Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

कञ्चनपुरका वडा–वडामा लागुऔषध सचेतना कार्यक्रम

खबरडबली संवाददाता
महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको नेतृत्व सम्हालेका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले कञ्चनपुरमा लागुपदार्थ खैरो हिरोइनले जरा गाडेको विषय उजागर गरे।
 
उनले जिल्लाभर प्रहरी सक्रिय गराएर झण्डै डेढ सयलाई कानुनी कारवाहीका दायरामा समेत ल्याए। कञ्चनपुर भारतका चार जिल्लासित सीमा जोडिएको जिल्ला पनि हो । खैरो हिरोइनले युवापुस्ता कुलतमा फसिसकेको विषय प्रहरी सक्रियतापछि बाहिर आयो । 
 
पछिल्लो समय समाजको ‘क्यान्सर’ नै लागुऔषध भएको जनाउँदै जिल्लामा सक्रियता बढाएका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले लागुऔषध नियन्त्रणमा सक्रिय छन् । लागुऔषध नियन्त्रणका साथै कारबाही र समाजमा लागुऔषधसम्बन्धी जनचेतनामूलक कार्यक्रमसमेत गरिरहेका उनले अचेल यहाँका वडा तहसम्म पुगेर कक्षा लिइरहेका छन् ।
 
वडास्तरसम्म सचेतना कक्षा सञ्चालन गरिरहेका प्रउ चौधरीले सामुदायिक प्रहरीमार्फत पनि स्कूल र समुदायस्तरमा लागुऔषधबाट बच्न र न्यूनीकरणका लागि सक्रिय बनाएका छन् । “सामाजिक सञ्जाल दुरुपयोग, अभिभावक सन्ततिप्रति गम्भीर नदेखिहुन, पारिवारिक कलह र लागुऔषध पाउने बजार नजिक हुँदा कञ्चनपुर लागुऔषधको नराम्रो फन्दामा छ ।” उनले भने, “ लागुऔषधमा प्रहरी र नागरिक एवं सरोकारवालबीच सहकार्य हुनु आवश्यक छ ।”
 
उन कञ्चनपुर कारागारमा रहेका कैदीबन्दीमध्ये ४५ प्रतिशत लागुऔषध मुद्दाका अभियुक्त र दोषी रहेको जानकारी दिए । “तीन वर्षअघिसम्म यहाँ लागुऔषधका ५५ मुद्दा रहे पनि अहिले एक सय ४३ मुद्दा चलिरहेका छन् ।” उनले भने, “मुद्दाको रेकर्डले पनि यसको भयाभहको अवस्था देखाउँछ ।”
 
कारागारका रहेका चार सय २६ कैदीबन्दीमध्ये एक सय ५६ लागुऔषधसम्बकन्धी मुद्दाका रहेको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी मातहतका मुद्दा चल्ने युनिटमा पनि लागुऔषध मुद्दाकै चाप बढी छ । “लागुऔषधको लत र कारोबारमा १८ देखि ३० वर्षभित्रका युवा÷युवती छन् ।” प्रउचौधरीले भने, “युवा शक्ति नै दुव्र्यसनको सिकार बन्दै सहायक अपराध पनि बढ्छन् ।”
उनले लागुऔषधकै लतमा परेको व्यक्तिले चोरी, लुटपाट, बलात्कारदेखि हत्या हिंसाजस्ता सामाजिक अपराधमा केन्द्रित हुने गरेको बताए। “भारतीय बजारमा लागुऔषध खरिद गरेर भारतीय नै नेपालको सिमानासम्म पु¥याइदिने गरेको तथ्य छ ।” उनले भने, “कतिपय बेला भारतीय लागुऔषध नेपालमै ल्याएर किनबेच गरिरहेको बेला पक्राउ परेको स्थिति पनि छ ।”
 
भारतका चार जिल्ला कञ्चनपुरको सिमानासम्म जोडिने भएकाले प्रहरीलाई समन्वय गर्न पनि समस्या रहेको छ । “लागुऔषधसित अन्य पाँच÷छ वटा अपराधसमेत जोडिएका छन् ।” उनले भने, “यसको ओसारपसार र सेवन न्यूनीकरण प्रहरी सक्रियताले मात्रै सम्भव छैन ।” अभिभावले प्रहरीले मात्रै लागुऔषध नियन्त्रण गर्ने काम हो भन्दै सोचेर बसेर मात्रै नहुने प्रहरीको भनाइ छ ।
 
“खैरो हिरोइन यहाँ उत्पादन नभए पनि यसको माग र पैठारी रोक्ने विषयमा हामी गम्भीर भएर लागेका छौँ ।” उनले भने, “सोहीअनुसार ओसारपसारमा संलग्न र सेवनकर्ता धमाधम पक्राउ परिरहेका पनि छन् ।” युवालाई लागुऔषधको लतमा पस्न नदिन व्यायम, साधना र सङ्गीततर्फ लगाउन अभिभावकले जोड दिनुपर्ने चौधरीको भनाइ छ ।
 
“सवारी दुर्घटना पनि लागुऔषध र मादकपदार्थ सेवनकै कारण बढी हुने गरेको देखिन्छ ।” उनले भने, “समृद्ध समाज बनाउन सडकलगायतका पूर्वाधार बनाएर मात्रै हुँदैन, युवा शक्तिलाई नराम्रा लतमा जान नदनि पनि सबैको भूमिका आवश्यक छ ।”
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको केन्द्रीय समिति बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...

यो बेलामा निर्वाचनमा जानुको विकल्प छैन: रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...

मधेश प्रदेशसभाको सभामुखमा जसपाका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...

कोशी प्राइड लिग क्रिकेट फागुन ९ देखि २१ गतेसम्म हुने

काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ ।  आयोजक ...

अनलाइन टिभी मिडियासँग सहकार्य गर्न सरकार तयार छ : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...

प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा कांग्रेसका ६५ सांसदको हस्ताक्षर, शीर्ष नेताले गरेनन्

काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...

रास्वपा केन्द्रीय कार्यालयमा रविलाई बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...

मधेश प्रदेशसभाको सभामुख पदका लागि मतदान आज, दुई प्रस्ताव पेस

जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...

२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...

रास्वपाको केन्द्रीय समिति बैठकलाई रविले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending