महोत्तरी। महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा सोमबार बिहान बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा जलेश्वर नगरपालिका–६ साहुजी टोल बस्ने ७५ वर्षीय चन्देश्वर साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक विश्वम्भरनाथ साहका अनुसार जलेश्वरबाट मतिहानीतर्फ गइरहेको ना ४ ख ४७५८ नम्बरको बसले जलेश्वर नगरपालिका–२ स्थित मतिहानी चोकमा सोमबार बिहान पैदलयात्री साहलाई ठक्कर दिएको थियो।
बसको ठक्करबाट साहको हात र टाउको लगायतका अङ्गमा अत्यधिक चोट लागेको थियो। अवस्था गम्भीर रहेका उनलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वर पुर्याइएको थियो।
प्रादेशिक अस्पताल जलेश्वरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि जनकपुर लैजाने क्रममा बाटोमै उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मृतकको शवलाई शव परीक्षण(पोस्टमार्टम) का लागि पुन: प्रादेशिक अस्पताल जलेश्वर फर्काइएको जानकारी दिइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ११ गते, २०८३ - १६:०५
मोरङ। गत प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षाकर्मी, राजनीतिक दल एवं नागरिकले महत्त्वपूर्ण भू...
जेष्ठ ११ गते, २०८३ - १५:५२
काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोभिता गौतमले सङ्क्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्याउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बत...
जेष्ठ ११ गते, २०८३ - १५:३६
काठमाडौं । सोमबार नेपालको सेयर बजार मापक सूचक नेप्से परिसूचकमा वृद्धि भएको छ। अघिल्लो कारोबार दिनको तुलनामा नेप्से २७.८५ अंक (करिब १ प्रतिशत) ले बढेर ...
जेष्ठ ११ गते, २०८३ - १५:२३
महोत्तरी। महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा सोमबार बिहान बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा जलेश्वर नगरपालिका–६ साहुजी ...
जेष्ठ ११ गते, २०८३ - १५:१०
काठमाडौं । उच्चस्तरीय भ्रमणका लागि नेपाल आएको युरोपेली संघ (ईयू) को प्रतिनिधिमण्डलले मंगलबार प्रधानमन्त्री बालेन्द्र शाहसँग सामूहिक भेट गर्ने भएको छ। ...
जेष्ठ ११ गते, २०८३ - १४:३७
काठमाडौं । थापागाउँस्थित एक थिएटरमा मञ्चन भइरहेको नाटक ‘लुसिफर राइजिङ’ हिजोदेखि अनिश्चितकालका लागि रोकिएको छ। निर्माण पक्षले राजनीतिक दबाबका कारण शो स...
जेष्ठ ११ गते, २०८३ - १४:२०
लेखनाथ। कास्कीको पोखरा महानगरको करिब बिच भागबाट बग्ने सेती नदीमा सोमबार फेरि दु:खद घटना भएको छ । वडा नम्बर १७ मा पर्ने नदीको खोँचमा आइतबार राति हाम...
जेष्ठ ११ गते, २०८३ - १३:५८
उदयपुर। उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी परेका छन् भने एकको अवस्था गम्भीर छ । साधना टोल...
जेष्ठ ११ गते, २०८३ - १३:३५
तेहरान । अमेरिकी राष्ट्रपति कार्यालयले इरानसँग भइरहेको सम्भावित सम्झौताबारे अन्तिम निर्णय आउन अझै केही दिन लाग्न सक्ने जनाएको छ । आइतबार सार्वजनिक एक ...
जेष्ठ ११ गते, २०८३ - १३:१७
काठमाडौँ। मन्त्रिपरिषद् बैठक सोमबार बस्ने भएको छ । आज दिउँसो ३:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बस्ने तय भएको प्रधा...



प्रतिकृया लेख्नुहोस्: