नेपालगन्ज। बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी नपुग्दा मङ्गलवार दिउँसोसम्म नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन ।
नागरिक उड्डयन कार्यालय नेपालगन्जका अनुसार मङ्गलवार विहानैबाट लागेको बाक्लो हुस्सु र कुहिरो तथा चलेको शीतलहरले नेपालगन्ज बिमानस्थल बन्द रहेको हुँदा कुनै पनि हवाइ उडान हुन नसकेको हो ।
हुस्सु र कुहिरोका कारण ४०० देखि ६०० मिटर मात्र भिजिबिलिटी हुँदा विमानस्थल बन्द रहेको र सोही कारणले नेपालगन्जबाट पहाडी जिल्ला र काठमाडौंका लागि हुने कुनै पनि उडान मङ्गलबार दिउँसो १ बजेर ५० मिनेटसम्म नभएको नागरिक उड्डयन कार्यालय नेपालगन्जले जनाएको छ ।
हवाई उडानका लागि आवश्यक पर्ने भिजिबिलिटी नहुँदा उडान शुरु गर्न नसकिएको विमानस्थल टावरले जनाएको छ । नेपालगन्ज विमानस्थलको टावरले दिएको जानकारीअनुसार जहाज उडाउन एक हजार भिजिबिलिटी हुनुपर्ने र जहाज उतार्नका लागि एक हजार ६०० भिजिबिलिटी हुनुपर्नेमा ङ्गलबार दिउँसो एक बजेर ५० मिनेटसम्म ६०० भन्दा बढी भिजिबिलिटी नभएकाले उडान सुरु गर्न नसकिएको हो ।
विमानस्थल बन्द रहेकाले यहाँबाट पहाडि जिल्लाका लागि बिहान हुने सबै उडान रद्द गरिएका छन् । काठमाडौंका लागि हुने सबै उडान अवरुद्ध भएका छन् । सोमवार पनि दिउँसो १ बजेर ३० मिनेटपछि मात्र नेपालगन्ज विमानस्थल खुलेपछि हवाई उडान भएका थिए । त्यसअघि बिहानका सबै उडान अवरुद्ध भएका थिए ।
नेपालगन्जका लागि काठमाडौंबाट बिहान ७ बजेर २० मिनेटमा बुद्ध एअरको जहाज उड्ने नियमित तालिका भए पनि नेपालगन्ज विमानस्थल बन्द रहेका कारण हालसम्म पनि उड्न नसकेको बुद्ध एअर नेपालगन्जका प्रमुख विनीतविक्रम शाहले बताए।
उनले नेपालगन्ज विमानस्थल खुलेपछि मात्र काठमाडौंबाट जहाज उडाइने जानकारी गराए। नेपालगन्जबाट काठमाडौँका लागि श्री एयरलाइन्सले चार, बुद्ध एयरलाइन्सले चार र यति एयरलाइन्सले दुई वटा नियमित उडान गर्दैआएको छ । सोही प्रकारले नेपालगन्जबाट पहाडी जिल्लामा पनि बिहान बढी उडान हुने गरेका छन् ।
नेपालगन्जबाट हवाई उडान अवरुद्ध भएपछि काठमाडौ र पहाडी जिल्लामा यात्रा गर्न जाने यात्रुहरु समस्यामा परेका छन् । टिकट लिएका अधिकांश यात्रुहरु जहाजको प्रतीक्षामा विमानस्थलमा छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १ गते, २०८३ - १८:०१
किन्शासा। कङ्गोको दुर्गम इटुरी प्रान्तमा नयाँ इबोला प्रकोप पुष्टि भएपछि अफ्रिकी स्वास्थ्य अधिकारी उच्च सतर्कतामा पुगेका छन् । अफ्रिका सीडीसीका अनुसार ...
जेष्ठ १ गते, २०८३ - १७:४९
काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा सात प्रदेशमध्ये सबैभन्दा बढी बेरुजु मधेस प्रदेश मा देखिएको छ। महालेखा परीक्षकको कार्यालयका अनुसार मधेस प्रदेशको बेरु...
जेष्ठ १ गते, २०८३ - १७:२२
काठमाडौं ।रास्वपा सांसद केपी खनाल ले विद्युत् उपयोग गरेर ग्रीन हाइड्रोजन प्रविधिमार्फत स्वदेशमै रासायनिक मल उत्पादन गर्न सरकार अघि बढ्नुपर्ने बताएका छ...
जेष्ठ १ गते, २०८३ - १७:०७
काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षणबाट कुल ८८ अर्ब ९ करोड ११ लाख रुपैयाँ बेरुजु कायम भएको छ। तोयम रायाले राष्ट्रपति रामचन्द्र पौडेल समक्...
जेष्ठ १ गते, २०८३ - १६:४९
काठमाडौं । सरकारी अस्पताल तथा स्वास्थ्य निकायहरूमा ठूलो परिमाणमा औषधि र स्वास्थ्य सामग्री म्याद नाघेर प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको पाइएको छ। ...
जेष्ठ १ गते, २०८३ - १६:३१
बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालयको संख्या ८ मा सीमित गर्ने तयारी अघि बढाएको छ। हाल प्रदेशमा १२ वटा मन्त्रालय रहेका छन्। ...
जेष्ठ १ गते, २०८३ - १६:०५
काठमाडौँ। सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि जापानका राजदूत माएडा तोरुले शिष्टाचार भेटवार्ता गरेको छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्ष...
जेष्ठ १ गते, २०८३ - १५:५५
काठमाडौँ। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले जेन्जी प्रतिनिधिहरूसँग आज गर्न लागेको छलफलका विषयमा देखिएका केही अन्योल चिर्दै सकारात...
जेष्ठ १ गते, २०८३ - १५:४९
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोष कर्मचारी सेवा, शर्त तथा सुविधासम्बन्धी नियमावली, २०८३ स्वीकृत गरी जा...
जेष्ठ १ गते, २०८३ - १५:३५
प्युठान । प्युठान–दाङ सडकखण्डअन्तर्गत माण्डवी गाउँपालिका–१ देविस्थानमा मारुती भ्यान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। लुप्र ०२–००१...



प्रतिकृया लेख्नुहोस्: