Khabar Dabali २४ असार २०८३ बुधबार | 8th July, 2026 Wed
Investment bank

बङ्गलादेशले बालबालिकाको सुरक्षाका लागि छ हजार सामाजिक कार्यकर्ता नियुक्त गर्ने

खबरडबली संवाददाता

ढाका । बङ्गलादेश सरकारले समुदायका बालबालिकाको सुरक्षाका लागि छ हजार नयाँ सामाजिक कार्यकर्ता भर्ना गर्ने भएको छ । 

एक विस्तृत राष्ट्रिय घरधुरी सर्वेक्षणले १५ वर्षमुनिका चार करोड ५० लाख बङ्गलादेशी बालबालिका ९८९ प्रतिशत० नियमित रूपमा घरमा शारीरिक र मनोवैज्ञानिक हिंसाको सिकार हुने गरेको खुलासा गरेपछि बालबालिकाप्रति यो प्रतिबद्धता आएको हो ।

सोमबार राजधानी ढाकामा युनिसेफ र युरोपियन युनियनले संयुक्त रुपमा आयोजना गरेको र प्रधानमन्त्री शेख हसिनाले भर्चुअल माध्यमबाट उद्घाटन गरेको ‘बङ्गलादेशमा बाल संरक्षणसम्बन्धी राष्ट्रिय गोष्ठी’मा बाल संरक्षण सेवालाई सुदृढ बनाउने र सामाजिक कार्यकर्ताको सङ्ख्यामा २०० प्रतिशतले वृद्धि गर्ने घोषणा गरिएको हो ।

भिडियो सन्देशमा उहाँले बाल संरक्षण सेवालाई समुदायस्तरमा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभएको छ । 

“हाम्रो सरकारको उद्देश्य एक व्यावसायिक सामाजिक सेवा कार्यबल निर्माण गर्नु हो जसले बाल हेल्पलाइन १०९८, बाल संरक्षण भत्ता, र स्वयंसेवकहरू, किशोर किशोरीहरू र समुदायका व्यक्तिहरू सम्मिलित समुदायमा आधारित आउटरीच सेवाहरू जस्ता बाल संरक्षण सेवाहरूको कुशल वितरणलाई बढावा दिन्छ ताकि कुनै पनि बच्चा पछाडि नपरोस्,” प्रधानमन्त्री हसिनालाई उद्धृत गर्दै युनिसेफले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।  

विज्ञप्तिमा भनिएको छ, “बङ्गलादेशमा ३० लाखभन्दा बढी बालबालिका बालश्रममा फसेका छन् जसमध्ये १३ लाख बालबालिका जोखिमपूर्ण बालश्रममा छन् । पाँचमध्ये एक जना बालबालिकाले प्राथमिक विद्यालय पूरा गर्दैनन् । झण्डै आधा भन्दा बढी बालबालिकाको जन्मदर्ता हुँदैन । त्यस्तै एक लाखभन्दा बढी बालबालिका संस्थागत हेरचाहमा छन् र उनीहरूलाई परिवारको सहयोग को अभाव छ ।”

बङ्गलादेशका लागि युनिसेफका प्रतिनिधि शेल्डन येटले भने, “सामाजिक कार्यकर्ताहरू बालबालिकालाई सबैभन्दा बढी आवश्यक पर्ने समुदायहरूमा गहिराइसम्म पुग्छन् । म बङ्गलादेश सरकारलाई सामाजिक कार्यकर्ताहरूको संख्यामा नाटकीय वृद्धिको लागि बधाई दिन्छु जसले धेरै भन्दा धेरै बच्चाहरूलाई महत्वपूर्ण व्यावसायिक हेरचाहबाट लाभ उठाउन मद्दत गर्दछ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सांसद राईको असंसदीय अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन

काठमाडौं। सभामुख डोलप्रसाद अर्यालले नेकपा एमालेका सांसद राजेन्द्र राईले बुधबारको प्रतिनिधिसभा बैठकमा प्रयोग गरेको असंसदीय अभिव्यक्ति संसद्को अभिलेख (र...

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक, को होला मुख्यसचिव ?

काठमाडौं। प्रधानमन्त्रीले आज बुधबार दिउँसो ३:३० बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारमा बस्न...

प्रशासकीय भवनबाट खसेका मजदुरको मृत्यु

बिर्तामोड। झापाको बाह्रदशी गाउँपालिकाको नयाँ प्रशासकीय भवनबाट लडेर घाइते भएका कामदारको उपचारको क्रममा  मृत्यु भएको छ ।  मंगलवार बिहान ९:४० बजे बाह्...

प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ। प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । एमालेका सांसद राजेन्द्रकुमार राईले सभामुखले कान सुन्नुहुन्छ कि हुन्न ? भनि आफ्नो अभिव्य...

नियमित अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल

रुपन्देही । विमानस्थलको अन्तरराष्ट्रिय टर्मिनल चिटिक्क परेको छ । अत्याधुनिक भवन, चम्किला काउन्टर, एक्स–रे मेसिन, अध्यागमन डेस्क, प्रस्थान कक्ष र धावनम...

अर्थतन्त्रलाई चलायमान बनाउन प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र निजी क्षेत्रको आत्मविश्वास बढाउन उद्योगी तथा व्यवसायीहरूसँग बुधबार विशेष स...

व्यवस्थापनबिनै विस्थापन गरेको भन्दै सुकुमवासीको मानव अधिकार आयोगमा उजुरी

काठमाडौं । काठमाडौं उपत्यकाबाट विस्थापित सुकुमवासीहरूले आफ्नो मानव अधिकार उल्लंघन भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्। राष्ट्रि...

ठूला विद्युतीय सवारीमा कर्जा–मूल्य अनुपात बढाइने

काठमाडौं। नेपाल राष्ट्र बैंकले ठूला विद्युतीय सवारीसाधन खरिदका लागि कर्जा प्रवाहलाई सहज बनाउने उद्देश्यले कर्जा–मूल्य अनुपात (एलटीभी) बढाउने व्यवस्था ...

राहदानी वितरणमा नयाँ प्रणाली लागू हुँदै: आगामी सातादेखि नयाँ कम्पनीले पासपोर्ट छाप्ने

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले राहदानी (पासपोर्ट) छपाइ र वितरणमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ प्रणाली लागू गर्न लागेको बताएको छन...

संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित

काठमाडौं। संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भएको छ। प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा पुगेको विनियोजन विधेय...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending