Khabar Dabali १ जेष्ठ २०८३ शुक्रबार | 15th May, 2026 Fri
Investment bank

सिन्धुलीमा शरीरमा पेट्रोल छर्की आगो लगाई बुहारीको हत्या, सासू र नन्द पक्राउ

खबरडबली संवाददाता

सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँट निवासी ३२ वर्षीया सुशीला बम्जनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरी घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।  

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले मङ्गलबार विज्ञप्ति जारी गर्दै घट्नामा संलग्न भएको आशङ्कामा मृतककी सासू ५९ वर्षीया मायारानी बम्जन र नन्द ३५ वर्षीया मीना लामा (बम्जन) लाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको जनाएको छ । पक्राउ परेका दुबै जनाले आइतबार ९पुस ६ गते० दिउँसो अन्दाजी साढे ४ बजे घरको भान्सा कोठामा मृतकको शरीरमा पेट्रोल छर्की आगो लगाई हत्या गरेको बताइएको छ ।

कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार घटनास्थल शङ्कास्पद देखिएकाले सोही दिन तत्काल मृतककी सासू मायारानी र नन्द मीनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकका बुवा हरिहरपुरगढी गाउँपालिका–४ निवासी प्रेमबहादुर घिसिङले सोमबार पक्राउ परेका प्रतिवादीको नाममा किटानी जाहेरी दर्ता गराएको छन् । 

‘उक्त जाहेरी ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दा शीर्षकमा मुद्दा दर्ता गरिएको र पक्राउ परेका प्रतिवादीलाई जिल्ला अदालतबाट सोमबार नै पाँच दिनको म्याद थप लिई घटनाको अनुसन्धान भइरहेको छ’ उनले भने, ‘प्रारम्भिक सोधपुछको क्रममा पक्राउ परेकी मीनाले मृतक सुशीलालाई पेट्रोल छर्की आगो लगाएको बताएकी छन् ।’

कार्यालयका अनुसार घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा घटनास्थलबाट पेट्रोलसहितको दुई बोतल पेट्रोल, जलेको अवस्थामा रहेको बोतलमा पिधमा पेट्रोल, लाइटर र बाँसको भाटामा सल बेरी राखेको अवस्थामा राँको ९पुल्ठो० समेत फेला परेको छ । 

उक्त घटनामा मृतकका ससुरा ६२ वर्षीय दुर्गामान बम्जनसमेत आगोको लप्काले भेटेर दाहिने हात, दाहिने खुट्टा र ढाड जलेर घाइते भएको र उनलाई सिन्धुली अस्पतालमा उपचारपछि थप उपचारका लागि कीर्तिपुर बर्न अस्पतालमा लगिएको छ । 

सुशीलाका ७ वर्षका तिम्ल्याहा दुई छोरा र एक छोरी छन् । बोर्डिङ्बाट छोराछोरी घरमा आएर खाजा खाएपछि बच्चाहरूलाई ट्युसन पुर्‍याएर सुशीला घर फर्किएपछि उक्त घटना भएको पाइएको छ । 

मृतक सुशीलाका आफन्त र स्थानीयले मङ्गलबार सुशीलाको न्याय र घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा घेराउ गरी दबाब दिएका छन् । शरीरमा पेट्रोल छर्केर आगो लगाएर मार्न थालेपछि सुशीलाले चिच्याएर बचाउन हारगुहार गरेको सुनेपछि स्थानीयहरू घरमा आउँदा गेटमा ताल्चा लगाएको, कोठामा आगो लगाइएको, नन्द मीना घरको गल्लीमा उभिइरहेको र आगो दनदनी बलिरहेको स्थानीय बताउँछन् ।

स्थानीयका अनुसार सुसुरा, सासू र नन्दले सुशीलालाई पाँच वर्षभन्दा बढी समयदेखि विभिन्न बहानामा निरन्तर मानसिक, शारीरिक यातना दिँदै आएको बताइएको छ । पछिल्लो दुई महिनादेखि नन्द मीनाले सुशीलालाई घर छोडेर नगए मार्छु भन्दै निरन्तर धम्की दिएको खुलेको छ । मृतकका श्रीमान् सूर्य बम्जन भने हाल वैदेशिक रोजगारीका सिलसिलामा कोरियामा छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कङ्गोमा फेरि फैलियो इबोला

किन्शासा। कङ्गोको दुर्गम इटुरी प्रान्तमा नयाँ इबोला प्रकोप पुष्टि भएपछि अफ्रिकी स्वास्थ्य अधिकारी उच्च सतर्कतामा पुगेका छन् । अफ्रिका सीडीसीका अनुसार ...

सबैभन्दा बढी बेरुजु मधेस प्रदेशमा

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा सात प्रदेशमध्ये सबैभन्दा बढी बेरुजु मधेस प्रदेश मा देखिएको छ। महालेखा परीक्षकको कार्यालयका अनुसार मधेस प्रदेशको बेरु...

ग्रीन हाइड्रोजन प्रविधिबाट स्वदेशमै मल उत्पादन गर्न सांसद खनालको आग्रह

काठमाडौं ।रास्वपा सांसद केपी खनाल ले विद्युत् उपयोग गरेर ग्रीन हाइड्रोजन प्रविधिमार्फत स्वदेशमै रासायनिक मल उत्पादन गर्न सरकार अघि बढ्नुपर्ने बताएका छ...

चालु आर्थिक वर्षमा ८८ अर्बभन्दा बढी बेरुजु

काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षणबाट कुल ८८ अर्ब ९ करोड ११ लाख रुपैयाँ बेरुजु कायम भएको छ। तोयम रायाले राष्ट्रपति रामचन्द्र पौडेल समक्...

सरकारी अस्पतालमा ९ करोडभन्दा बढीको औषधि म्याद नाघेको

काठमाडौं । सरकारी अस्पताल तथा स्वास्थ्य निकायहरूमा ठूलो परिमाणमा औषधि र स्वास्थ्य सामग्री म्याद नाघेर प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको पाइएको छ। ...

लुम्बिनी प्रदेशमा मन्त्रालय संख्या घटाएर ८ मा झारिने

बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालयको संख्या ८ मा सीमित गर्ने तयारी अघि बढाएको छ। हाल प्रदेशमा १२ वटा मन्त्रालय रहेका छन्। ...

सभामुख अर्याल र जापानी राजदूतबिच शिष्टाचार भेटवार्तास द्विपक्षीय हित र सहकार्यका विषयमा छलफल

काठमाडौँ। सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि जापानका राजदूत माएडा तोरुले शिष्टाचार भेटवार्ता गरेको छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्ष...

संविधान संशोधन कार्यदलद्वारा जेन्जी प्रतिनिधिलाई सकारात्मक संवादका लागि आह्वान

काठमाडौँ। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले जेन्जी प्रतिनिधिहरूसँग आज गर्न लागेको छलफलका विषयमा देखिएका केही अन्योल चिर्दै सकारात...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोष कर्मचारी सेवा, शर्त तथा सुविधासम्बन्धी नियमावली, २०८३ स्वीकृत गरी जा...

प्युठान–दाङ सडकखण्डमा भ्यान दुर्घटना, दुई जनाको मृत्यु

प्युठान । प्युठान–दाङ सडकखण्डअन्तर्गत माण्डवी गाउँपालिका–१ देविस्थानमा मारुती भ्यान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। लुप्र ०२–००१...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending