नेपालगन्ज। बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी नपुग्दा मङ्गलवार दिउँसोसम्म नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन ।
नागरिक उड्डयन कार्यालय नेपालगन्जका अनुसार मङ्गलवार विहानैबाट लागेको बाक्लो हुस्सु र कुहिरो तथा चलेको शीतलहरले नेपालगन्ज बिमानस्थल बन्द रहेको हुँदा कुनै पनि हवाइ उडान हुन नसकेको हो ।
हुस्सु र कुहिरोका कारण ४०० देखि ६०० मिटर मात्र भिजिबिलिटी हुँदा विमानस्थल बन्द रहेको र सोही कारणले नेपालगन्जबाट पहाडी जिल्ला र काठमाडौंका लागि हुने कुनै पनि उडान मङ्गलबार दिउँसो १ बजेर ५० मिनेटसम्म नभएको नागरिक उड्डयन कार्यालय नेपालगन्जले जनाएको छ ।
हवाई उडानका लागि आवश्यक पर्ने भिजिबिलिटी नहुँदा उडान शुरु गर्न नसकिएको विमानस्थल टावरले जनाएको छ । नेपालगन्ज विमानस्थलको टावरले दिएको जानकारीअनुसार जहाज उडाउन एक हजार भिजिबिलिटी हुनुपर्ने र जहाज उतार्नका लागि एक हजार ६०० भिजिबिलिटी हुनुपर्नेमा ङ्गलबार दिउँसो एक बजेर ५० मिनेटसम्म ६०० भन्दा बढी भिजिबिलिटी नभएकाले उडान सुरु गर्न नसकिएको हो ।
विमानस्थल बन्द रहेकाले यहाँबाट पहाडि जिल्लाका लागि बिहान हुने सबै उडान रद्द गरिएका छन् । काठमाडौंका लागि हुने सबै उडान अवरुद्ध भएका छन् । सोमवार पनि दिउँसो १ बजेर ३० मिनेटपछि मात्र नेपालगन्ज विमानस्थल खुलेपछि हवाई उडान भएका थिए । त्यसअघि बिहानका सबै उडान अवरुद्ध भएका थिए ।
नेपालगन्जका लागि काठमाडौंबाट बिहान ७ बजेर २० मिनेटमा बुद्ध एअरको जहाज उड्ने नियमित तालिका भए पनि नेपालगन्ज विमानस्थल बन्द रहेका कारण हालसम्म पनि उड्न नसकेको बुद्ध एअर नेपालगन्जका प्रमुख विनीतविक्रम शाहले बताए।
उनले नेपालगन्ज विमानस्थल खुलेपछि मात्र काठमाडौंबाट जहाज उडाइने जानकारी गराए। नेपालगन्जबाट काठमाडौँका लागि श्री एयरलाइन्सले चार, बुद्ध एयरलाइन्सले चार र यति एयरलाइन्सले दुई वटा नियमित उडान गर्दैआएको छ । सोही प्रकारले नेपालगन्जबाट पहाडी जिल्लामा पनि बिहान बढी उडान हुने गरेका छन् ।
नेपालगन्जबाट हवाई उडान अवरुद्ध भएपछि काठमाडौ र पहाडी जिल्लामा यात्रा गर्न जाने यात्रुहरु समस्यामा परेका छन् । टिकट लिएका अधिकांश यात्रुहरु जहाजको प्रतीक्षामा विमानस्थलमा छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १६:४६
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेतासँग छलफल गरेका छन्। छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्म...
पौष ८ गते, २०८२ - १६:३३
काठमाडौं । जाँचबुझ आयोगले तीन जनाको स्थानहद फुकुवा गरेको छ। आयोगले मंगलबार पत्र पठाउँदै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका आईजीपी चन...
पौष ८ गते, २०८२ - १६:०४
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शीतल निवास पुगेका छ...
पौष ८ गते, २०८२ - १५:५४
सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँट निवासी ३२ वर्षीया सुशीला बम्जनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरी घटनाको थप अनुस...
पौष ८ गते, २०८२ - १५:४१
काठमाडौँ । जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हु...
पौष ८ गते, २०८२ - १५:३७
काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालयको सरकारी टोलीले अनुगमन गरेको छ। सरकारद्वारा गठित र...
पौष ८ गते, २०८२ - १५:०३
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने भएकी छन्।...
पौष ८ गते, २०८२ - १४:५६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले नयाँ र वैकल्पिक भनिएका सबै राजनीतिक शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको ब...
पौष ८ गते, २०८२ - १४:४४
काठमाडौं । नेकपा एमालेले चुनावी वातावरण तयार पार्न सरकारसँग आग्रह गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सरकारी टोलीसँग भेट्दा महासचिव शं...
पौष ८ गते, २०८२ - १४:३१
नेपालगन्ज। बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी नपुग्दा मङ्गलवार दिउँसोसम्म नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन । नागरिक उड्डयन क...




प्रतिकृया लेख्नुहोस्: