चितवन । भारतबाट भन्सार छलेर ल्याइएका दुई टन माछा स्थानीय प्रशासनले नष्ट गरेको छ । आज बिहान २ बजे रुपन्देहीबाट काठमाडौँका लागि लैजाँदै गरेको माछा पशु क्वारेन्टाइन चेकपोष्ट रामनगरले नियन्त्रणमा लिएको थियो ।
पशु क्वारेन्टिन रामनगर, मत्स्य व्यवसायी सङ्घ चितवन र जिल्ला प्रशासन कार्यालय चितवनको संयुक्त चेकजाँचका क्रममा माछा बरामद गरेर नष्ट गरिएको हो । माछा भरतपुर महानगरपालिका–१ मा रहेको सतनचुली सामुदायिक वनमा नष्ट गरिएको हो । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार भन्सार छलेर ल्याइएको माछा नियन्त्रणमा लिएर नष्ट गरिएको हो । उनका अनुसार लु२च ६८९८ नम्बरको बोलेरोमा ल्याइएको माछा नियन्त्रणमा लिई नष्ट गरिएको हो ।
असोज १ गतेदेखि पशु क्वारेन्टाइन, मत्स्य व्यवसायी सङ्घ र नेपाल प्रहरीको संयुक्त टोलीले रामनगरमा चेकजाँच गर्दै आएको छ । सोमबारसमेत चेकजाँचका क्रममा रामनगरबाट छ सय २० किलो माछा बरामद गरी नष्ट गरिएको थियो । बरामद गरिएको माछामा फर्मालीनको प्रयोग गर्ने गरिएको उनले बताए।
भारतबाट भन्सार छलेर ल्याइएका माछाका कारण नेपालमा उत्पादित माछाले बजार पाउन छोडेको भन्दै माछा व्यवसायी कृषक आन्दोलनस्वरुप चेकजाँच सुरु गरेका हुन् । मकवानपुरको रातोमाटे र सिन्धुलीमा समेत चेकजाँच गरिएको सङ्घका अध्यक्ष खगेन्द्र सुवेदीले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २८ गते, २०८१ - १०:५४
काठमाडौँ । बलिवुडका किङखान शाहरुख खानको सुपरहिट फिल्म बाजिगरको सिक्वेल बन्ने भएको छ । बाजीगरका निर्माता रतन जैनले ‘बाजीगर’को सिक्वेलका लागि आफूले श...
कार्तिक २७ गते, २०८१ - १६:४७
काठमाडौं । मानव तस्करी तथा सरकारी लिखत कीर्तेको कसुरमा हिरासतमा राखेर अनुसन्धान गर्न म्याद माग्न कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री लि...
कार्तिक २७ गते, २०८१ - १६:३९
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेल मतियार र विचौलियासँग कहिल्यै पनि सम्झौता नगर्ने बताएका छन् । मंगबार नेपाल विद्याश...
कार्तिक २७ गते, २०८१ - १६:३५
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल र माल्दिभ्सका राष्ट्रपति डा। मोहम्मद मैज्जुबीच मङ्गलबार यहाँ भेटवार्ता हुँदैछ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त र...
कार्तिक २७ गते, २०८१ - १६:१८
काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । ...
कार्तिक २७ गते, २०८१ - १५:५५
काठमाडौँ । फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ ले घरेलु बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । फिल्मले रिलिज ११ दिन (आइतबार सम्म) मा २० करोड ७३ लाख ग्रस ...
कार्तिक २७ गते, २०८१ - १५:४९
काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि धर्मका नाममा राजनीति र अतिवाद हुन नहुने बताएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज जैनश्वेत...
कार्तिक २७ गते, २०८१ - १५:३९
काठमाडौँ । मंगलबार नेप्से परिसूचक ११ अंकले घटेको छ । आज नेप्से ११.२४ अंकले घटेर २७४८.९६ विन्दुमा बन्द भएको छ । आज कुल ३१२ कम्पनीका एक करोड ६७ लाख ८...
कार्तिक २७ गते, २०८१ - १५:०१
बर्दिया । गुलरिया नगरपालिका-११ सडकलालपुरस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३५ वर्षीय निजा...
कार्तिक २७ गते, २०८१ - १४:४८
धनगढी। मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारले एक सय दिनको उपलब्धि सार्वजनिक गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार...
प्रतिकृया लेख्नुहोस्: