Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

बङ्गलादेशले बालबालिकाको सुरक्षाका लागि छ हजार सामाजिक कार्यकर्ता नियुक्त गर्ने

खबरडबली संवाददाता

ढाका । बङ्गलादेश सरकारले समुदायका बालबालिकाको सुरक्षाका लागि छ हजार नयाँ सामाजिक कार्यकर्ता भर्ना गर्ने भएको छ । 

एक विस्तृत राष्ट्रिय घरधुरी सर्वेक्षणले १५ वर्षमुनिका चार करोड ५० लाख बङ्गलादेशी बालबालिका ९८९ प्रतिशत० नियमित रूपमा घरमा शारीरिक र मनोवैज्ञानिक हिंसाको सिकार हुने गरेको खुलासा गरेपछि बालबालिकाप्रति यो प्रतिबद्धता आएको हो ।

सोमबार राजधानी ढाकामा युनिसेफ र युरोपियन युनियनले संयुक्त रुपमा आयोजना गरेको र प्रधानमन्त्री शेख हसिनाले भर्चुअल माध्यमबाट उद्घाटन गरेको ‘बङ्गलादेशमा बाल संरक्षणसम्बन्धी राष्ट्रिय गोष्ठी’मा बाल संरक्षण सेवालाई सुदृढ बनाउने र सामाजिक कार्यकर्ताको सङ्ख्यामा २०० प्रतिशतले वृद्धि गर्ने घोषणा गरिएको हो ।

भिडियो सन्देशमा उहाँले बाल संरक्षण सेवालाई समुदायस्तरमा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभएको छ । 

“हाम्रो सरकारको उद्देश्य एक व्यावसायिक सामाजिक सेवा कार्यबल निर्माण गर्नु हो जसले बाल हेल्पलाइन १०९८, बाल संरक्षण भत्ता, र स्वयंसेवकहरू, किशोर किशोरीहरू र समुदायका व्यक्तिहरू सम्मिलित समुदायमा आधारित आउटरीच सेवाहरू जस्ता बाल संरक्षण सेवाहरूको कुशल वितरणलाई बढावा दिन्छ ताकि कुनै पनि बच्चा पछाडि नपरोस्,” प्रधानमन्त्री हसिनालाई उद्धृत गर्दै युनिसेफले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।  

विज्ञप्तिमा भनिएको छ, “बङ्गलादेशमा ३० लाखभन्दा बढी बालबालिका बालश्रममा फसेका छन् जसमध्ये १३ लाख बालबालिका जोखिमपूर्ण बालश्रममा छन् । पाँचमध्ये एक जना बालबालिकाले प्राथमिक विद्यालय पूरा गर्दैनन् । झण्डै आधा भन्दा बढी बालबालिकाको जन्मदर्ता हुँदैन । त्यस्तै एक लाखभन्दा बढी बालबालिका संस्थागत हेरचाहमा छन् र उनीहरूलाई परिवारको सहयोग को अभाव छ ।”

बङ्गलादेशका लागि युनिसेफका प्रतिनिधि शेल्डन येटले भने, “सामाजिक कार्यकर्ताहरू बालबालिकालाई सबैभन्दा बढी आवश्यक पर्ने समुदायहरूमा गहिराइसम्म पुग्छन् । म बङ्गलादेश सरकारलाई सामाजिक कार्यकर्ताहरूको संख्यामा नाटकीय वृद्धिको लागि बधाई दिन्छु जसले धेरै भन्दा धेरै बच्चाहरूलाई महत्वपूर्ण व्यावसायिक हेरचाहबाट लाभ उठाउन मद्दत गर्दछ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको माग गर्दै गौरमा प्रदर्शन

रौतहट । प्रभु साह नेतृत्वको आम जनता पार्टी निकट आम विधार्थी मोर्चाको अगुवाईमा विधार्थीको अनुपातमा शिक्षकको माग गर्दै सडक आन्दोलनमा उत्रेका छन् । मो...

एन्फा महिला लिग : पुलिस र चन्द्रपुरको गोलरहित बराबरी

काठमाडौँ। विभागीय टोली नेपाल पुलिस क्लब र चन्द्रपुर नगरपालिकाले एन्फा महिला लिगमा बराबरी खेल्दै अङ्क बाँडेको छ ।  ललितपुरको सातदोवाटोस्थित एन्फा मै...

शिक्षा दिवसको अवसरमा पदक र पुरस्कारको घोषणा

काठमाडौँ । शिक्षा दिवसको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको उत्कृष्ट क्याम्पस, विद्यालय, विद्याभूषण, प्रविधि विद्याभूषण तथा छात्...

सर्वसाधारणका लागि भोलीदेखि धरहरा खुला, निःशुल्क चढ्न पाइने

काठमाडौं । काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरा सर्वसाधारणका लागि  भोलीदेखि खुला रहने भएको छ । २७ भदौको मन्त्रिपरिषद बैठकले ३ असोजदेखि अन्तरिम ...

नाथमलाई सातवटै प्रदेशमा विस्तार गर्छौं- मन्त्री पाण्डे

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री बद्री पाण्डेले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) लाई सातवटै प्रदेशमा विस्तार गर्ने...

रास्वपाको राष्ट्रिय भेलामा सभापति लामिछानेको प्रतिवेदनमाथि छलफलमा रोक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  काठमाडौंमा जारी राष्ट्रिय भेलामा सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदनमाथि प्रतिनिधिहरूलाई धारण...

नेप्सेमा सामान्य गिरावट, ५ अर्बको कारोबार

काठमाडौँ । नेप्सेमा आज ४ अङ्कको गिरावट आएको छ । बुधबार नेप्से ४ अङ्कले घटेर २५७६. ७६ विन्दुमा रोकिएको हो । आज ३२० कम्पनिको कारोबार हुदा एक करोड ३९ ...

विद्यालय शिक्षा ऐन छिटो पारित गर्छौंः शिक्षामन्त्री भट्टराई

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सरकार विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्नेगरी अघि बढिरहेको बताएको छिन् । आइतबार रा...

रामेछाप पहिरोमा ज्यान गुमाएका र बेपत्ताका परिवारलाई राहत रकम दिन समस्या

रामेछाप। हकवाला पहिचान हुन नसक्दा रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ लेखर्क पहिरोमा ज्यान गुमाएका तीन जना र बेपत्ता दुई जनाको परिवारलाई सरकारले अझै ...

रिक्की पोन्टिङ आइपिएल टिम पञ्जाव किंग्सको मुख्य प्रशिक्षकमा नियुक्त

काठमाडौं । अस्ट्रेलियाका पुर्व कप्तान रिक्की पोन्टिङ आइपिएल टिम पञ्जाव किंग्सको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । यस अघि आइपिएल टिम दिल्ली क्यापिट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy