काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले नयाँ र वैकल्पिक भनिएका सबै राजनीतिक शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको बताएका छन्। उनले सोमबार राति काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहसँग छलफल भएको जानकारी दिएका छन्।
“नयाँ र वैकल्पिक भनिएका पक्षसँग संवादमार्फत एकै ठाउँमा प्रयास गर्दैछौँ। टुंगोमा पुग्ने गरी काम गरिरहेका छौँ,” लामिछानले बताए।
बालेन्द्रलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो कि भन्ने प्रश्नमा उनले भने, “हामी त्यस चरणमा पुगेका छैनौँ। पहिले एक अर्कालाई बुझ्नुपर्छ।”
लामिछानले फेरि पनि अन्य राजनीतिक व्यक्तिसँग छलफलको तयारी भएको र त्यसपछि मात्रै व्यापक राजनीतिक संवाद अघि बढ्ने बताए। यसअन्तर्गत उनी “हामी नेपाली” एनजीओका सुदन गुरुङ र ऊर्जा मन्त्री कुलमान घिसिङसँग पनि छलफल गर्ने योजना रहेको बताए।
“अरुसँग पनि कुरा हुँदैछ। सुदन गुरुङजीसँग, कुलमानजीसँग पनि कुरा गर्छौ। रास्वपाले गर्छ नै, यो हाम्रो जिम्मेवारी हो,” उनले थपे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १७:२३
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेपाली कांग्रेसका ६५ र अन्य दलका तीनसहित ६८ सांसदले गरेको हस्ताक्षर सर्वोच्च अदालतमा दर्ता भएको छ। ...
पौष ८ गते, २०८२ - १६:४६
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेतासँग छलफल गरेका छन्। छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्म...
पौष ८ गते, २०८२ - १६:३३
काठमाडौं । जाँचबुझ आयोगले तीन जनाको स्थानहद फुकुवा गरेको छ। आयोगले मंगलबार पत्र पठाउँदै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका आईजीपी चन...
पौष ८ गते, २०८२ - १६:०४
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शीतल निवास पुगेका छ...
पौष ८ गते, २०८२ - १५:५४
सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँट निवासी ३२ वर्षीया सुशीला बम्जनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरी घटनाको थप अनुस...
पौष ८ गते, २०८२ - १५:४१
काठमाडौँ । जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हु...
पौष ८ गते, २०८२ - १५:३७
काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालयको सरकारी टोलीले अनुगमन गरेको छ। सरकारद्वारा गठित र...
पौष ८ गते, २०८२ - १५:०३
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने भएकी छन्।...
पौष ८ गते, २०८२ - १४:५६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले नयाँ र वैकल्पिक भनिएका सबै राजनीतिक शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको ब...
पौष ८ गते, २०८२ - १४:४४
काठमाडौं । नेकपा एमालेले चुनावी वातावरण तयार पार्न सरकारसँग आग्रह गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सरकारी टोलीसँग भेट्दा महासचिव शं...




प्रतिकृया लेख्नुहोस्: