुसी ट्याङ्कहरू देखिन्छन्। तीमध्ये एउटामा पहिले नै युक्रेनी झन्डा लगाइएको थियो। एउटा ट्याङ्कलाई खाल्डोबाट निकाल्न अर्को ट्याङ्कको सहायतामा तान्न प्रयास गरिरहँदा सैनिकहरू उत्सव मनाउँदै एक अर्कालाई अँगालो हाल्छन्।

सहरभित्रै त्यागिएको अर्को ट्याङ्क सडकको बीचमा रुसको पराजयको सङ्केतको रूपमा रहेको छ। एक स्थानीयवासीले उक्त ट्याङ्कलाई 'थम्ब्स डाउन' दिँदै त्यसको अघिल्तिर उभिएर तस्बिर खिचिरहेको देखिन्छन्।

सहरवासीहरू फर्कने क्रम सुरु

त्यसै क्रममा एउटा सानो खालको भ्यानबाट दुईजना महिला हातभरि साना झोला लिएर निस्कन्छन्। उनीहरूले खाद्यान्नसहित केही सामग्री बोकेका हुन्छन्। ६१ वर्षीया लारिसा र उनकी साथी भिक्टोरिया आक्रमणयता पहिलो पटक घर फर्किएका हुन्।

लरिसाका अनुसार उनीहरूले युद्धको सुरुमा इज्युम छोडेका थिए र अहिले फर्कन पाउँदा खुसी छन्। तर अवस्था जटिल छ। किनकि सहरको केन्द्रमा अवस्थित उनको घर क्षतिग्रस्त भएको छ।

सहरमा धेरै ठाउँमा गोलाबारी भएका छन् र भवनहरू जलेर काला भएका छन्। यद्यपि सहर शान्त छ। दिउँसो वर्षाका बीच क्षतिग्रस्त नगर परिषद्को भवन बाहिर केही दर्जन मानिसहरू अचार, सुक्खा सामान र बोतलको पानी सहितका सहायतासामग्रीको पर्खाइमा उभिरहेका छन्। सहरका मानिसहरू पानी, विद्युत् र न्यानोबाट वञ्चित छन्।

कति मानिस मारिए?

सहरमा युद्धमा ज्यान गुमाउनेहरूको सङ्ख्या अझै पनि गणना भइरहेको छ। तर स्थानीय अधिकारीहरूका अनुसार मार्च महिनामा पाँच तले आवासीय भवनमा भएको हवाई आक्रमणमा बालबालिकासहित ४७ जना मारिएका थिए। आक्रमणको कारण भवनको बीच भागमा ठूलो भ्वाङ् परेको थियो।

उक्त भवनमा आज पनि केही अपार्टमेन्टहरू स्पष्ट देखिन्छन्। माथिल्लो तलाको एउटा भागमा टेबलमाथि टीभी राखिएको छ। त्योभन्दा केही तला तल दराजमा मिलाएर झुन्डाइएका लुगाहरू देखिन्छन्। लाग्छ, ती लुगा फेरि लगाउन योग्य छन्। तीनजना मुस्कुराइ रहेका महिलाहरू भवनको भग्नावशेषमा फेला परेको सानो एल्बममा फोटोहरू हेरिरहेका देखिन्छन्।

२२ वर्षदेखि उक्त भवनमा बसेकी ६९ वर्षीया तातियानाले दोस्रो तलामा रहेको आफ्नो बरन्डा देखाइन्।

त्यहाँ सबेरै आक्रमण भएको उनी सम्झन्छिन्। त्यतिबेला उनी भने आश्रयस्थलमा गइसकेकी थिइन्। उनका अनुसार अपार्टमेन्टकै एउटा भागमा आश्रय लिइरहेकाहरू न्यानोपनको निम्ति भवनको केन्द्रमा जम्मा भएका थिए। हवाई आक्रमण भवनको मध्यभागमा भएको थियो।

रुसले आफ्नो कमान्ड सेन्टर बनाएको प्रशासनिक भवनको बाहिर एक रुसी चिन्ह अझै ढोकामा झुन्डिएको छ। जलेको रुसी झन्डा फ्याँकिएको छ।

भवनको भित्र कागजपत्र भएका बाकसहरू छरिएका छन्। रुसीहरूले मानिसहरूलाई हिरासतमा राखेको प्रहरी कार्यालयमा केही थान युक्रेनी राहदानीहरू भेटिए। स्थानीय प्रहरीका अनुसार ती राहदानी रुसी सेनाले सहर नियन्त्रणमा लिँदा जफत गरेका हुन्।

युद्धबारे चीनको चासो

फरक घटनाक्रममा रुसी आक्रमणपछि चिनियाँ राष्ट्रपति सी जिन्पिङ र भ्लादिमिर पुटिनको पहिलो भेटवार्ता भएको छ। उक्त वार्तामा चीनले युक्रेनबारे "चिन्ता" प्रकट गरेको पुटिनले स्वीकार गरेका छन्।

तर उज्बेकिस्तानमा बोल्दै पुटिनले युद्धबारे चीनको "सन्तुलित विचार"को लागि धन्यवाद व्यक्त गर्दै भने: अमेरिकाको "एकध्रुवीय विश्व सिर्जना गर्ने प्रयास" असफल हुनेछ।

सीले चीन रुससँग मिलेर "महाशक्ति"को रूपमा काम गर्न इच्छुक रहेको बताए।

चीनले युक्रेनमाथि रुसको आक्रमणलाई समर्थन जनाएको छैन। तर यस देशले युद्ध सुरु भएदेखि मस्कोसँग व्यापार र अन्य सम्बन्धहरू बढाएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending